आमाले देखिन् – मानिसहरु सडकको अन्त्यमा मैदानतिर जाने बाटो छेकेर उभिएका थिए । उनीहरु कुनै खैरो पर्खालझैं अनुहारहीन र एकनासका देखिन्थे । प्रत्येक व्यक्तिको काँधमा बन्दुकको तीक्ष्ण एवम् क्रुद्ध सङ्गीन टल्किरहेको थियो । यस मौन तथा निश्चल पर्खालतिरबाट चिसो बतास मजदुरहरुतिर चलिरहेको थियो, जुन बतास त्यहाँबाट आमाको छातीमा टक्कर खाँदै उनको मुटुसम्म पुग्थ्यो ।
आमा त्यस भीडलाई चिर्दै त्यतातिर अघि बढिन्, जहाँ झण्डाको सामुन्ने उभिएका उनका परिचित व्यक्तिहरु, अन्य अपरिचित व्यक्तिहरु यसरी एकाकार भएका थिए, मानौं उनीहरु एक अर्काको आड लिइरहेका थिए । उनी एक जना दाह्री खौरिएको अग्लो मानिससँग टाँस्सिएर उभिन पुगिन् । त्यो मानिस डेढो थियो र उसले उनीतिर हेर्नका लागि आफ्नो टाउको फर्कायो ।
“के भो ? कोा हौ तिमी … ?” – उसले सोध्यो ।
“म पाभेल भ्लासोभकी आमा हुँ !” – आमाले जवाफ दिइन् । आमालाई थाहा थियो – उनका खुट्टा काँप्दैछन् र जति कोसिस गरे पनि उनको तल्लो ओठ फड्फडाउँदैछ ।
“ए !” – डेढेले भन्यो ।
“साथीहरु !” – पाभेलले भन्दै थियो – “हामीले मृत्युपर्यन्त अगाडि बढ्नुपर्छ । हाम्रा लागि अर्को बाटो छैन !”
मान्छेहरु शान्त हुन थाले । उनीहरुको उत्सुकता बढ्न थाल्यो । झण्डा माथि बठ्यो र एकछिन हल्लियो । मान्छेहरुको टाउकामाथि फरफराइरहेको त्यो झण्डा खैरो पर्खालजस्तो निश्चल भएर उभिएका सिपाहीहरुतिर बिस्तारै बढ्न थाल्यो । आमा काँपिन् र लामो सास फेर्दै उनले आँखा बन्द गरिन् । चार जना मान्छे – पाभेल, आन्द्रेइ, सामोइलोभ र माजिन भीडबाट छुट्टिएर अगाडि बढ्न थाले ।
फ्योदर माजिनको स्पष्ट स्वर हावामा गुञ्जियो –
“तिम्रो यो कस्तो बलिदान महान् … ।”
अझ मन्द स्वरमा एक गहिरो सुस्केराजस्तो गीतको अर्को हरफ सुनियो –
“सङ्घर्ष यो हाम्रो महान् –
देऊ अब आफ्नो ज्यान … !”
कुनै उज्ज्वल बाटो खोज्दै फ्योदरको आवाज गुञ्जिरहेको थियो । उसको स्वरमा गहिरो विश्वास थियो र ऊ आफ्नो विश्वास घोषणा गर्दै थियो –
“जे छ, हामीले सब लुटायौं … !”
साथीहरुले अर्को पंक्ति दोहो¥याए –
“स्वाधीनताका लागि चुकायौं … !”
“हँ, हँ !” – कसैले ताना कस्यो – “गधाका बच्चाहरु, त्यसो भए अन्त्यष्टि गीत गाउन थालेछन् … !”
“गोद, यसलाई !” – कसैको क्रुद्ध स्वर सुनियो ।
आमाले छातीमा हात राखेर चारैतिर हेरिन् । उनले देखिन् – सडकमा खचाखच भरिएको त्यो भीड अहिले झण्डा लिएर अगाडि बढिरहेका ती चार व्यक्तिलाई हेर्दै थिए र आफैं अगाडि बढ्न हिचकिचाउँदै थिए । केही दर्जन व्यक्तिहरु मात्र उनीहरुको साथ लागे र उनीहरुमध्ये पनि प्रत्येक पाइलामा कोही न कोही सडकको छेउछेउतिर हटेर जान्थ्यो, मानौं सडकमा तातो कोइला बिछ्याइएको छ, जसले उनीहरुको पाइला पोल्दैछ ।
“अत्याचारी शासन नाश हुँदैछ … !”
फ्योदोर गाउँदै थियो ।
“जनता हाम्रो ब्युँझदैछ !”
उसका साथीहरुको चेतावनीपूर्ण दृढ स्वर सुनियो ।
तर गानाको ासाथ केही मानिसहरु भयभीत भएर कानेखुसी गर्दै थिए ।
“अर्डर दिँदैछ हो … ।”
उनीहरुको त्रास ठीकै ठहरियो, अगाडिबाट एक कर्कश स्वर सुनियो –
“बन्दुक तेस्र्याओ !”
इस्पातका सङ्गीतनहरु अगाठि बढ्न थालेको झण्डातिर फर्किए । ती सङ्गीनहरु झण्डाहरुतिर हेरेर तिरस्कारपूर्व मुस्कुराउँदैछन् जस्तो लाग्थ्यो ।
“अगाडि बढ !”
“ल अब अगाडि बढ्न थाले !” – डेढेले भन्यो । उसले आफ्ना दुवै हात खल्तीमा घुसा¥यो र एकातिर लाग्यो ।
आमा एकटकले हेर्दै थिइन् । सिपाहीहरु पूरै सडक घेरेर अगाडि बढ्दै थिए । यस्तो लाग्दै थियो, मानौं कुनै खैरो लहर उठ्दैछ, क्रूरतापूर्ण निश्चयसाथ अगाडि बढ्दैछ र त्यस लहरको टुप्पोमा सेता सङ्गीनहरु चम्किँदैछन् । आमा हतपत छोराको नजिक पुगिन् र उनले देखिन्, आन्द्रेइ आफ्नो अग्लो चौडा शरीरको आडमा पाभेललाई लुकाउन अगाडि आउँदैछ ।
“कमरेड, आफ्नो ठाउँमा फर्क !” – पाभेलले चर्को स्वरमा भन्यो ।
आन्द्रेइ गाउँदै थियो, उसले दुवै हात पछिल्तिर फर्काएको थियो र टाउको ठाडो पारेका थियो । पाभेलले उसलाई आफ्नो काँधले घचेट्दै फेरि एकपल्ट जोडले चिल्लायो –
“पछाडि हट ! तिमीलाई यस्तो गर्ने कुनै अधिकार छैन ! झण्डा सबैभन्दा अगाडि रहनुपर्छ !”
“हट् यहाँबाट !” – एकजना होचो, दुब्लो पातलो अफिसरले तरबार चम्काउँदै अर्डर ग¥यो । ऊ आफ्नो खुट्टा तन्काएर अगाडि बढ्दै थियो र जोडजोडले टेक्दै थियो । आमाको दृष्टि उसका चम्किला फौजी बुटमाथि प¥यो ।
उसको अलि पछाडि एक जना अग्लो मान्छे हिँड्दै थियो । उसले दाह्री खौरेको थियो र बाक्लो सेतो जुँगा पालेको थियो । उसले लामो खैरो रङ्को ओभरकोट लगाएको थियो र पाइन्टको दुवैतिर पहेँला धर्का थिए । उक्राइनिजस्तै ऊ पनि आफ्नो हात पछाडि राखेर हिँड्दै थियो, ऊ एकटकले पाभेललाई हेर्दै थियो र उसका आँखीभौं तन्किएका थिए ।
आमा सबै कुरा देख्दै थिइन् । उनको हृदयमा एक भीषण तथा निश्चल चित्कार लुकेको थियो, जुन प्रत्येक सुस्केराबाट बाहिर निस्किएर स्वतन्त्र हुन चाहन्थयो । त्यस चित्कारले उनलार्य अँठ्रयाइरहेको थियो । तर उनी दुवै हातले आफ्नो छाती अँचेट्दै त्यसलाई रोक्ने प्रयास गर्दै थिइन् । मानिसहरु उनलार्य घचेट्दै थिए र उनी लड्खडाउँदै, विना सोचबुझ, प्रायः चेतनाविहीनजस्तै भएर अगाडि बढ्दै थिइन् । उनलाई लाग्दै थियो, जतिजति त्यो क्रूर लहर अगाडि बढ्दैछ, त्यतित्यति पछाडिको भीड पनि छाँटिदैछ ।
रातो झण्डा समातेका मान्छेहरु र खैरो बर्दी लगाएका सिपाहीहरुको त्यस लहरबीचको दूरी घट्दै थियो । अब आमा सिपाहीहरुको सामूहिक आकृति स्पष्ट देख्दै थिइन् –एक विकृत अनुहारलार्य ठोकठोक पारेर एक घीनलाग्दो मैलो रङको पंक्तिको रुप दिइएको थियो, जुन सडकको वारपार फैलिएको थियो र जसमाथि विभिन्न रङका आँखाहरु परेका थिए । यस पंक्तिको अगाडिअगाडि सङ्गीनका क्रूर चुच्चाहरु चम्कँदै थिए र जुलुसमा आइरहेका मान्छेहरुका छातीहरुलाई आफ्नो निशाना बनाउँदै थिए । भीडलाई नछोइकन स्पातका यी सङ्गीनहरुले एकएक गरेर उनीहरुलाई हटाउँदै थिए । भीड घट्दै थियो, छाँटिँदै थियो ।
आमाले पछाडिबाट भाग्न थालेका मान्छेहरुको पदचाप सुनिन् । मानिसहरु उत्तेजित स्वरमा चिच्याउँदै थिए –
“भाग, भाग … !”
“भ्लासोभ भाग … !”
“पाभेल, पछाडि हट !”
“पाभेल, झण्डा फाल ! – भेसोभसिकोभले गम्भीर स्वरमा भन्यो – “ल्याऊ, मलाई देऊ ! म लुकाउँछु !”
उसले अगाडि बढेर झण्डाको लठी समायो । झण्डा पछाडितिर झुक्यो ।
“छोड् !” – पाभेलले चिल्लाउँदै भन्यो ।
निकोलाइले यसरी हात पछाडि तान्यो, मानौं उसले अगुल्टो समाएछ । गीत बन्द भयो । मानिसहरु थामिए र पाभेलको वरिपरि एउटा जब्बर घेरा बनाएर उभिए । तर उनीहरु थामिएनन्, अगाडि बढ्दै गरे । अचानक, एकैचोटि वातावरणमा पूर्ण निस्तब्धता फैलियो, मानौं एक अदृश्य बादल आकाशबाट झ¥यो र सबैलाई छोपिदियो ।
“करिब बीस जवान मान्छे झण्डा वरिपरि उभिएका थिए, सायद नै बीसभन्दा बढी थिए, तर उनीहरु अडिग भएर उभिएका थिए । उनीहरुलाई केही भन्ने आफ्नो अस्पष्ट इच्छा र आफ्नो चिन्ताले गर्दा आमा निरन्तर उनीहरुतिर बढ्दै थिइन् … ।
“ए लप्टन, खोस उनीहरुसँग त्यो करा !” – अग्लो बूढो मान्छेले झण्डातिर देखाउँदै भन्यो ।
तयो होचो अफिसर पाभेलतिर झम्टियो र झण्डा समात्यो ।
“छोड् !” – उसले चिल्लाउँदै भन्यो ।
“हटा आफ्नो हात !” – पाभेलले ठूलो स्वरमा भन्यो ।
त्यो रातो झण्डा हावामा डगमगायो । पहिले दाहिनेतिर झुक्यो, अनि देब्रेतिर, फेरि सिधा खडा भयो । त्यो होचो अफिसर पछाडि हुत्तियो र जमीनमा लड्यो । मुक्का हल्लाउँदै अघि बढिरहेको निकोलाइ आमाको छे.उ देखा प¥यो ।
“गिरफ्तार गर सबैलाई !” – बूढो खुट्टा बजार्दै चिललाइरहेको थियो ।
केही सिपाहीहरु अगाडि बढे । एक जना सिपाहीले आफ्नो बन्दुकको फेद घुमाउन थाल्यो । झण्डा काँप्यो र अगाडितिर खस्यो, अनि सिपाहीहरुको खैरो रङमा बिलायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।