अध्ययनशीलता, कामप्रतिको निष्ठा, परिणाममुखी सक्रियता र समन्वयकारी प्रभाव हुनुभएको पुण्यप्रसाद न्यौपानेकृत पहिलो गैरआख्यान कृति हो – “हिँडिएका पाइलाहरू” । ३ सय १२ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘बाल्यावस्था’, ‘निजामती सेवामा तीन दशक’, ‘स्टाफ कलेजको रूपान्तरण’, ‘परिवर्तन क्रमका अप्ठेराहरू’ लगायत ‘लेखनका अभिरुचि’, ‘सामाजिक सञ्जाल’ र ‘सन्दर्भ सामग्री’ तथा ‘तस्बिरहरू’ समेट समावेश छन् ।

धराशायी बनेको स्टाफ कलेजलाई सुधार्ने चुनौती स्विकार्दै १० वर्षमा कायापलट गर्नु भएका न्यौपानेले यस पुस्तकमा बाल्यकालका स्मृतिदेखि सानै उमेरमा विद्यालयको प्रधानाध्यापक हुँदाका अनुभवसँगै जिल्ला शिक्षा अधिकारी तथा जिल्लाकै प्रशासन सञ्चालनका अनेकन् पलहरूलाई विविध आयाममा पस्कनु भएको छ ।

जीवनको ३० वर्ष निजामती कर्मचारी भएर नेपाल सरकारका सचिवको समेत जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका न्यौपानेको यो पहिलो कृति हो । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी ६ पीपलडाँडाका लेखक न्यौपानेले यो पुस्तकमा आफ्ना जीवन तथा आफ्नो निजामती सेवावधिका अनुभव र अनुभूतिलाई लिपिबद्ध गरेका छन् ।

पुस्तकलाई साहित्यपोस्ट समूहले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।

प्रस्तुत छ, न्याैपानले हिँडेका पाइलाहरूको विमोचन कार्यक्रमका दृश्य-परिदृश्यहरूः