उद्योगपति गणेश लाठको व्यङ्ग्य कथासङ्ग्रह हो, ‘छमिया’ । यस कथासङ्ग्रहमा सङ्ग्रहित कथाहरूमा लाठले पारिवारिक, सामाजिक, राजनीतिक तथा व्यावसायिक क्षेत्रमा भएका विकृतिलाई व्यंग्यात्मक शैलीमा कथाका रूपमा पस्किएका छन् ।

लाठ वीरगञ्जको मारवाडी घरानामा जन्मेर नेपाली साहित्य लेखनमा सक्रिय व्यक्ति हुन् । उनी पेसागत रूपमा व्यापारी हुन् । लेखन उनको रुचिको विषय हो । समाजका विसङ्गतिलाई व्यङ्ग्य-साहित्यमार्फत प्रकट गर्नु उनको लेखनको विशेषता हो । छमियाका अलवा लाठका उपन्यास ‘अनुराधा भवन’, ‘क्षमदान’ र ‘अघटित’ प्रकाशित छन् ।

प्रस्तुत छ, छमिया कथासङ्ग्रहमा सङ्ग्रहित सातौं कथा – मान्छे र हनुमान बंसी ।