साहित्यमा विशेषतः काव्य तथा गैरआख्यानको क्षेत्रमा कलम चलाउने पुडासौनी साहित्य जगत्मा दामोदर पुडासौनी ‘किशोर’ नामबाट परिचित छन् । कविता, निबन्ध तथा नियात्रा उनका रूचिका विषय हुन् । उनका ‘पहाड र प्रेम’, सिमानाका रङ सिमनाका तरङ्ग, मायालु हुम्ला, नमेटिएका चित्रहरू, ‘ग्रीष्मको नीलो बतास’लगायत करिब दुई दर्जन कृतिहरू प्रकाशित छन् ।
‘ग्रीष्मको नीलो बतास’मा परम्परागतभन्दा भिन्न शैलीमा लेखिएका तेइस नियात्राहरू सङ्गृहित छन् । वर्षको अधिकांश समय हिउँ ओडेर र बाँकी समय फूलका असीम लहरहरू बोकेर सल्बलाउने खप्तडको रोमाञ्चकारी यात्रा वणर्न यस सङ्ग्रहमा छन् । नेपालको मध्यपश्चिम, सुदूरपश्चिमका पहाडी र हिमाली जनजीवन र महाकाली पश्चिम छिमेकी भूभागका सौन्दर्यशाली र साहसी जीवनशैली बुझ्न ग्रीष्मको नीलो बतास महत्त्वपूर्ण कृति बनेको छ ।
प्रस्तुत छ, साहित्यपोस्ट अडियो बुक शृङ्खलाअन्तर्गत पुडासैनीकाे नियात्राकृति ‘ग्रीष्मको नीलो बतास’काे आठौँ भाग – गन्तव्य बीचपानी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।