वरिष्ठ साहित्यिक पत्रकार एवं आख्यानकार नगेन्द्रराज शर्मालाई हालै अभिनन्दन गरिएको छ । वि.सं. १९९४ चैत २२ गते रामेछापमा जन्मिएका शर्मालाई ८४ औं जन्मोत्सवका अवसरमा विभिन्न साहित्यिक संस्थाले आइतबार शर्मालाई राजधानीमा अभिनन्दन गरेका हुन् । अभिनन्दन समाराेहमा ४५ वटा विभिन्न साहित्यिक संस्थाहरू सहभागी थिए ।
५० वर्षदेखि प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका संस्थापक प्रधानसम्पादक हुन् नगेन्द्रराज शर्मा । वि.सं २०२७ सालमा पहिलो अङ्क प्रकाशन भएको ‘अभिव्यक्ति’ पत्रिका आजपर्यन्त प्रकाशन गरिरहेका छन् । यो पत्रिका एक प्रकारले उनको जीवनको प्रतीक बनेको छ ।
शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास कृति, ‘पीपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कथासङ्ग्रह प्रकाशित छन् । शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति’ पत्रिका हालसम्म २ सय ८ अङ्क प्रकाशित भइसकेकाे छ । शर्मा साहित्यिक पत्रकार संघका वर्तमान् अध्यक्षसमेत हुन् ।
प्रस्तुत डकुमेन्ट्री उनै शर्माकाे सार्वजनिक अभिनन्दन समाराेहमा पहिलाेपटक सार्वजनिक गरिएकाे हाे । यसमा रहेकाे श्वर र शब्द श्रीओम श्रेष्ठ राेदनकाे हाे भने निर्देशक पुष्पा खनाल हुन् ।
तल दिएकाे लिङ्कमा क्लिक गरेर शर्माका बारेमा विस्तृतमा जान्न सक्नुहुने छः
(44) अभिव्यक्तिका आदर्श – A documentary of NAGENDRA RAJ SHARMA – YouTube
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।