नेपालका चर्चित पत्रकार तथा लेखक हुन् विजयकुमार पाण्डे । उनी नेपाल टेलिभिजनमा ‘अँध्यारो उज्यालो’ भन्ने कार्यक्रमबाट कार्यक्रम प्रस्तोताको रुपमा प्रस्तुत भए । उनको निकै लोकप्रिय कार्यक्रम भने ‘दिशानिर्देश’ हो ।

टेलिभिजनका साथसाथै छापामा पनि काम गरेका विजयकुमारले ‘नेपाल’(साप्ताहिक) पत्रिकाको संस्थापक सम्पादक भएर पनि काम गरेका थिए । उनले लेखेको संस्मरणात्मक कृति ‘खुशी’ ले २०७१ सालको मदन पुरस्कार हाँसिल गरेको थियो ।

मदन पुरस्कार वितरणमा विजयकुमारले प्रस्तुत गरेको मन्तव्यलाई यहाँ प्रस्तुत गरिएको छ । मन्तव्यमा उनले भनेका छन्, ‘मैले खुशी लेख्न जानेको छु भनेर, दुई चारजनाले पढेर त्यसको प्रशंसा गरुन् भनेर लेखेको होइन, यो त मैले आफ्नो पीडालाई अक्षरमार्फत पोखेर हल्का हुने चाहनाले लेखेको हुँ ।’, हेर्नुहोस् भिडियोमा;