नीर शाह

राष्ट्रसंघको महासभा बैठक चल्दै हुन्छ । विभिन्न राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तनलगायत विश्वका जल्दाबल्दा विषयमा आफ्नो प्रस्तुति दिँदै हुन्छन् । त्यतिकैमा बैठक कक्षमा अस्वाभाविक रूपले एउटा डाइनोसरको प्रवेश हुन्छ ।

बैठक कक्ष छिरेको त्यो डाइनोसरलाई देखेर त्यहाँ उपस्थित सबै चकित खान्छन् । डरले कालोनीलो हुन्छन् । डाइनोसर ढोकाबाट छिरेर कसैको वास्ता नगरी सरासर अगाडि मञ्चमा पुग्छ । माइकमा आफ्नो कब्जामा जमाउँछ। र, बोल्नथाल्छ ।

राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त अधिराज्यको ग्लास्गोमा सोमबारबाट सुरू हुने विश्व जलवायु सम्मेलन (कोप–२६) को सन्दर्भमा जारी गरेको भिडियोमा देखिएको दृश्य हो यो । जलवायु परिवर्तनले कसरी पृथ्वीका जीवजन्तु र वनस्पतिहरू लोप हुने खतरा बढ्दैछ भन्ने सन्देश प्रवाह गर्न युएनडिपीले उक्त् चेतनामूलक भिडिओ तयार पारेको हो।

कोप–२६ को मुखमा सार्वजनिक साढे दुई मिनेटको यो भिडियोले अहिले अन्तर्राष्ट्रिय चर्चा कमाइरहेको छ । यसैबीच युएनडिपी नेपाल नियोगले पनि उक्त भिडिओको नेपाली संस्करण सार्वजनिक गरेको छ, जसमा डायनासोरको आवाज वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले दिएका छन्।

भिडियो हेर्नुहाेस्:  [embedyt] https://www.youtube.com/watch?v=WeVi9Z_-Qck[/embedyt]

Don’t Choose Extinction – The Dinosaur Film with Neer Shah – YouTube

यो भिडिओले जैविक इन्धन प्रयोग निरूत्साहित गर्न आह्वान गरेको छ । पछिल्लो समय संसारका विभिन्न देशले जैविक इन्धनमा ४२३ अर्ब अमेरिकी डलर अनुदान दिइरहेका छन् । यो जैविक संकटसँग जुध्न गरिब राष्ट्रहरूका लागि आह्वान गरिएको रकमको तुलनामा चार गुणा बढी भएको युएनडिपीले जनाएको छ।