
भागः २४, अंशः ८
“आँ, कुरा के भने अब अगाडि तिमीले मीर अब तालले तिमीले झन् कठिन युद्ध लड्नै बाँकी छ । जुन म जित्न सक्छु हैन त ?”
उसले कलमको बिर्को बन्द गर्यो । रेमन्ड आन्द्रूजले भनेजस्तै सजिलो त अलि सम्भव छैन । असम्भव नै भन्ने पनि होइन, तर सम्भवचाहिँ मुस्किल छ ।’ यति भनिसकेपछि उसको अनुहारको मिजासिलो मुस्कान र हँसिलो हेराइ बिलायो |
“तर शोहरबजस्ता बच्चाहरू नै हुन् जसका लागि पुनर्स्थापनाको सबभन्दा बढी खाँचो छ,” मैले भनेँ । “यी नियम र कानुनको मलाई कुनै मतलब छैन ।”
“तपाईले इन्द्रको अगाडि स्वर्गको बयान गर्दै हुनुहुन्छ, अमीर,” उसले भन्यो । “तर सत्य के हो भने चाहे त्यो प्रचलित इमिग्रेसनको कानुन होस्, एडोप्सन एजेन्सीको नीति होस र अफगानिस्तानको राजनीतिक अवस्था सबै कुरा तपाईंको विरूद्धमा छ ।’
मैले अझ कुरो बुझिनँ, मैले भनेँ | मैले केही प्रष्ट्याउन चाहन्थेँ ।
“मैले भन्न खोजेको के भने मैले बुझ पनि तर बुझिन पनि ।’
निधार खुम्च्याएर ओमारले टाउको हल्लायो । “ल ठीक छ सुन्नोस् । त्यो आम विनासपछि, चाहे त्यो प्राकृतिक होस् या मान्छेले गरेको, अमीर मेरो कुरा मान्नुस, ती तालिबान भनेका विनासकारी हुन | एउटा बच्चा अनाथ नै हो भनेर पुष्टि गर्न सधैं गाह्रो हुन्छ | शरणार्थी शिविरमा बच्चा अटाउँदैनन् वा अभिभावकले छोडेर जान्छन् किनभने तिनले लालनपालन गर्नै सक्दैनन् । यस्तो सधैँ हुन्छ । त्यसैले जबसम्म आइ.एन.एस. को परिभाषामा त्यो बच्चा अनाथ हो भन्ने लाग्दैन तबसम्म त्यसले भिसा दिँदैन । माफ गर्नुहोला । सुन्दा यो हाँसो लाग्दो छ, तर तपाईंलाई मृत्यु दर्ताको प्रमाणपत्र जसरी पनि चाहिन्छ ।”
“तपाई अफगानिस्तान जानुभएकै छ,“ मैले भने । “यो कति असम्भव छ भन्ने कुरा तपाईंलाई थाहै छ ।”
“मलाई थाहा छ,” उसले भन्यो । “तर हामी मानौं कि यो बच्चाका बा-आमा जीवित छैनन् भन्ने कुरा त प्रष्टै छ । त्यसो हुँदाहुँदै पनि आइ.एन.एस. ले के सोच्छ भने त्यो बच्चालाई उसकै देशको कसैले एडोप्ट गर्छ भने त्यो राम्रो हुन्छ किनकि त्यसो भयो भने बच्चाको धर्म संस्कार सुरक्षित हुन्छ ।”
“के धर्म संस्कार ?” मैले भनेँ । अफगानिस्तानीहरूको जे धर्म थियो त्यो सबै तालिबानहरूले ध्वस्त पारिसके । बाभियानका ती विशाल बुद्ध मूर्तिलाई तिनले के गरे तपाईँले देखिहादल्नुभो ।”
“माफ गर्नुहोला, आई. एन.एसले कसरी काम गर्छ म तपाईँलाई भन्दै छु । अमीर,” मेरो पाखुरामा छुँदै ओमारले भन्यो । उसले शोबरबलाई हेर्यो र मुसुक्क हाँस्यो । फेरि मतिर फर्कियो ।
उसको आफ्नै देशको नियम अनुसार पनि बच्चो अनुसार पनि बच्चो कानुनी रूपमै एडोप्ट हुनुपर्छ, तर अब भन्नुस कि अफगानिस्तान जस्तै देश नै समस्याको भूमरीमा छ भने के गर्ने जहाँ सरकारी कार्यालयहरू आपतकालीन उद्दार कार्यमा व्यस्त छन् । त्यहाँ एडोप्टेसनको मुद्दा निरूपण उच्च प्राथमिकतामा पर्दैन ।”
। मैले लामो सास तानेँ र आँखा मिचें । आँखाको पछिल्तिर मेरो टाउको फुट्लाजस्तो गरेर दुख्न थालेको थियो |
तर हामी मानौँ कि जसोतसो अफगानिस्तानले त्यो विधेयक बनाउँछ,” पुक्क निक्लेको भुँडी मुसार्दै ओमारले भन्यो । “तर पनि यसले एडोप्सनको स्वीकृति दिँदैन । वास्तवमा धेरै नरमपन्थी मुस्लिम राष्ट्रहरू पनि एडोष्सनको बारेमा अलि हिच्किचाउँछन् किनभने ती राष्ट्रहरूको इश्लामिक कानुन, शरियाले एडोप्सनलाई अनुमति दिन्न ।
“तपाईं मलाई यो त्यागीदिन भन्दै हुनुहुन्छ,“ हातले पुर्पुरो अँठ्याउँदै मैले सोधेँ ।
“म अमेरिकामै हुर्केको हो, अमीर । यदि अमेरिकाले मलाई केही सिकाएको छ भने त्यो मात्र एउटा कुरा हो | त्यो के भने त्यहाँ कुनै कुरा त्याग्नु भनेको गर्ल स्काउटको लेमोनेडको जारमा मुत्नु जस्तै सजिलो छ, तर तपाईंको वकिल भएको नाताले मैले वास्तविकता बताउनै पर्छ, उसले भन्यो । “अन्तमा, एडोप्सन एजेन्सीहरूले बेला बेलामा आफ्ना कर्मचारीलाई बच्चाको पृष्ठभूमि मूल्यांकन गर्न पठाउने गर्छन् र अहिले कुनै पनि एजेन्सीले आफ्नो एजेन्टलाई अफगानिस्तान पठाउने वाला छैन ।
मैले शोहरबलाई हेरेँ । ऊ ओछ्यानमा बसेर हामीलाई हेर्दै टि.भी. पनि हेर्दै थियो । ऊ आफ्नो बाबु जस्तै गरी एउटा घुँडामा च्यापु टेकाएर बसेको थियो ।
“म उसको सौताने काका हो । यस कुराले कुनै फरक पार्छ पार्दैन ?’
“फरक पार्छ, तर तपाईंले प्रमाणित गर्न सक्नुभयो भने । म माफी चाहन्छु, तपाईँसँग कुनै कागजात अथवा तपाईंको समर्थनमा बोलिदिने मान्छे कोही छ त ?”
“कुनै कागजात छैन,” थकित स्वरमा मैले भनेँ । “यसको बारेमा कसैलाई क्यै थाहा थिएन । मैले नभन्दासम्म शोहरबलाई पनि थाहा थिएन, अनि म आफैँले पनि भर्खरै मात्र थाहा पाएँ । यो सब थाहा भएको एउटा मात्र व्यक्ति थिए । ती पनि गए, सायद मरे पनि होला ।”
“हँ ?”
“अनि अब मसँग के उपाय छ त ओमार ?”
“म खुलेर कुरा गर्छु । तपाईंसँग उपाय त्यति धेरै छैन ।’
“हे जीजस, म अब के गरौँ त ?”
ओमारले लामो सास तान्यो, कलमले च्यापुमा टकटक पार्यो र लामो सास बाहिर फाल्यो । “तपाईं अझै पनि अनाथको बिन्तिपत्र दर्ता गर्न सक्नुहुन्छ र राम्रै होला भन्ने आशा गर्न सक्नुहुन्छ । तपाईँ स्वतन्त्र एडोप्सन गर्न सक्नुहुन्छ । त्यसको मतलव तपाईँ शोहरबसँगै यहाँ पाकिस्तानिमा भित्र बाहिर सँगसँगै गरेर दुई वर्ष बस्नुपर्छ । तपाईँले उसको तर्फबाट राजनैतिक शरण खोज्नुपर्छ । त्यो तरिका लामो हुन्छ र तपाईंले राजनैतिक उत्पीडन खेपेको हो भनेर प्रमाणित गर्नुपर्छ । तपाईले ह्युमानिटरिएन भिसाका लागि अनुरोध गर्नुपर्छ । त्यो कुरा स्वविवेकमा भर पर्छ र त्यति सजिलै दिइँदैन ।’ ऊ एकछिन चुप लाग्यो । “एउटा अर्को उपाय पनि छ र सायद तपाईंको राम्रो निशाना बन्न सक्छ ।’
“के ?’ अघिल्तिर निहुरिएर मैले भनेँ ।
“तपाईंले उसलाई गरेर यहाँको एउटा अनाथालयमा छोड्न सक्नुहुन्छ, अनि अनाथको विन्तिपत्र दर्ता गर्न सक्नुहुन्छ । जब ऊ सुरक्षित ठाउँमा हुन्छ अनि तपाईंले
आई-६०० र होम स्टडीको काम थाल्नुस् !
“ती भनेको के हो?”
माफ गर्नुहोला, आई-६०० भनेको आइ.एनएस को औपचारिकता हो । होम स्टडी चाहिँ तपाईंले रोजेको एडोप्सन एजेन्सीले गर्ने गर्छ,” ओमारले भन्यो ।’त्यो भनेको कतै तपाईं र तपाईंकी श्रीमती दिमाग खुस्केको बौलाहा पो हो कि भनेर ढुक्क हुनलाई गरिने अध्ययन हो ।’
“म त्यो चाहन्न, फेरि शोहरबलाई हेर्दै मैले भनेँ । “मैले कसँग फेरि तँलाई अनाथालय फर्काएर पढाउने छैन भनेर बाचा गरिसकेको छु ।’
“मैले भनेको जस्तै । यो तपाईंको सही निशाना हुन सक्छ ।”
हामी अलि बेर बोल्यौँ अनि म छ सँगै उसको पुरानो भी डब्लु बग कार भएको ठाउँसम्म पुन्याउन आएँ । त्यति बेलासम्म पश्चिममा ठूलो बादलको भूल्कोलाई सुनौँला रङको बनाउँदै ईश्लामाबादमा घाम डुब्दै थियो । ओमार जसोतसो स्ट्रीङ्गपछि बस्दाखेरि कार कोल्टे परेको मैले देखेँ । उसले सिसा तल झार्यो ।
“अमीर ?”
“किन ?”
“तपाई के गर्न खोज्दै हुनुहुन्छ भन्ने कुरा मलाई त्यही भित्रै भन्ने मन थियो | मलाई लाग्छ यो अलि ठूलै कुरा हो ।’
जसै उसको गाडी अगाडि बढ्यो, उसले मलाई हात हल्लायो । होटेलको कोठाको बाहिरपट्टि उभिएर ओमारलाई बाई बाई गर्दा शोराया पनि त्यहाँ मैसँग भैदिएको भए हुने थियो भन्ने सोचिरहेँ ।
म फर्केर कोठामा पुग्दा शोहरबले टि.भी बन्द गरिसकेको थियो । म मेरो ओछ्यानको छेउमा बसेँ र उसलाई मेरै छेउमा बस्न लगाएँ । मि. फैसलाको अनुसार मैले तँलाई अमेरिका लिएर जान सक्ने एउटा उपाए छ रे”, मैले भनेँ ।
“ए हो र ?” धेरै दिनपछि पहिलोपटक मन्द मुस्कान हाँसोमा शोहरबले भन्यो ।
“हामी कहिले जान सक्छौं ?”
क्रमश….
नोटः उपन्यासको यो भाग धेरै लामो भएकोले यस्लाई अंश अंशमा विभाजन गरेका छौँ, धन्यवाद ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

