
खोटाङको चिमचिमामा जन्मिएका डा. गिरी हाल अमेरिकी सरकारको वातावरण मन्त्रालयमा वरिष्ठ सल्लाहकार र ड्युक विश्वविद्यालयमा एड्जन्क्ट प्रोफेसरका रूपमा कार्यरत् छन् । उनीसँग विश्वको विभिन्न देशमा बसेर सरकारी, शैक्षिक तथा निजी क्षेत्रमा काम गरेका अनुभव छ ।
नेपालमा सरकारी जागिरबाट करिअर शुरु गरेका गिरीले थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, राष्ट्र संघीय वातावरण कार्यक्रम (युपेन), कोलम्बिया युनिभर्सिटी, ड्युक युनिभर्सिटी, नर्थ क्यारोलिना स्टेट युनिभर्सिटी, साउथ डकोटा स्टेट युनिभर्सिटी र युनाइटेड स्टेट्स जिओलोजिकल सर्भेजस्ता विश्वप्रसिद्ध संस्थाहरूमा काम गरिसकेका छन् ।
डा. गिरीले विश्वका १२६ देशको भ्रमण गरी त्यहाँका नेता तथा विशिष्ट व्यक्तित्वहरूसँगको सहकार्यमा काम गरेका छन् । एक दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गिरी आफ्नो त्यही औपचारिक र अनौपचारिक यात्राहरूको दस्तावेजका रूपमा उनले नियात्रा कृति ‘संसारको सेरोफोरो’ प्रकाशनमा ल्याएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
