साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : अनसन

'खै, कहिले सिस्टममा चल्छ होला मेरो देश ?' ऊ उदास हुँदै बोल्यो । अनसन नै बस्नु चाहिँ नपरोस् है ! भोलि मिडियामा फोटोसहित समाचार आयो भने यहाँ देशकै बेइज्जत हुन्छ ।

Chovar Blues Mobile Size
gopal khanal

आज धेरैपछि उसले म्यासेन्जरमा फोन गर्यो । सम्झन त हामी दुबै एक अर्कालाई औधि सम्झन्छौँ किनकि अहिले समयको हुरीले जहाँ पुर्याए पनि हामीले बाल्यकालीन समयसँगै बिताएका थियौँ । सम्झेर पनि कुराकानी भने अलि पातलिएको छ हाम्रो । घरदेश र परदेशमा हुनुको पीडा आआफ्नै । कुरा गर्यौँ तत्कालीन समय सन्दर्भका । ऊ परदेशियो । राम्रै गरेको छ । म देशभित्रै सम्भावनाको खोजीमा लागेँ । अहँ, सोचेझैँ कतै भएन ।

‘के गर्दै छस् ? पढाइरहेको स्कुल त छोडिछस् ?’ उसले सोध्यो ।

‘जागिर त उही त हो नि । एउटै स्कुलमा ६ वर्ष पढाएँ तर ६ दिन काम गरे जति पनि मतलब गरिएन । काम गरुन्जेल हो साहुहरुको प्यारो । आफूले काम गरेको तलब लिन पनि गाह्रो । छोडेपछि अन्जान प्रायः निजी स्कुलका हामी शिक्षकको व्यथा । चौध वर्ष पढाएर पनि उस्तै हाल । तैँले बुझेकै छस् नि ।’ मैले भने । हिजो ऊ पनि निजी स्कुलमै पढाउँथ्यो, बुझ्यो सायद । ‘अझै उस्तै रहेछ यार’ उसले थप्यो । यहाँ जे होस् सिस्टम छ । पारिश्रमिकमा तलमाथि हुँदैन ।

के कुरा गर्नु यहाँ त काम गरेकै तलब लिन नि भिख मागेझैं माग्नुपर्ने, धाउनुपर्ने ।

‘यत्रो सम्पत्ति छ दिइहाल्छौँ नि रे ! उल्टो धाक । यिनलाई न लाज न डर । म त चार महिनाअघिको तलब पाउन अनसन नै बस्नुपर्ने भो ।’ दिक्दारी प्रकट गर्दै मैले भनेँ ।

sagarmani mobile size

‘खै, कहिले सिस्टममा चल्छ होला मेरो देश ?’ ऊ उदास हुँदै बोल्यो । अनसन नै बस्नु चाहिँ नपरोस् है ! भोलि मिडियामा फोटो सहित समाचार आयो भने यहाँ देशकै बेइज्जत हुन्छ ।

‘ल अहिले राखेँ । टेक केयर !’

प्रतिक्रिया
Loading...