बलेको छ आगो, डढेलो छँदै छ,
अझै त्रास मनमा गडेको छँदै छ।
उडायौ धुवाँमा बनाई खरानी,
सके बाल्छु बत्ती, सलेदो छँदै छ।
भयो काख रित्तो, बगेको छ आँसु,
सकूँ पुछ्न आमा, मजेत्रो छँदै छ।
बगेको छ पानी, सरी भै रगत पो!
लजाएको छ लाजले अनौठो छँदै छ।
म खोज्दै छु मान्छे यहाँ देश हाँक्ने,
अझै आश बाँकी र त्यान्द्रो छँदै छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
