कुमार नगरकोटी लेखनमा मात्र होइन, देखाइमा पनि फरक छन् । आफू पृथक देखिन रुचाउने नगरकोटी आफूलाई अन-कमन हुन र गर्न मन पर्ने बताउँछन् । फोसिल, घाटमाण्डु, मिस्टिका, ज्ञ, दोचा, अक्षरगञ्जलगायत आख्यानका स्रष्टा नगरकोटीको दख्खल काव्यमा पनि छ । औँला शीर्षकको कविता उनको बहुचचर्चित कविता हो । पछिल्लोपटक बजारमा आएकाे उनकाे कथासङ्ग्रह कल्पग्रन्थले नेपाली साहित्यमा चर्चामात्र कमाएन, विवाद पनि बेहाेर्याे ।

फिल्म लेखन तथा अभिनयमा पनि आफूलाई उभ्याएका नगरकोटीको लेखनशैलीलाई नेपाली साहित्यमा नयाँ आयमको रुपमा लिइन्छ । विश्व साहित्यको गहिरो अध्ययन भएका नगरकोटीको क्रेज विशेष युवापुस्तामा रहेको छ ।

‘तमसोमा ज्योर्तिगमय’मा प्रस्तोता टीकाराम यात्रीले नगरकोटीको लेखनशैली, जीवनशैली र जगतको बारेमा जीवन्त संवाद गरेका छन् । प्रस्तुत छ, टीकाराम यात्री र नगरकोटीको बीचको विशेष संवाद, दृष्यमा ।

[embedyt] https://www.youtube.com/watch?v=Fzbsj8YB6lY[/embedyt]