दोबाटोमा एक्लै तिमी, टोलाएर किन बस‍्यौ ?
हातको रुमाल गाँठो पारी, खेलाएर किन बस‍्यौ ?

भेट्न भनी उसैलाई, कुरिरहेजस्तो देखें,
नभेट्ने त्यो निष्ठुरीलाई, बोलाएर किन बस‍्यौ?

कुर्दाकुर्दै साँझ भयो, यो मन पर्‍यो दोधारैमा,
छटपटी मनभित्र कति कुरा, डोलाएर किन बस‍्यौ?

रित्तो-रित्तो हात भयो, मुहार पनि मलिन देखेँ,
आगो आगो भएको त्यो मन, सेलाएर किन बस‍्यौ?

दोबाटोमा एक्लै तिमी, टोलाएर किन बस‍्यौ?
हातको रुमाल गाँठो पारी, खेलाएर किन बस‍्यौ?