म शंखे किरा, खेतको दुश्मन,
जहाँ गएँ, त्यहाँ देखिन्छ रोदन।
म हुँ लुकेर बस्ने, रातमा आउने,
शान्त देखिने तर बिस्तारै खाने।
सिप झल्किने, गोला जस्तै देखिने,
तर मनभित्र बालीका शत्रु लुकाउने।

तिमीले रोपेका सिमी, बोडी,
मैले खाएँ, तिमी हेर्यौ छोडी।
काउली, बन्दा मुस्किलले फलायौ,
तर मेरो पर्खाइमा त्यसै सकायौ।
घिराैँला पाक्न नपाउँदै टिपेँ,
मेवा पनि हेर्दैगर्दा चपाउँदै हिँडेँ।
तिमी मल हालेर रातदिन खट्यौ
तर म र मेरा सन्तान फुलबाली काट्यौँ।
पसिना बगायौ तिमी, आशाको खेती,
मैले लुटेँ त्यो, बिना कुनै सरमै नमानी।

तिमी किसान, म चाहिँ विनाशको रूप,
अब त मलाई देख्दा पनि आउँछहोला विरुप।
कहिलेकाहीँ त लाग्छ आफैंलाई रिस,
तर म शंखे किरा मलाई नछुनुस्।
मलाई कसैले रोक्न सकेन अहिलेसम्म,
बाली सकाइ राखे मात्रै राखे विडम्बना ।
अब समय आयो, म सचेत हुने
तिमि जाग्यौ भने म भाग्ने ।
म छोड्न नमाने तिमि उपाय रचौला
मलाई पाताकसी सातकोस कटाउला।