“कालको मुखमा पर्नुअघि एकपल्ट भए पनि न्यायका लागि लड्न चाहन्छु !”

“ठीक छ ! ठीक छ !” – मिरोनोभले भन्यो – “लाग्छ, ठीकै भन्दैछन् फैक्ट्रीमा ती पर्चाहरु तिमीले नै ल्याउने गरेको हो ।”
“कसले भन्यो ?” – पाभेलले सोध्यो ।

“हँ, भन्ने गर्छन् नि ! लौ त, म पनि हिँडे अब ! होसियार हुनु है !”

आमा मुस्कुराइन् । आफूबारे यस्तो कुरा सुन्न पाउँदा उनलाई खुसी लाग्यो ।

“आमा, जेल पर्नुहोला है !” – पाभेलले हाँस्दै भन्यो ।

वसन्त ऋतुको त्यस ताजा दिनलार्य अझ न्यानो पार्दै आकाशमा सूर्य झन्झन् माथि चढ्दै थियो । बादलका डल्लाहरु बिस्तारै उड्दै थिए, पातला पारदर्शक तह छेड्दै सूर्यको किरण बस्तीमा फैलिँदै थियो । बादलका डल्लाहरु मन्द गतिले सडक र घरहरुका छानाहरुमाथि मडारिँदै थिए । बादलको छायाँले पूरा बस्ती नै बढार्दै छ, घरहरुका भित्ता र छानाहरुबाट फोहोर मैला सफा गर्दैछ, मानिसहरुको अनुहारबाट उराठको भावना हटाउँदै जस्तो लाग्थ्यो । हरेक कुरामा नयाँ उत्साह देखिन्थ्यो । मानिसहरुको करतल ध्वनि बढ्दै थियो र यस करतल ध्वनिमा मेशिनहरुको गडगडाहट बिस्तारै बिलाउँदै थियो ।
फेरि पनि झ्याल र चोकहरुबाट शब्दहरुको लहर उड्दै आमाको कानसम्म आइपुगे – ती शब्दहरुमा सबै कुरा थियो – द्वेषर आतङ्क, शङ्का र उल्लास । अब आमालाई उनीहरुको कुरा खण्डन गर्ने, उनीहरुलाई सम्झाउने–बुझाउने र उनीहरुप्रति कृतज्ञता प्रकट गर्ने इच्छा भयो । आजको त्यस अनौठो बहुरुपी जीवनमा सक्रिय भाग लिने तीब्र इच्छा पैदा भयो ।
एउटा साँघुरो गल्लीमा करिब सय जवान मानिसहरुको भीड जम्मा भएको थियो र त्यस भीडमा भेसोभसिकोभको आवाज सुनिँदै थियो ।

“उनीहरु क्रेनबेरीको रसजस्तो हाम्रो रगत चुस्दैछन् !” – मेसोभसिकोभका यी शब्दहरुले मानिसको दिमागमा हथौडाले जस्तो प्रहार गर्दै थिए ।

“ठीक हो !” – एकैचोटी थुप्रै स्वरहरु सुनिए ।

“केटो कोसिस गर्दै छ !” – उक्राइनिले भन्यो – “जान्छु, उसलार्य मद्दत गर्छु … ।”

पाभेलले उसलाई रोक्न खोजेको थियो, तर त्यतिन्जेल उसको दुब्ला पातलो लचिलो शरीर भीडलार्य चिर्दै अगाडि बडिसकेको थियो । उसको सुरिलो स्वर सुनियो –

“साथीहरु ! भन्छन्, हाम्रो पृथ्वीमा विभिन्न जातिहरु बस्छन् – जस्तै यहुदी र जर्मन, अङ्ग्रेज र तातार । तर म यो कुरा मान्दिनँ ! संसारमा दुईथरीका, दुई जातिका मात्र मान्छेहरु छन्, जसको बीच कहिल्यै मेल हुन सक्दैन – धनी र गरिब ! धनीहरुको पहिरनै बेग्लै हुन्छ, भाषै अर्कै हुन्छ ! जब हामी देख्छौं धनी फ्रेन्च, जर्मन अथवा अङ्ग्रेज आफ्ना मजदुरहरुसँग कस्तो व्यवहार गर्छन्, तब हामी बुझ्छौं हामी मजदुरहरुका लागि सबै धनीहरु एकैनासका हुन्छन्, सत्यानाश होस् उनीहरुको !”

भीडमा कसेको हाँसो सुनियो ।

“जब हामी अर्कोतिरबाट हेर्छौ त हामी देख्छौ, मजदुर चाहे जोसुकै होस् फ्रेन्च, तातार अथवा तुर्क, सबै त्यही कुकुरको जस्तो जविन बिताउँदैछन्, जुन हामी रुसी मजदुरहरु बिताउँछौँ !”

गल्लीमा अरु मान्छेहरु देखा पनृ थाले, उनीहरु घाँटी तान्दै तन्किदै हेर्थे, तर केही बोल्दैनथे ।

आन्द्रेइको स्वर चर्किदै थियो ।

“विदेशमा मजदुरहरुले यो कुरा बुझिसकेका छन् र आज मे दिवसको यस पवित्र दिनमा … ।”
“पुलिस आइपुग्यो … ।” कसैको चर्को आवाज सुनियो ।

चार जवान पुलिसहरु आफ्नो घोडा दौडाउँदै गल्लीभित्र पसे र आफ्नो कोर्रा हल्लउँदै चिल्लाउन थाले –
“हट् ! भाग यहाँबाट !”

मानिसहरुले नाक बङ्ग्याउँदै उनीहरुलाई हेर्न थाले र बिस्तारै अनिच्छापूर्वक घोडाहरुका लागि बाटो छोड्न थाले । केही मान्छेहरु पर्खालहरुमा चढ्न थाले ।

“आफूलाई बडो बहादुर ठान्छन्, तर पूरा सुँगुर छन् !” – कसैले निडरतापूर्वक चिल्लाउँदै भन्यो ।

उक्राइनि त्यहीँ गल्लीको बीचमा उभिएको थियो, दुईटा घोडा गर्दन तन्काउँदै उसतिर झम्टिाँदै थिए । ऊ एकातिर हट्यो र त्यसैबेला आमाले उसको हात समाएर अर्कातिर लगिन् ।

“तिमीले भनेका थिएनौ सधैं पाभेलसँग हुन्छौं ?” – आमा बडबडाउँदै थिइन् – “यहाँ आइपुग्नासाथ तुरुन्तै एक्लै हामफालिहाल्यौ !”

“माफ गर्नोस्, आमा !” – उक्राइनिले मुस्कुराउँदै भन्यो ।

पेलागेया नीलोभ्ना एक अनौठो थकाइ अनुभव गर्दै थिइन्, मानौं उनको नशानशा दुख्दैछ । उनलाई लाग्दै थियो, यस थकाइको अनुभव उनको शरीरको भित्री गहिराइबाट निस्केर माथि आउँदैछ । उनको टाउको रिङ्गिँदे थियो र उनलाई कहिले खुसीको भावनाले ढाक्थ्यो त कहिले उदासीको । छिट्टै हाफटाइमको सिटी बजोस् भनेर उनी मनमनै प्रार्थना गर्न थालिन् ।
मानिसहरु ोकनजिकको गिर्जाघरतिर बढ्दै थिए । करिब पाँच सय युवकहरु र केटाकेटीहरु गिर्जाघरको मैदानमा जम्मा भएर हल्ला गर्दै थिए । भीड झुक्दै थियो । मानिसहरु घाँटी तन्काएर टाढा केही कुरा हेर्ने कोसिस गर्दै थिए । उनीहरु बढो अधीरतापूर्वक ाकुने कुराको प्रतीक्ष गर्दै थिए । वातावरण एकदमै तनावपूर्ण थियो । केही मानिसहरुले बुझिरहेका थिएनन् के गर्ने हो, कोही ाछाती तन्काएर हिँड्दै थिए । आइमाईहरु कोमल स्वरमा आफ्ना लोग्नेहरुलाई मनाउँदै थिए र उनीहरु चाहिँ दिक्क भएर मुख फर्काउँथे, कहिलेकाहीँ त बिस्तारै गाली पनि गरिहाल्थे । विभिन्न किसिमका मानछेहरु जम्मा भएको त्यस भीडमा विद्रोहको लहर फैलिँदै थियो ।

“दिमीत्री !” – कुनै आइमाईको कम्पित स्वर सुनियो – “आफूबारे त सोच !”
“छाड !” – जवाफ सुनियो ।

सिजोभको रोसिलो स्वर शान्त थियो, उसको कुरा विश्वासिलो लाग्थ्यो –

“होइन, हामी युवकहरुलाई छाडेर हिँड्न सक्दैनौं ।” – ऊ भन्दै थियो – उनीहरु हामीभन्दा बढी समझदार ठहरिए, बढी साहसी । धापको कोपेकसम्बन्धी झगडामा हाम्रा लागि कसले लडेको थियो ? उनीहरु नै होइनन् र ? हामीले यो कुरा बिर्सनुहुन्न । यसै कुराले उनीहरु जेल परे, फाइदाचाहिँ हामीले उठायौं … ।”

सिटी बज्यो र सम्पूर्ण कोलाहल यस विकराल ध्वनिले दबाइदियो । पूरा भीड नै काँप्यो । बसेका मान्छेहरु उभिए र एकछिनका लागि सबै शान्त र सर्तक भए । कसैकसैको अनुहार डरले नीलोकालो भयो ।

“साथीहरु !”– पाभेलको दृढ स्वर गुञ्जियो । आमाका आँखामा तातो आँसु देखा प¥यो र अकस्मात् उनले आफ्नो शरीरमा नयाँ शक्ति अनुभव गरिन् । उनी आफ्नो छोराको पछाडि गएर उभिइन् । सबै पाभेलतिर फर्किए, जसरी फलामका कणहरु चुम्बकमा गएर टाँसिन्छन्, त्यसरी नै मानिसहरुले पाभेललाई चारैतिरबाट घेरे ।

आमाले छोराको अनुहारमा हेरिन्, उनी उसका गर्व र साहसले भरिएका दुई चम्किला आँखा मात्र देख्थिन् ।

“साथीहरु ! आज हामी खुल्ला रुपमा घोषणा गर्दैछौं, हामी को हौं ! हामी आफ्नो त्यो झण्डा उठाउँदैछौं, जुन न्याय, इन्साफ र स्वतन्त्रताको झण्डा हो !”

एउटा लामो, सेतो लठ्ठी एकछिनका लागि हावामा देखा प¥यो र फेरि तल झ¥यो । अनि भीडलाई दुई भागमा बाँड्दै कतै बिलायो, एकछिनपछि मजदुरहरुको झण्डा उठ्यो । मानिसहरु उत्सुकतापूर्ण दृष्टिले त्यो कुनै ठूलो रातो चराजस्तो फरफराइरहेको झण्डालाई हेर्दै थिए ।

पाभेलले आफ्नो हात उठायो र झण्डा हल्लन थाल्यो । दर्जनौं हात माथि उठे र झण्डाले चिप्लो सेतो लठ्ठी समाए । ती हातहरुमध्ये आमाको हात पनि थियो ।

“मजदुरवर्ग जिन्दावाद !” – पाभेलले नारा लगायो ।

यस नाराको प्रतिध्वनिस्वरुप सयौं आवाजहरु गुन्जिए ।

“सामाजिक–जनवादी मजदुर पार्टी जिन्दावाद ! “साथीहरु यो हाम्रो पार्टी हो, हाम्रो विचारको प्रवर्तक !”

भीड तात्तिन थाल्यो । ती व्यक्तिहरु, जसलाई यस झण्डाको महत्व थाहा थियो, उनीहरु अगाडि बढेर त्यस झण्डाको नजिक पुग्ने कोसिस गर्दै थिए । माजिन सामोइलोभ र दुवै गुसेभ बन्धु पाभेलको छेउमा गएर उभिए ।

निकोलाइ टाउको झुकाएर भीडलार्य चिर्दै थिए र जसलार्य उनी चिन्दैनथिन्, उनलाई एकातिर घचेट्दै थिए … ।
“विश्वका मजदुरहरु जिन्दावाद !” – पाभेलले फेरि नारा लगायो । हजारौं स्वर एकैचोटी आत्मालाई आन्दोलित गर्ने जयघोषसहित यस नाराको उत्तर दिए । यो जयघोष उनीहरुको बढ्दो उल्लास र शक्तिको परिचायक थियो ।
आमाले निकोलाइ र अर्को एक जना मान्छेको हात समाइन् । आँसुले उनको घाँटी अँठ्याउँदै थियो, तर उनी रोइनन् । उनका खुट्टा काँप्दै थिए र उनका कम्पित ओठबाट मन्दा आवाज निस्क्यो –

“मेरा प्यारा बच्चाहरु … ।”
निकोलाइको छ्याकटे अनुहारमा मुस्कुराहट फैलियो । उसले एकटकले झण्डातिर हेर्दै अस्पष्ट शब्दमा केही भन्यो र झण्डातिर हात बढायो । अकस्मात् उसले आमालाई अङ्कमाल ग¥यो र म्वाइ खायो, अनि हाँस्न थाल्यो ।

“साथीहरु !” – अब उक्राइनि बोल्दै थियो । उसको कोमल आवाज भीडमा फैलिँदै थियो – “हामीले एक नयाँ ईश्वरको नाममा धर्मयुद्ध सुरु गरेका छौं । हाम्रो यो नयाँ ईश्वर हो – प्रकाश र सत्य, ज्ञान र भलाई ! हाम्रो लष्य हामीबाट अझ निकै टाढा छ, काडैकाँडाले भरिएको बाटो हाम्रो अगाडि छ ! यदि कसैलाई सत्यको विजयमाथि विश्वास छैन भन, यदि कसैलार्य यसका लागि आफ्नो जीवन अर्पण गर्ने साहस छैन भने, यदि कसैलाई आफ्नो शक्तिमाथि विश्वास छैन र ऊ कठिनाइहरुदेखि तर्सन्छ भने हाम्रो साथ नहिँडोस् ! हामीलाई मात्र त्यस्ता व्यक्तिहरुको आवश्यकता छ, जसलाई हाम्रो विजयमाथि विश्वास छ ! ती व्यक्तिहरु जसले हाम्रो लक्ष्य बुझेका छैनन्, हाम्रो साथ नलागून् । नत्र उनीहरु बेकारमा विपद्मा फँस्नेछन् ! साथीहरु लाभ लाग्नोस् ! स्वतन्त्र मानवको चाड जिन्दावाद ! मे दिवस जिन्दावाद !”