
जहाँ स्वतःस्फूर्त खुसी आउँदैन,
चाडपर्वको वास्तविक रौनक छाउँदैन।
ऋणको भारी बोकेर,
राम्रो लाउने र मिठो खाने
तीता रहरहरूलाई
आँसुको मूल्यमा साटेर,
केवल देखावटीको लागि,
अनि बनावटी हाँसोले ढाकेर,
मनाउने त्यो दसैँले के आनन्द दिन्छ र?
ती अबोला, निरीह प्राणीहरू,
जसका बाँच्ने अधिकार छिनेर
जीवन चढाइन्छ बलिदानका वेदीमा,
यदि तिनको पीडामाथि
रमाउनु पर्ने हो भने,
भो! मलाई चाहिन्न त्यो दसैँ!
म खोज्छु त्यो चाड
जहाँ हर्ष र करुणा जागोस्,
उत्सवको उज्यालो
अहिंसाको दीप जलोस्।
जहाँ खुसी
कसैको मृत्यु होइन,
जीवनको उत्सव बनोस्।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
