लामो समयदेखि अमेरिकामा बस्दै आएका साहित्यकार खेमराज पोखरेल प्रत्येक वर्षजसो नेपाल आउँछन् । कृति प्रकाशित, सार्वजनिक गर्छन् र अन्तर्क्रिया पनि गर्छन् । नेपाल बसुन्जेल उनी कुनै न कुनै तबरबाट साहित्यिक क्रियाकलापमा संलग्न हुन्छन् । नेपालमा छँदा पद्मकन्या क्याम्पसमा इतिहास विषय पढाउने शिक्षक अचेल साहित्यका विविध विधामा कलम चलाउँछन् । कथा, लघुकथा, निबन्ध, नियात्रा, कृति समीक्षा समेत गरेर एक दर्जन बढी पुस्तक प्रकाशित गरिसकेका छन् ।

साहित्यकार विश्वराज अधिकारी पनि लामो समयबाट अमेरिकामै बस्दै आएका छन् । विश्वराज खेमराजका साहित्यका सहयात्री हुन् । यी दुईले संयुक्त कृतिका रूपमा ‘सदृश्य’ ल्याइसकेका छन् भने केही समयअघि यौनकथाको पुस्तक सार्वजनिक भएको छ, ‘रनाहा’ । यस कृतिमा केही कथा खेमराजका छन्, केही विश्वराज अधिकारीका ।

केही समयअघि नेपाल आएका विश्वराज र खेमराज यही कृतिको सार्वजनिक तथा विमर्शमा सामेल भए । त्यही मेसाेमा साहित्यपोस्टले राजद्वयकाे मीठो संवादलाइ भिडियोमा कैद गरेको छ ।

प्रस्तुत छ, नेपाली साहित्य, आख्यान तथा कथा लेखन र यौनकथामाथि स्रष्टाद्वय खेमराज पोखरेल र विश्वराज अधिकारीबिचको संवाद: