चर्चित संस्कृतिविद् सत्यमोहन जोशी गएको वैशाख ३० गते १०१ वर्ष पूरा गरे । वि.सं. १९७७ साल बैशाख ३० मा बखुम्बहाल ललितपुरमा जन्मिएका जोशी तीन पटक मदन पुरस्कार जितेका छन् । यस्तो अवस्था दुर्लभै हुने गरेको छ । उनले ‘हाम्रो लोकसंस्कृति’का लागि पहिलो पटक २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि उनले संयुक्त रूपमा तेस्रोपटक वि. सं. २०२८ सालमा गरी तीन वटा मदन पुरस्कार प्राप्त गरेका हुन् ।

जोशीका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् भने दुई वटा काव्य, पाँच कथा संग्रह, १० वटा नाटक र केही नेवारी भाषाका कृतिहरु पनि छन् । उनका ५० भन्दा बढी पुस्तक प्रकाशित भएका छन् ।

हिमालय टेलिभिजनमा दिलभूषण पाठकले जोशीसँग १०० वर्ष बाँच्नुको अनुभवका बारेमा गरेको कुराकानी गरेका छन् । हाम्रा पाठकहरूका लागि पनि यो रोचक हुनसक्छ ।