साहित्यपोस्ट अडियो पुस्तक शृङ्खलाअन्तर्गत तारा भट्टराईको कथा ‘एउटा प्रेमको दुःखद अन्त्य’ प्रस्तुत गरिएकाे छ । भट्टराई यो कथा साहित्यपोस्टमा अत्यधिक पढिएका मध्येकाे एक हो ।

अमेरिका बस्दै आएकी भट्टराई विशेषतः आख्यान र गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल ‘ग्लोबल प्रेस इन्स्टिच्युट’, नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टको नियमित स्तम्भकारसमेत हुन् ।

यो कथामा कथावाचक विनिशा सापकोटाले स्वर भरेकी छन् । Unfold The Untold  युट्युब च्यानलमार्फत करिब एक लाख स्रोतालाई आफ्नो स्वरको फ्यान बनाएकी सापकोटा हाल जापान बस्दै आएकी छिन् । विभिन्न उपन्यास, कथा तथा कविता गरी उनले ३ सय बढी सिर्जनामा स्वर भरिसकेकी छिन् ।