हमेशा विषादी पिलायौ मलाई,
रहेछौ फटाहा, जिलायौ मलाई।

अधर्मी नठानेर पुज्दै गएथेँ,
चटायौ, थुकेको छिलायौ मलाई।

नभेटी झुकेको निकाली बहाना,
निमोठ्यौ, दबायौ, खिलायौ मलाई।

छु जानेर सच्चा सुकर्मी सुमार्गी,
गिँडायौ, कमानी, हिलायौ मलाई।

नजानेर मैले दिएको हुँ साथ,
अबाटो हिँडायौ, बिलायौ मलाई।