नीलम कार्की निहारिका नेपाली साहित्यका लागि सुपरिचित नाम हो । सामान्यतयः नीलम कार्की निहारिका परिवारसहित अमेरिका बस्छिन् । तर आफ्नो कलमले भने नेपाली समाज, संस्कृति तथा इतिहासको उत्खन्न गर्छिन् ।
निहारिकाले देशको दुई प्रतिष्ठित पुरस्कार, पद्मश्री ‘चिरहरण’का निम्ति र मदन पुरस्कार ‘योगमाया’का निम्ति प्राप्त गरिसकेकी छन् । याेगमाया र चिरहरणका साथै कार्कीका बेली, अर्की आईमाई, माैन जीवन, नियतिकाे खेल, कागजमा दस्तखत, त्रिचालीस कथा तथा द्रौपदी अवशेषलगायत कृतिहरू प्रकाशित छन् ।
निहारिकाको पछिल्लो उपन्यास द्रौपदी अवशेष हो । यो कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित सांस्कृतिक उपन्यास हो । यो उपन्यासमा कार्कीले हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाको बारेमा लेखेकी छन् ।
प्रस्तुत छ, साहित्यपोस्टको उत्कृष्ट अडियो पुस्तक अभियानअन्तर्गत निहारिकाकृत सांस्कृतिक उपन्यास द्रौपदी अवशेषको सातौँ भागः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।