क्रिमुक विश्वको सबैभन्दा सानो काव्यको रूपमा नेपाली काव्यमा मेरो एउटा प्रायोगिक धृष्टता हो । क्रिमुकको प्रायोगिक धृष्टता मैले २०४७ सालदेखि नै सुरू गरेको हुँ !!
हालसम्म संसारको सबैभन्दा छोटो शाब्दिक आयतनको काव्य जापानी शैलीको कविता हाइकूलाई मानिन्छ । हाइकूमा कुल १७ अक्षर र तीन हरफ हुन्छ । हाइकूमा पहिलो हरफमा ५ अक्षर, दोस्रोमा ७ अक्षर र तेस्रो वा अन्तिम हरफमा ५ अक्षर रहेका हुन्छन् अर्थात् सूत्रात्मक रूपमा भन्दा ५–७–५ हुन्छ ।
तर क्रिमुकमा, हाइकूमा भन्दा ७ अक्षरको लघु आयतन छ अर्थात् १७ अक्षरको हाइकूको अपेक्षा क्रिमुक ९ अक्षरको मात्र हुन्छ । हाइकूमा ३ हरफ हुन्छ भने क्रिमुकमा २ हरफमात्र हुन्छ, पहिलो हरफ ३ र दोस्रो हरफ ६ अक्षरको हुन्छ अर्थात् सूत्रात्मक रूपमा भन्दा ३–६ हुन्छ । यसमा पूर्ण क्रिया प्रयोग निषेध छ । ‘क्रियामुक्त कविता’लाई संक्षेपमा ‘क्रिमुक’ भनिएको हो । क्रिमुकको सूत्रात्मक आलम्ब “अनुमतिविना प्रवेश निषेध” हो । “अनुमतिविना प्रवेश निषेध” भनेपछि त्यसको पछि छ लेखिरहनु आवश्यक हुन्न ।
२०६१/०६२ देखि पाँचथरका कवि भाइ लाल अन्जानले त्यताबाट छापिने केही हवाई साहित्यिक पत्रिकाहरूमा क्रिमुकहरु लेखेर छपाउँदै आएका छन् । उनले क्रिमुक सङ्ग्रह नै प्रकाशन गर्ने जमर्को पनि गर्दै गरेको बताएका छन् । हालै दिवंगत सुनसरीका साहित्यकार उपेन्द्र पागलज्यूले मलाई क्रिमुकको प्रचार अभियान सञ्चालन गर्नुपर्ने बारेमा हुटहुटी लगाउँदै आइरहनुभएको थियो । उहाँका अनुसार आफूले अध्यापन गर्नु हुने क्याम्पसमा उहाँले क्रिमुकबारे पढाउने गर्नुभएको थियो ।
केही क्रिमुकहरूः
लेखक अनुराेधः
साहित्यिक मनका मित्रहरू ! क्रिमुक (क्रियामुक्त कविता) को काव्यिक प्रयोगलाई सबैले लेखौँ । यसलाई अभियानको रूपमा अगाडि बढाऔँ । गोष्ठी–बहस गरौँ र क्रिमुकलाई पूर्णता दिएर नेपालबाट विश्व साहित्यलाई सबैभन्दा लघु आयतनको काव्यरूप उपहार दिऔँ !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।