![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
आईटी एक्स्पर्ट सुनीलकुमार झाको पुस्तक भर्खरै प्रकाशनमा आएको पुस्तक हो, ‘देशको पीडा विदेशको पीर’ । पुस्तकमा एक असाधारण दृष्टिविहीन व्यक्तिले देखाएको बाटो हिंडेर सफलता हात पारेका झाको जीवनकथा प्रस्तुत गरिएको छ । यस संवादमा झासँग उनको जीवनकथा, कवि काका सदानन्द झा र पुस्तकका बारेमा कुराकानी गरिएको छ ।
लेखक झा सिस्को सर्टिफाइड नेटवर्किङ इन्जिनियर हुन् । उनी CCIE (Cisco Certified Internetwork Expert) प्रमाणपत्र हासिल गर्ने पहिलो नेपाली हुन् । यो विश्वका कठिनतम परीक्षाहरूमध्ये एक मानिन्छ । उनको अध्ययन र सङ्घर्षको जीवनयात्राले धेरैलाई प्रेरित गर्छ ।
लेखक झा डाटाबेस प्रणाली प्रशासन र प्रोग्रामिङका पनि विशेषज्ञ हुन् । उनी नयाँ अनुसन्धानका क्षेत्रमा समेत प्रयास गरिरहेका छन् । झा रामायण र महाभारतजस्ता ग्रन्थहरूबाट विशेष प्रेरणा लिएको बताउँछन् । उनी यी ग्रन्थहरूले नैतिक मूल्य स्थापित गर्न र जीवनमा आइपर्ने कठिनाइहरू सामना गर्न हरेकलाई मद्दत गर्ने विश्वास व्यक्त गर्छन् ।
साहित्यपोस्ट नेपालको चर्चित भाषा-साहित्य वेबसाइट हो ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)