मान्छे जन्मन्छ धर्तीमा
जसरी कमिला जन्मन्छ
बाँच्छ कमिला जस्तै
कर्ममा कमिला हुँदैन मान्छे
मान्छे घस्रँदै दलाली गर्छ।

मान्छे जन्मन्छ धर्तीमा
जसरी माहुरी जन्मन्छ
बाँच्छ उसै जसरि माहुरी बाँच्दछ
हावामा उडेर माहुरी श्रम गर्छ
मान्छे हावामा दलाली गर्छ।

मान्छे जन्मन्छ धर्तीमा
जसरी गौथली जन्मन्छ
बाँच्छ धर्ती गौथली जस्तै
गौथली अरुको घर भित्र आफ्नो घर बनाउँछ
मान्छे पनि घर बनाउँछ
तर
घर बनाउन दलाली गर्छ।