तर अहिले भने झुस्स परेको खैरो दाह्रिले ढाकिएको उसको रातोपीरो अनुहार एकाएक फुस्रो भएर आयो र तत्कालै कालोनीलो भयो। उसले बहना हातमा लियो र आफ्नो डुंगालाई नदीको प्रवाहको विपरीत दिशातिर ख्याउंदै त्यस ठाउँतिर लिएर गयो जहाँ थाकेर लस्त भैसकेको घोडाको बछेडो पानीको भुमरीमा अझैँ उफ्रँदै थियो। उसको खैरी घोडी पनि बछेडोलाई सघाउन जोडले हिनहिनाउँदै दश गज जति परबाट त्यसै भुमरीतर्फ पौडेर गइरहेकी थिई र नेचे-पुरेन्कोले बल गरेर तान्दा पनि उसलाई रोक्न सकिरहेको
थिएन ।

“ह्योशमा आउ ! किनारातर्फ डुंगा ख्याऊ! ऊ..: देख्यौ, त्यहाँ काजाकहरू निशाना साँध्न तैयार छन्‌ ! ” – त्रोफिमको साथी स्तेश्का एफ्रेमोभले कड्केर भन्यो जो डुंगामा काँठीहरूको चाङमाथि बसिरहेको थियो।

“चृप लाग्‌ ! ”-त्रोफिमले लामो सास फेर्यो र बन्दूकतर्फ हात लम्कायो । नदीले घोडाको बछेडोलाई त्यस ठाउँभन्दा निकै तल बगाएर लग्यो जहाँ सैन्यदल जँघार तर्दै थियो। एउटा सानो भुमरीभित्र त्यो रन्थनिंदै थियो र त्यसलाई पानीको हरियो छालले चाटिरहेको थियो । त्रोफिम हडबडाएर जोडले बहना चलाउँदै थियो र उसको डुंगा पनि कहिले यता त कहिले उता हल्लिंदै अगाडि बढ्दै थियो। ढिस्को पछिल्तिरबाट काजाकहरू नदीको दाहिने किनारातफे दौडेर आए। माक्सिम मार्काको एउटा मेशीनगनबाट गोलीको पर्रा छुट्यो। पानीमा परेर गोलीहरू सुइँय सुसाउन थाले। टाटको झुत्रो कमीज लगाइराख्ने एक जना अफिसर हातमा पिस्तोल हल्लाउँदै कुन्नि के हो कराएर भन्दै थियो।

घोडाको, बछेडोको हिनहिनाहट शिथिल हुँदै गइरहेको थियो र बीच बीचमा तीखो चीत्कार पनि सुनिन्थ्यो । यो चीत्कार बालकको रोदन जस्तै आङ नै सिरिंग गराउने खालको थियो । नेचेपुरेन्कोले घोडीलाई छोडिदियो र आफू चाहिँ छिटो छिटो पौडेर देब्रे किनारानेर पुग्यो। थर्थर काम्दै त्रोफिमले आफ्नो बन्दुक उठायो र पानीको भुमरीभित्र बछेडोको टाउकोभन्दा केही मुन्तिर ताकेर गोली छोड्यो । त्यसपछि गोडाको बूट फुकाल्यो र लामो सुस्केरा हाल्दै झ्वाम्म पानीमा हामफाल्यो ।

दाहिनेपट्टिको किनारामा टाटको कमीज लगाइराख्ने काजाक अफिसरले कड्केर आदेश दियो-

“गोली नदाग ! ”

पाँच मिनेटपछि नै त्रोफिम घोडाको बछेडोनेर पुग्यो र देब्रे हातले त्यसको चिसो पेट आँठ्याएर ट्याप्प समात्न पुगिहाल्यो । अनि सास रोक्दै र पानी निल्दै पौडेर उ नदीको देब्रे किनारातर्फ लाग्यो । शत्रुपक्ष्यको दाहिने किनाराबाट एउटा गोली समेत चलेको आवाज सुनिएन ।

आकाश , वनजंगल र बालुवा-सबै कुरा गाढा हरियो र मनमोहक देखिन्थ्यो । अन्तिम र अति भयंकर प्रयास गरेपछि त्रोफिम बल्लतल्ल किनारामा पुग्न सफल भयो। उसले खूब बल गरेर घोडाको बछेडोको सिनुलाई पानीबाट बाहिर झिक्यो र आफूले नदी तर्नै लाग्दा निलेको हरियो पानी ओकेल्दै एक छिन त्यहीँ नै पल्टिरहयो र हातको औंलाले बालुवा सोहर्न लाग्यो…। वनमा उसका साथीभाइहरूको आवाज गुन्जायमान भयो। खोल्सोमा कतै तोप चलेको गडगडाहट पनि सुनिंदै थियो। खैरो रंगकी घोडी पनि त्यहाँ नै आइपुगी र त्रोफिमको बगलमा उभिई। उ आफ्नो आङको पानी तर्काउँदै थिर्इ र बछेडोलार्इक्ष चाट्दै पनि थिर्इ । उसको भिजेको पुच्छरबाट पानीका थोपाहरू टल्कंदै खसिरहेका थिए र बालुवामा बगेर जाँदै थिए….।

लडखडाउँदै उठेर त्रोफिम दुवै खुट्टाले टेकेर उभियो र वालुवामाथि हिँड्न तैयार भयो। उसले एक वा दुई पाइला मात्रै के सारेको थियो, उ डगमगायो र बुंग ढल्यो। ततो झीरले मटमा च्वास्स घोचरेको जस्तो उसलाई भान भयो ढल्न लाग्दालाग्दै उसले गोली चलेको आवाज पनि सुन्यो । नदीको दाहिने किनाराबाट एउटा गोली हुरिएर आयो र उसको पीठमा लाग्यो । त्यहाँ नदीको दायाँ किनारामा टाटको झुत्रो कमीज लगाइराख्ने अफिसर केही पनि नभएको जस्तो गरी चपचापसंग आफ्नो बन्दूकबाट धुवाँ ओकेलिरहेको एउटा टाटाको खोल झिकेर फ्याँक्दै थियो । नदीको अर्को किनारामा चाहिँ त्रोफिम घोडाको बछेडोबाट एक-दुई पाइला मात्र पर मरणान्त भएर पल्टिरहेको थियो। उसका कठोर र नीला ओठहरूमा मुस्कान देखिन्थ्यो, यद्यपि रगतको फीजमा ती लथपथिएका थिए । त्रोफिमलका ती ओठहरूले पाँच वर्ष यतादेखि आफ्ना बालबच्चाहरूलार्इ चुम्न पनि पाएका थिएनन् ।
सन्‌ १९२६