नेपाली मूलका दार्जिलिङ निवासी भारतीय नेपाली साहित्यकार हुन् इन्द्र बहादुर राई ।
इन्द्रबहादुरको जन्म वि.सं. १९८४ साल माघ १७ गते दार्जिलिङ, खर्साङमा भएको हो । उनको सन् १९६१ मा पहिलो कथासंग्रह विपना कतिपय प्रकाशित भएको थियो ।
उनकाे आज रमिता छ उपन्यास सन् १९६४मा, विपना कतिपय कथासँग्रह सन् १९६१, कथास्था १९७२, कठपुतलीको मन १९८९, पहाड र खोला १९९३, लेखहरू र झ्याल निबन्धसँग्रह प्रकाशित भएका छन् ।
विगत ४५ वर्षदेखि नेपाली साहित्यका साधनामा निरन्तर संलग्न रही कथा, उपन्यास, निबन्ध र समालोचना आदि विविध विधामा नवीन प्रवृत्तीका उत्कृष्ट रचनाहरूद्वारा नेपाली वाङ्मयको श्रीवृद्धिका निम्ति अतिविशिष्ट योगदान पुर्यायवापत उनलाई वि. सं. २०५१ सालको जगदम्बाश्री पुरस्कार प्रदान गरिएको थियो। नेपाली उपन्यासका आधारहरूका लागि उनले सन् १९७५ को साहित्य अकादमी पुरस्कार प्राप्त गरे।
उनले आफ्ना्े साहित्य यात्राको बारेमा यस भिडियोमा बताएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

