साहित्यपोस्टले ‘अडियो बुक’ अभियानअन्तर्गत ‘साहित्यपोस्ट – उत्कृष्ट कथा’ अडियो बुक शृङ्खला सुरु गरेको छ । यस अडियो बुक शृङ्खलाअन्तर्गत साहित्यपोस्टमा प्रकाशित उत्कृष्ट कथाहरुलाई क्रमशः प्रस्तुत गरिने छ ।

‘साहित्यपोस्ट – उत्कृष्ट कथा’ अडियो बुक शृङ्खलामा अष्ट्रेलिया निवासी कवि कोमल खतिवडाको वाचन (स्वर) रहने छ । यो शृङ्खला नेपाली समयअनुसार हरेक आइतबार साँझ ८ बजे साहित्यपोस्टकाे आधिकारिक युट्युब च्यानलमा प्रिमियर हुन्छ ।

यस शृङ्खलाको पहिलो कथाका रुपमा साहित्यपोस्टमा प्रकाशित अजवी पौड्यालको कथा ‘आजादीको फिका रङ्ग’ प्रस्तुत गरिएको छ ।