निलक कार्की निहारिका नेपाली साहित्य जगतका लागि सुपरिचित नाम हो । निहारिकाले देशको दुई प्रतिष्ठित पुरस्कार, पद्मश्री ‘चिरहरण’का निम्ति र मदन पुरस्कार ‘योगमाया’का निम्ति प्राप्त गरिसकेकी छन् ।

सामान्यतयः निलक कार्की निहारिका परिवारसहित अमेरिका बस्छिन् । तर आफ्नो कलमले भने नेपाली समाज तथा इतिहासको उत्खन्न गछिन् । योगमाया पनि नारी विद्रोहको इतिहासमाथि लेखिएको पुस्तक हो । निहारिकाले थोरैलाई मात्र थाहा भएको योगमायाको अस्तित्व र इतिहास औपन्यासिक पात्र ‘योगमाया’द्वार नेपाली लवज भएका विश्वका हर कुनाकुनामा पुर्याइन । यसैको सम्मानस्वरुप २०७४ सालको मदन पुरस्कार निहारिका लागि प्रदान गरिएको थियो ।

यहाँ मदन पुरस्कार वितरण समारोहमा उनै निहारिकाले राखेको मन्तव्यलाई प्रस्तुत गरिएको छ । जहाँ उनी निक्कै भावुक देखिन्छिन् । बेलाबेला गला अवरोद्ध भइरहन्छन् । कता कता इतिहारमै फर्किरहन्छिन् । हेर्नुहोस् भिडियोमा;