“हे भगवान् !” – कसैको करुण क्रन्दन सुनियो ।
आमा एक घायल जनावरजस्तो चिल्लाइन् । यस चिच्याहटको उत्तरमा सिपाहीहरुको बीचबाट पाभेलका स्पष्ट स्वर सुनियो –
“बिदा आमा, मेरी प्यारी आमा, बिदा … !”
आमाको दिमागमा एउटै विचार थियो – “ऊ जिउँदो छ ! मलाई बिर्सेनछ !”
“बिदा आमा !” – उक्राइनिको स्वर सुनियो ।

उनीहरुलाई एकपल्ट मात्र भए पनि हेर्न उनी खुट्टाको औंलाले टेकेर उभिइन् । सिपाहीहरुको टाउकामाथि आन्द्रेइको अनुहार देखा प¥यो । ऊ मुस्कुराउँदै थियो र टाउको झुकाएर आमालाई अभिवादन गर्दै थियो ।

“मेरा बच्चाहरु ! … आन्द्रेइ ! … पाभेल ! … ” – आमाले चिल्लाउँदै भनिन् ।
“बिदा, साथीहरु !” – उनीहरुले सिपाहीहरुको बीचबाट चिल्लाउँदै भने । एक ाछिान्नभिन्न प्रतिध्वनिले, जसमा कतिपय स्वरहरु सम्मिलित थिए, यसको उत्तर दियो । यो प्रतिध्वनि झ्यालहरुबाट, कतै माथिबाट, हुन सक्छ छानाबाट आउँदै थियो ।

२९
कसैले आमालाई छातीमा हिर्कायो । उनका धमिला आँखाअगाडि एक होचो अफिसरको रिसले चुरमुरिएको रातो अनुहार देखा प¥यो ।

“ए, बुढिया, हट यहाँबाट !” – उसले चिल्लाउँदै भन्यो ।
आमाले उसलाई सरसरती हेरिन् । देखिन्, उसको खुट्टानेर झण्डाको लठ्ठी दुई टुक्रा पारेर फ्याँकिएको थियो । लठ्ठीको एकातिर अझै पनि एक टुक्रा रातो कपडा झुन्डिएको थियो । आमा निहुरिन् र त्यो झण्डा टिपिन् । अफिसरले उनको हातबाट त्यो झण्डा खोस्दै उनलार्य एकातिर घचेटिदियो ।

“सुन्दैनस्, हट् यहाँबाट !” – अफिसर खुट्टा बजार्दै चिच्यायो ।
सिपाहीहरुको घेराभित्रबाट गीतको आवाज सुनियो –
“जाग लौ उठ ए मजदुरगण !”

आमाका आँखाअगाडि सबै कुरा घुम्दै थिए, हल्लँदै थिए, काँप्दै थिए । वातावरणमा एक डरलाग्दो कोलाहल फैलिएको थियो । यो कोलाहल आकाशवाणीमा सुनिने हल्लाजस्तै थियो । अफिसर हाम्फाल्दै अगाडि बढ्यो ।

“बन्द गर् यो गाना !” – ऊ रोषपूर्वक चिल्लाउन थाल्यो – “हवल्दार क्राइनोभ … !”
आमा ढल्मलाउँदै त्यहाँ पुगिन्, जहाँ त्यो लठ्ठीको टुक्रा फालिएको थियो र त्यो झण्डा फेरि टिपिन् ।
“बन्द गर् यिनीहरुको मुख … ।”

गानाको स्वर सानो हुन थाल्यो र काँप्दै बन्द भयो । कसैले आमाको काँधमा हात राख्यो र उनलाई पछाडितिर घुमाउँदै एक धक्का दियो … ।

“हट्, जा यहाँबाट … ।”
“हट्, बाटाबाट !” – अफिसर चिल्लायो ।
आमाले अलि टाढा अर्को भीड देखिन् । उनीहरु बिस्तारै सडकबाट हट्दै थिए र चिल्लाउँदै, गाली गर्दै र सिटी बजाउँदै घरभित्र पस्दै थिए ।

“हट्, यहाँबाट शैतान !” – एक युवा सिपाहीले आमाको कानैनेर चिल्लाउँदै भन्यो र उनलाई पेटीतिर धकेलिदियो । आमा झण्डा बाँधिएको लठ्ठी टेक्दै त्यहाँबाट हिँडिन्, उनी अब बिलकुल शक्तिहीन भइसकेकी थियन् । उनी अर्को हातले घरको भित्ता र पर्खालहरुको सहारा लिँदै गइरहेकी थिइन् । मानिसहरु उनीबाट टाढा हट्थे । उनीसँगै र उनको ापछाडिपछाडि हिँडिरहेका केही सिपाहीहरु चिल्लाउँदै थिए –

“हट् यहाँबाट !”
सिपाहीहरुले उनलार्य उछिने । सिपाहीहरु अगाडि परेपछि ामा थामिइन् र चारैतिर हेरिन् । जताततै सिपाहीहरु थिए । सडकको अन्त्यमा मैदानबाट निस्कने बाटो बन्द गरेर सिपाहीहरु उभिएका थिए । मैदान खाली भइसकेको थियो । अघिल्तिर पनि सिपाहीहरु नै थिए । उनीहरु बिस्तारै भीडतिर बढ्दै थिए … ।

उनी फर्कन चाहिन् तर किन हो फेरि अगाडि बढिन् र सडकको माझमा पुगेपछि एउटा शून्य, साँघुरो गललीतिर लागिन् ।
उनी फेरि थामिइन् र लामो सास फेर्दै ध्यान दिएर सुन्न थालिन् । अगाडि कतैबाट मान्छेहरु हल्ला गरेको आवाज आउँदै थियो ।

उनी फेरि लठ्ठी टेक्दै अगाडि बढिन् । उनका आँखीभौं फड्फडाउँदै थिए । उनी पसिनाले निथ्रुक्क भइन् । कहिले ओठ चलाउँथिन् त कहिले हात हललाउँथिन् । उनको दिमागमा अस्पष्ट शब्दहरु चिङगारीजस्तो चम्कँदै थिए । यी चिङगारीहरुले बढ्दै एक ज्वालाको रुप लिँदै थिए । उनलार्य यी शब्दहरु प्रकट गर्ने इच्छा भयो, जोडतोडले चिच्याउँदै आफ्नो मुटुमा गुम्सिएका विचारहरु भनने इच्छा भयो ।

त्यो गलली अचानक देब्रेतिर मोडियो । आमाले मोडनेर थुप्रै मान्छेहरु भेला भएका देखिन् ।
“भाइ, कसैले पनि बन्दुकसँग भिड्ने आँट गर्न सक्दैन, यो कुनै ठट्टा होयन !” – कसैले ठूलठूलो स्वरले बोलेको आवाज सुनियो ।

“अगाडि कहिल्यै देखेका थियौ यस्तो कुरा ? कसरी उनीहरु सङ्गीन अगाडि छाती फर्काएर उभिएका थिए ? चट्टानजस्ता … कस्ता निडरहरु त हँ … !”

“बाबु हो !” – आमा चिललाउँदै भीभित्र पसिन् । उनीहरुले आदरपूर्वक उनका लागि बाटो छाडे । कसैले हाँस्दै भन्यो –
“हेर न, झण्डा बोकेर आउँदैछे, उसको हातमा झण्डा छ !”

“चुप लाग् ।” – कसैले कडा स्वरमा भनयो ।
आमा दुवै हात फैलाएर बोलन थालिन् – “सुन्नुस्, भगवान्का लागि मेरो कुरा सुनिदिनोस् ! तपाईहरु सबे असल मान्छे हुनुहुन्छ । मलार्य तपाईहरु सबैको माया लाग्छ, आज जेजति घटनाहरु घटे, त्यसबाट नतर्सनुहोला । सबैका लागि इन्साफका लागि हाम्रा छोराहरु, हाम्रा हृदयका टुक्राहरु मैदानमा उत्रेका थिए । उनीहरुले हामी सबैको जीवन सुखी बनाउन, हाम्रा बालबच्चााहरुको जीवन सुखी बनाउन यो झण्डा उठाएका हुन् । उनीहरु एक नयाँ जीवन चाहन्छन् – सत्य र न्यायको जीवन… उनीहरु सबैको भलाइ चाहन्छन् ।”

आमालाई मुटु फुट्लाजस्तो लाग्यो । उनको घाँटी सुक्दै थियो । हृदयको गहिराइबाट महान् शब्दहरु निस्कँदै थिए – त्यस्ता शब्दहरु, जसले सबैसँग प्रेम गर्न सिकाउँथे, जसले चिङ्गारीले जस्तो उनको जिब्रो डढाउँदै थिए र उनलाई जोश तथा उत्साहसहित बोलन बाध्य गर्दै थिए ।

आमाले देखिन्, सबै चुपचाप उनको कुरा सुन्दैछन् । उनी अनुभव गर्दै थिइन्, अहिले उनलाई वरिपरि घेरेर उभिएका यी मान्छेहरुले सोच्न थालेका छन् र यी मानिसहरुलाई आफ्नो छोराको, आन्द्रेइको, ती सबैका पछाडि लाग्न आग्रह गर्ने तीव्र इच्छा पैदा भयो, जसलाई उनीहरुले भर्खरै मात्र सिपाहीहरुको हातमा छाडिदिएका थिए, आफ्नै भाग्यको भरमा छाडिदिएका थिए ।

चारैतिर उभिएका मानिसहरुको उदास, गम्भीर अनुहारहरुमा हेर्दै आमाले कोमल तर दृढ स्वरमा भनिन् –
“आज हाम्रा छोराहरु सङ्घर्षको मैदानमा उात्रेका छन्, सबैको सुखका लागि त्यही सत्यका लागि, जसका लागि ईसामसीहले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । उनीहरु सङ्घर्षको मैदानमा उत्रेका छन्, ती सब कुराहरुको विरुद्ध जसलार्य पापीहरुले, फटाहा र लोभी मान्छेहरुले हामीलाई वशमा राख्नका लागि, हाम्रो मुखमा बुजो लगाउनका लागि, हामीलाई थिच्न र मिच्नका लागि प्रयोग गर्दैछन् । भाइहरु, यी नवयुवकहरु हामी सबैका लागि, समस्त दुनियाँका लागि, संसारभरका मजदुरहरुका लागि कम्मर कसेर मैदानमा उत्रेका छन् । … उनीहरुलाई एक्लै नछाड्नोस् । उनीहरुबाट मुख नफर्काउनोस् । आफ्ना छोराछोरीहरुलाई एक्लै अगाडि बढ्न बाधा नतुल्याउनोस् । आफ्नो अवस्थामाथि विचार गर्नोस् … आफ्ना कोटाकेटीहरुको साहसबारे विचार गर्नोस्, जसले सत्यको उद्घोषण गरेका छन् र त्यही सत्यका लागि कठिनाइ सहँदैछन् । उनीहरुमाथि विश्वास गर्नोस् !”

आमाको घाँटी अँठियो, उनी लडखडाइन् । निशक्त भएर लड्न लागेकी आमालाई कसैले हात फैलाएर सहारा दियो … ।
“उनी ठीकै भन्दैछिन्,” – कसैले उत्तेजित स्वरमा भन्यो – “ठीकै भन्दैछिन्, सुन्नोस् यी आइमाईको कुरा !”
“बिचरी, कस्तो पीर गर्दैछिन् !” – कसैले सहानुभूति प्रकट गर्दै भन्यो । अर्को मान्छेले हप्काउँदै भन्यो –
“आफ्नो पीरले होयन । हामी मूर्खहरुलाई धिर्कार्दैछिन् उनी, त्यति पनि बुझ्दैनौ !”

भीडमा कसैको कम्पित स्वर सुनियो –
“ईसाका भक्तहरु हो ! मेरो दिमीत्री, त्यस्तो सफा हृदय भएको केटो, कसको के बिगारेको छ र उसले ? मात्र किनभने ऊ आफ्ना साथीहरुको पछि लाग्यो, किनभने ऊ आफ्ेना साथीहरुलार्य माया गर्छ … उनी ठीकै भन्दैछिन्, कसरी हामी आफ्ना छोराहरुलाई एक्लै विपद्मा छाड्न सक्छौँ ? के गल्ती गरेका छन् उनीहरुले ?”

आइमाईको त्यो कुरा सुनेर आमाको मुटु काँप्यो । उनी सुँक्कसुँक्क गर्दै रुन थालिन् ।
“जाऊ नीलोभ्ना, घर जाऊ ! बिचरी असाध्यै थाकिसकिन् !” – सिजोभले सबैले सुने गरी भन्यो । उसको अनुहार अँध्यारो थियो र दाह्री कचमचिएको थियो । बूढाले निधार खुम्च्याउँदै चारैतिर कडा दृष्टिले हे¥यो अनि सीधा भएर उभियो र स्पष्ट स्वरमा भन्न थाल्यो –
“तपाईहरु सबैलाई थाहा नै छ, मेरो छोरो मातभेइ कारखानामा काम गरिरहेका बेला मारियो । यदि आज जिउँदो भइदिएको भए म उसलाई पनि यिनीहरुसँगै पठाउँथे । म आफैँ उसलार्य भन्थेँ हुँला – मातभेइ, जा बाबु, तँ पनि जा, यी न्यायको बाटो हो, सच्चाइको बाटो हो !”
ऊ थामियो । सबै चुपचाप थिए । कुनै नौलो र व्यापक शक्तिले उनीहरुलाई छोप्दै थियो, तर उनीहरु तर्सिएनन् । सिजोभले हावामा आफ्ेनो हात हल्लाउँदै फेरि भन्न थाल्यो –

“तपाईहरुका अगाडि बूढो मान्छे बोल्दैछ । तपाईहरु मलाई चिन्नुहुन्छ । मैले यहाँ काम गर्न थालेको उनन्चालीस वर्ष भइसक्यो । आफैँ त्रिपन्न वर्षको भैसकेँ । मेरो भतिजोलाई, त्यो असल र बुािद्धमान केटोलाई फेरि समातेर लगे । ऊ पनि अगाडि थियो । भ्लासोभ सँगसँगै थियो – ठीक झण्डामुनि जाँदै थियो … ।”

उसले हात हल्लायो, अलिकति कक्रियो र आमाको हात समात्दै भन्न थाल्यो –
“यी आइमाईले ठीकै भनिन् । हाम्रा केटाकेटीहरु इमान्दार र समझदारीपूर्ण जिन्दगी बिताउन चाहन्छन् । हामीले चाहिँ उनीहरुलाई एक्लै छाडिदियौ । आऊ, पेलागेया नीलोभ्ना, जाऔं … ।”

“बाबु हो !” – आमाले आँसुले भरिएका आँखाले चारैतिर हेर्दै भनिन् – “हाम्रो जिन्दगी नै हाम्रा बालबच्चाहरुका लागि हो । सारा संसार नै उनीहरुका लागि हो !”

“जाऊ पेलागेया नीलोभ्ना घर जाऊ ! लौ, यो लठ्ठी लेऊ ।” – सिजोभले झण्डाको भाँचिएको लठ्ठी आमाको हातमा राख्दै भन्यो ।

सबै जना बूढीलाई उदास र आदरपूर्ण दृषिटले हेर्दै थिए ? सहानुभूति प्रकट गर्दै थिए । सिजोभले चुपचाप मान्छेहरुलाई हटाउँदै आमाका लागि बाटो बनायो र मान्छेहरुले पनि चुपचाप बाटो छाडे । कुनै अज्ञात प्रेरणावश उनीहरु आमाको पछाडि लागे । यदाकदा सानो स्वरले आपसमा दुई चार कुरा गर्थे । आफ्नो घरको ढोकामा पुगेपछि आमाले उनीहरुतिर फर्केर हेरिन् र लठ्ठी टेक्दै झुकेर कृतज्ञता प्रकट गरिन् अनि बिस्तारै कोमल स्वरमा भनिन् –

“धन्यवाद छ तपाईहरुलाई … ।”

फेरि त्यही कुरा सम्झेर, त्यही नयाँ कुरा, जुन उनको हृदयको गहिराइमा पैदा भएको थियो, आमाले भनिन् –
“यदि मानिसहरुले ईश्वरको नाममा आफ्नो प्राण बलिदान नगरेका भए कसैलाई पनि ईसामसीहको नाम थाहा हुँदैनथ्यो … ।”
भीड चुपचाप उनलाई हेर्दै थियो ।

आमाले फेरि एकपल्ट झुकेर मानिसहरुप्रति आफ्नो कृतज्ञाता व्यक्त गरिन् र घरभित्र पसिन् । सिजोभ पनि टाउको झुकाएर उनको पछिपछि लाग्यो ।

मान्छेहरू केही बेरसम्म ढोकाअगाडि उभिएर कुरा गरिरहे र त्यसपछि बिस्तारै आ–आफ्नो बाटो लागे ।