लाग्छ सधैँभरि यहाँ पुस भइरहोस्
अँगालो यो न्यानो महसुस भइरहोस् ।

कैदी हामी उन्मादको ग्यास च्याम्बरभित्र
दुवैलाई उस्तै उकुश–मुकुश भइरहोस् ।

अघि बढौँ कुकुर भुक्दा हात्ती लम्के जस्तै
मतलब छैन दुनियाँमा खासखुस भइरहोस् ।

सँगै आँटे जित्न यहाँ कसलाई सकिन्न र ?
हरेक पाइला मुनि चाहे एम्बुस भइरहोस् !