साहित्यपोस्ट
आईएमई लिट्रेचर फेस्टिभलमा साहित्यकार खगेन्द्र संग्रौला र कान्तिपुरमा लामो समय प्रधानसम्पादकका रुपमा काम गर्नु भएका नारायण वाग्लेलाई हाँसोठट्टा गरेर भलाकुसारी शैलीमा सवालजवाफको अवसर मिल्यो ।
नारायण वाग्ले प्रधानसम्पादक रहँदा कान्तिपुर पत्रिकामा स्तम्भकार रहेका सँग्रौलालाई वाग्लेले ठट्यौली पारामा प्रश्न गरे– तपाईँको सधैँ भिरेर हिँड्ने रातो झोला खै ?
उत्तरमा सँग्रौलाले भने– मेरो पहिचानको तीन ओटा बुँदा छन् । निख्खर सेतो कपाल, ढ्याके चस्मा र त्यो रातो झोला । त्यो रातो झोला म जस्तै खुइलियो ।
साहित्यिक क्षेत्रमा प्रगतीशील सहित्यकार भनेर चिनिएका सँग्रौलाका नलेखिएको इतिहास, आमाको छटपटी, सेतेको संसार (उपन्यास), नाटक र कथासंग्रह पनि चर्चित छन् । कार्यक्रममा निकै खुलेर आफ्ना कुराहरु साटासाट गर्ने र निकै नजिकका साथी भनेर आफूहरुलाई चिनाएका वाग्ले र सँग्रौलाले करिब एक घण्टाको समय गफिएर बिताए । त्यसमा उनीहरुले सुख, दुःख र संघर्षका बारेमा पनि खुलेर कुरा गरे ।
प्रस्तुत छ, आईएमई लिट्रेचर फेस्टिभलमा दुई साथीले सम्पादक र स्तम्भकारका रुपमा रहेर गरेको रमाइलो कराकानी भिडियोमा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।