आईएमई लिट्रेचर फेस्टिभलले तीन साथीहरूलाई भेट गरायो । ती थिए बुद्धिसागर, दयाहाङ राई र खगेन्द्र लामिछाने । करिब एउटै पात्रोलाई टेकेर फरक भूगोलबाट काठमाडौँ छिरेका यी तीन साथीका सपना फरक थियो । सहर उही थियो । यही सहरमा साँचेका सपनाले नै साथी बनायो ।
अभिनेताको मानक नै परिवर्तन गर्न सफल दयाहाङ, कर्नाली ब्लुज तथा फिरफरे जस्ता बहुचर्चित उपन्यासका लेखक बुद्धिसागर र लेखक तथा अभिनेता खगेन्द्र आफ्नो विगतमा करिब एक घण्टा रुमल्लिए । साथी, सहर र सपनाका कुरा गरिरहँदा आफ्नो विगततर्फ फर्के र संघर्षका कथाहरू साटासाट गरे । आफूबीच र दर्शकसामु ।
प्रस्तुत छ, आईएमई लिट्रेचर फेस्टिभल तीन साथीले “सहर, साथी र सपना”मा रहेर गरेका आत्मीय संवाद भिडियोमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला