मरुँ मरुँ जस्तो लाग्छ, कहिलेकाहीँ मलाई पनि
चितामा आगो बाल्न को आउनेछ ? मलाई भनी ।

दोष त म दिने छैन, उडी जाने चरीलाई नि
खरबारीमा आगो लगाई चुँडाई जाने परीलाई नि ।
घरीघरी बाँचूँ जस्तो लाग्छ जीवन मलाई पनि
सम्बन्धको तान चुँडाई हुने छैन भलाई पनि ।

निस्सारताको सुस्केरामा निःश्वास बनी आउनेहरू
“तिमी मेरो प्रश्वास हौ” भन्दै छोडी जानेहरू ।
को आफ्नो ? को बिरानो ? ठानूँ आफ्नो कसलाई भनी
कसैको नि विश्वास छैन, आखिरीमा मलाई पनि !