उज्ज्वल राज भट्टराई (उराभ) काठमाण्डु, नेपालमा जन्मे, हुर्के, इन्जिनियरको शिक्षादीक्षा लिई अमेरिकामा अध्ययन सकी न्यूयोर्कलाई आफ्नो कर्मभूमि बनाएर दुई दशक भन्दा बढी बिताइसकेका छन् । आगो, पाङ्ग्रा र शून्य पछिको चौथो सबैभन्दा महत्त्वपूर्ण मानव आविष्कार इन्टरनेट नै हो भनेर मान्ने उज्ज्वलले यही इन्टरनेटको प्रविधिलाई पेशाको रुपमा अँगालेका छन् । उनको पहिलो कवितासङ्ग्रह “अलिकति तरङ्ग अति धेरै भाव” हालैमा प्रकाशित भएको छ । यही सङ्ग्रहका केही रचनालाई यम बराल, प्रविशा अधिकारी र अन्यले स्वर दिएका छन् । उनलाई uj2wal@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।