
सुरेश भट्ट
यो समाज भेडाहरूको हो
यौटा भेडा भ्या गर्छ
अरू सबै भेडाहरू भ्या-भ्या गर्छन्
मालिकलाई भेडाहरू अत्यन्तै
प्रिय लाग्छ किनकी भेडाहरू
मालिकको उर्दीमा यात्रा तय गर्छन्
भेडाहरूको आफ्नो गन्तव्य हुँदैन
भेडाहरूको विवेक शून्य हुन्छ
भेडाहरूलाई पनि मालिक
उत्तिकै प्रिय लाग्छ किनकी
मालिकले नुनको पोको चौरभरि
कहिले छर्छ र चाट्न पाइएला भन्ने
चिन्ता हुन्छ
भेडाहरूले एकपटक नुन चाटेपछि
पुनः चाट्न पाउने अभिलाषाले
भेडाहरूलाई मालिक प्रिय लाग्छ
म नेपथ्यबाट
कान फुट्ने गरी भेडाहरू
भ्या-भ्या गरेको सुन्दैछु
भेडाहरू सिङ्ग फुक्लिदाँसम्म
जुधेको जुध्यैछन्
मलिकहरू नालीमा पुग्दा समेत
भेडाहरू नुनमै रमाउँछन्
समाज नै गहन्याउने गरी भेडाहरू
सामाजिक संञ्जालमा विष्ट्याउँछन्
भेडाहरू भ्या-भ्या गर्छन् !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८० फाल्गुन ४ ०१:०५
२८ जेष्ठ २०८३, बिहीबार 






