मदनकृष्ण श्रेष्ठ

नेपालका चर्चित हाँस्य व्यङ्ग्य कलाकार हुन् मदनकृष्ण श्रेष्ठ । वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा जन्मिएका श्रेष्ठलाई सानैदेखि कलाप्रति अभिरुचि थियो। उनले सानैदेखि स्कुले कार्यक्रममा भजन गाउँथे। हार्मोनियम र तबेला बजाउँथे। उनी पहिलोचोटि रंगमञ्चमा उत्रेको वि.सं. २०१५ सालमा हो ।

हास्यव्यंग्य कार्यक्रमका सिलसिलामा हरिवंश आचार्यसित भेट भयो । समय वचत गर्नका लागि २०३६ सालमा राष्ट्र बैंकमा उनीहरूले मिलेर गाईजात्रा कार्यक्रम देखाएका भए पनि यो जोडीलाई सबैले रूचाए । त्यो कार्यक्रम पनि सुपर हिट भयो । त्यसयता उनीहरूको जोडी टुटेको छैन, बरू मह उपनामले चिनिएका छन् ।

मदनकृष्ण श्रेष्ठले ‘सुख दुख’, ‘वासुदेव’ र ‘के घर के डेरा’ लगायतका फिल्ममा खेलेका छन् । हजार वटा जति टेलिफिल्म र अनगिन्ती विज्ञापनहरुमा पनि काम गरेका छन् । उनका पछिल्लो फिल्म ‘दाल, भात, तरकारी’ पनि बक्स अफिसमा जमेको फिल्म हो ।

श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक भएको छ । उनले ६ वर्ष लगाएर आत्मकथा लेख्ने काम पुरा गरेका थिए ।

श्रव्य, दृश्य दुवै माध्यमबाट नेपाली भाषालाई देशविदेशमा लोकप्रिय बनाउन प्रशंसनीय कार्य गरेवापत उनलाई हरिवंश आचार्यसँग संयुक्त रूपमा वि.सं. २०४६ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो । यसैगरी पद्यश्री साधना सम्मान मा उनलाई नगद दुई लाख सहित सम्मान गरिएको थियो ।

२०७६ साल भाद्र १३ गते कुशे औँशीको दिन उनले एक कार्यक्रममा बा को बारेमा वर्णन गरेका छन्ः

https://www.facebook.com/balmrit.tandukar/videos/3201964043184911