नेपाली कांग्रेसका लाेकप्रिय नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मा प्रस्ताेता रहेकाे  टेलिभिजन कार्यक्रम ‘ऐना’का चार एपिसाेडहरू प्रसारण भइसकेका छन् । यो कार्यक्रमले सामाजिक विषयवस्तुलाई आफ्नाे विषय बनाएकाे छ भने दूरदराजका, केन्द्रकाे सराेकारबाट किनारामा परेका विषयवस्तुलाई प्राथमिकताका साथ बुलन्द आवाजमा उठाएकाे छ ।यो कार्यक्रम गत माघ ७ गतेदेखि प्रसारणमा आएकाे हाे ।

एक घण्टा समायवधिको यो कार्यक्रममा २६ अंकको हुनेछन् । देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको यो कार्यक्रममा मानवीय संवेदनालाई समेटिएको छ ।

साहित्यपोस्टले पाठककाे सुविधाका लागि यो कार्यक्रमकाे एक्लाे बुढेसकाल, दाइजाेः बिहेमा माेलताेलगुमनाम परदेशीहरू  शीर्षकका तेस्राे, चाैथाे र पाँचाैँ एपिसोडलाई यहाँ प्रस्तुत गरिएकाे छ, हेर्नुहाेस् भिडियोमा:

तेस्राे एपिसाेडः एक्लाे बुढेसकाल

चाैथाे एपिसाेडः दाइजाेः बिहेमा माेलताेल

पाँचाैँ एपिसाेडः गुमनाम परदेशीहरू