मान्छेको जिन्दगी
२५० वर्षको हुनुपर्ने
दौडधूपमा होइन
बरू जीवन
बाँच्दा बाँच्दै थाकोस्
वस्तु अनि भावको
हिसाब-किताबै नहोस्
अभ्यासको जीवन जिउन
पर्याप्त समय होस्
दुई दर्जन गहिरा सपना
पूरा होऊन्
त्यति बाँचेपछि…
जिन्दगी
जिन्दगीजस्तै होस्
त्यत्रो ८४ लाख योनि जन्म
पार गरेर यो चोला पाएपछि
सबैको औसत आयू
कम्तिमा २५० होस् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 




