नियात्रा लेखनमा छुटाउनै नसकिने नाम हाे घनश्याम राजकर्णिकार । कृष्ण पाउरोटीको विरासत बोकेका सफल व्यवसायी कर्णिकार साहित्य लेखिरहन रूचाउँछन् । लेखक कर्णिकारका केही चिन्तन केही मन्थन (२०३५), विदेशको यात्रा : स्वदेशको सम्झना (२०३७), देश प्रदेशको भ्रमण (२०४३), सम्झनाको लहरमा लहरिँदै जाँदा (२०५२), बुद्ध ज्योतिका केही रश्मि (२०६४)लगायत पुस्तक प्रकाशित भइसकेका छन् । केही समयअघि उनले नेपालमा पाउरोटी उद्योगको स्थापना गर्ने कृष्णबहादुर राजकर्णिकार र कृष्ण पाउरोटी भण्डारका विषयमा आधारित ‘कृष्ण पाउरोटी र कृष्णबहादुर राजकर्णिकार’ पुस्तक प्रकाशनमा ल्याएका छन् ।

वि.सं. २०४२ सालमा रत्नश्री स्वर्णपदक प्राप्त गरिसकेका राजकर्णिकार थुप्रै साहित्यिक संघ–संस्थाबाट पुरस्कृत र सम्मानित भएका छन् । महाकवि देवकोटा पुरस्कार र समी साहित्य साधना सम्मानलगायत सम्मानबाट उनी पुरस्कृत भइसकेका छन् ।

उनै राजकर्णिकारकाे बहुचर्चित पुस्तक हाे ‘विदेशकाे यात्रा, स्वदेशकाे सम्झना’ । नेपाली साहित्य वृत्तमा अध्यधिक रूचाइएकाे यस नियात्रा कृतिको धारवाहिक अडियो प्रसारण साहित्यपोस्टमार्फत सुरू भएको छ । युवा साहित्यकार मिलन आचार्यकाे आवाजमा यस नियात्राका श्रव्य सामाग्री हरेक बुधबार साँझ ८ बजे प्रसारण हुनेछ ।

प्रस्तुत छ, नित्रायाकृति ‘विदेशकाे यात्रा, स्वदेशकाे सम्झना’को दोस्रो भाग ।