निरोगी कसरी हुने ?
जब सहरले धुवाँलाई प्रगति मान्यो
र खेतले विषलाई मल ठान्यो ।
हामीले थकानलाई सम्मान दियौँ
निद्रालाई आलस्य भन्यौँ
र औषधिलाई जीवनको विकल्प बनायौँ ।
जब हात धुनु संस्कार होइन
फोटो खिच्नु कर्मकाण्ड बन्यो ।
थालीमा स्वादको जयघोष छ
तर पोषण निर्वासित छ
जिब्रो जित्छ, पेट हार्छ ।
जब सत्यभन्दा ब्रान्ड भारी
हावाभन्दा अफवाह गह्रौँ हुन्छ ।
हामी पानी उमाल्न बिर्सन्छौँ
तर भाषण उमाल्न जान्दछौँ ।
रोग सर्छ
घाँटीबाट होइन
बेहोसीबाट !
जब समय बचत गर्ने नाममा
जीवन नै खर्च गरिन्छ ।
अन्त्यमा
निरोगी हुनु प्रश्न होइन रहेछ
उत्तर रहेछ
बानी बदल्ने साहस ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
७ फाल्गुन २०८२, बिहीबार 




