एउटा प्राचीन मोनेस्ट्रीको अर्को किनारामा डाँडोको घाँचसम्म नै धकेलिएको दोन नदी मगज चक्कराउने किसिमबाट वेगले दगुर्ने गर्छ। साँगुरो मोडमा पानीको भुमरी पर्दछ र हरीयो फींजदार छाल वसन्तमा पहिरो गएर पानीनेरै थुप्रिरहेका खरी रंगका गिर्खाहरूमा जोडले छचल्किन्छ ।

जहाँ दोन नदी बढी फराकिलो र बढी शान्त छ त्यो ठाउँ काजाकहरूको कब्जामा नपरेको हुँदो हो र त्यहाँबाट डाँडोतर्फ गोली नचलाइँदो हो त सैन्यदलका कम्याण्डरले मोनेस्ट्रीको सामुन्ने पर्ने किनाराबाट सैनिक टुकडीलाई उतार्ने निणंय कदापि पनि लिने थिएनन्‌ ।

मध्यान्हमा नदी पार गर्ने काम थालियो। फल्याकको एउटा सानो बेडामा एक जना तोपची र तीनवटा घोडासहित एउटा तोपगाडी लादियो। दोन नदीको मझधारमा पुगेपछि फल्याकको बेडा नदीको प्रवाहको विरुद्ध बग्न थाल्यो र एकातिर केही ढल्कियो पनि । नदी तर्ने कुनै अनुभव नै नपाएको बायाँतिर जोतिने चाहिं एउटा घोडा पानी देखेर असाध्यै आतंकित भयो। डाँडोको फेदीमा, जहाँ सैन्यदल घोडाहंरूको काँठी झिक्दै थियो , त्यस घोडाले हडबडाएर हीं हीं गरिरहेको र बेडाको किनारामा आफ्ना टापहरू बजारिरहेको तडकारै सुनिन्थ्यो ।

“ब्रेडा घोप्ट्याउने नै भयो यसले ! ” -खिन्न हुँदै त्रोफिमले भन्यो । उसले घोडीको पसीनाले भिजेको पीठसम्म पुर्याइसकेको हात पनि फेरि आफैतर्फ तान्यो । बेडामा उतर्सिएको घोडा जोडले कराउँदै उफ्रन थाल्यो र तोपको मोहरीमा आड लागेर अगाडिका खुट्टाहरू उठाएर खडा भयो ।

“गोली ठोक ! ..” – तोपची दलका नाइकैले कडकेर भने ।
त्रोफिमले देख्दादेख्दै एक जना तोपची उफ्रिरहेको घोडाको गर्दनमा झुण्डिन पुग्यो र घोडाको कानैनेर पिस्तोलको नाल पनि घुसारिदियो । केटाकेटीले पटका पड्काए झैं प्याट्ट गोली चलेको आवाज सुनियो। मूली घोडा र दाहिनेतिर जोतिने घोडा एक अर्काको नजीक गएर खडा भए। बेडाको संतुलन मिलाउन तोपचीहरूले मारिएको घोडाको सिनुलाई तोपगाडीको पछिल्तिर राखिदिए । बिस्तार-बिस्तार त्यस घोडाका अगिल्तिरका खुट्टाहरू खुम्चिए र टाउको पनि एकातिर लत्रियो…।

दश मिनेट जति पछि सैन्यदलका कम्याण्डर आफ्नो गेरू रङको घोडामा चढेर भिरालोबाट तल झरे र पानीभित्र हेलिए। उनको पछि पछि पानी छचल्काउँदै एक सय आठ जना ग्रर्धनग्न घोडचढीहरू र त्यत्तिकै रंगीबिरंगी घोडाहरू पनि नदिमा घुसे । काँठीररू चाहिँ तीन ओटा साना साना डुंगामा लादिएवत थिए । आफ्नी घोडी टुपलीडर नेचुपुरेन्कोको जिम्मा लगाएर त्रोफिम तिनै मध्येको एउटा डुंगा खिगाउँदै थियो । नदीको बीचमा पुगेपछि उसले पछिल्तिर फर्केर हेर्यो । उसले के देख्यो भने अगाडिका घोडाहरू घुँडासम्म पानीमा डुबेर नचाही नचाही टाउको निहुराएर पानी पिउन लागिरहेका थिए । सुस्त सुस्त कानेखुसी गर्दै घोडचढीहरूले आफ्ना घोडाहरूलाई अगाडि बढ्ने साउती गरे। तुरून्त नै किनाराबाट बीस गज परसम्म नदीमा घोडाको टाउकैटाउकोले गर्दा कालो धब्बा मात्न देखियो र घोडाहरू हिनहिनाइरहेका थिए । घोडाहरूको बगलमा नै तिनको याल समातेर लुगाफाटो र गोलीग-ट्ठाको थैली झुण्ड्याइएको बन्दूक टाउकोमाथि उठाएर लाल सैनिकहरू पौड्दै नदी पार गरिरहेका थिए ।
डुंगामा बहना फालेर त्रोफिम ठिंग उभियो र घामको

ज्योति सोझै परेकोले आँखा चिम्स्याएर तैरिरहेको घोडाका बथानमा आफ्नो खैरी घोडीलाई खोज्न थाल्यो । सैन्यदल बनहाँसको त्यो बथान जस्तो देखिन्थ्यो जुन शिकारीको गोली-
द्वारा तर्सिएर आकाशमा तितरबितर भएर उडिरहेको हुन्थ्यो । अगाडि अगाडि आफ्नो चमकदार पीठ माथि उठाएर सैन्यदलका कम्याण्डरको गेरू रंगको घोडा पौड्दै गइरहेको थियो । त्यसको पुच्छरनेरै कुने समयमा कमिसारले चढ्ने गरेको घाोडाका दुइ सेता कानहरू टल्किरहेका थिए। त्यसका पछिल्तिर काला धब्बा फैलिएको जस्तै गरेर अरू घोडाहरू पौड्दै थिए,। सबैभन्दा पछाडि ट्रुपलीडर नेचेपुरेन्कोको बुल्बुली पालेको टाउको देखिन्थ्यो जुन हरेक सेकेणडमा झन पछाडि पर्दै गइरहेको थियो । त्यसैको देब्रेपट्टि त्रोफिमको खैरी घोडीका ठाडा कानहरू चल्मलाइरहेका थिए। त्यसभन्दा पनि पल्तिर त्रोफिमले खुब गौड गरेर हेर्दा घोडाको बछेडोलाई पनि देख्यो । त्यो बछेडो हुत्तिँदै पौडिरहेको थियो, बेला बेलामा पानीबाट माथि बुर्लुक्का उफन्थ्यो भने कहिले चाहिँ पानीभित्र यसरी डुबल्की लगाउँथ्यो कि नाकको पोरासम्म न उसका आङ पानीभित्न घुसेको हुन्थ्यो ।

यत्तिकैमा दोन नदीमाथि सरसर चलेको हावाको झोक्काले त्रोफिमको कानसम्म नै एउटा मसीनो कातर चीत्कार त्याइ दियो -हीं-ही-ही-हुँहुँ-हुँ ! ..

नदीमाथि सुनिएको त्यो चीत्कार तरवारको टुप्पो जस्तै तीखो र सुरीलो पाराको थियो। त्यसले त्रोफिमको मुटुमा नै च्वास्स घोच्यो र उसमाथि त्यसको प्रभाव पनि अनौठो किसिमले पर्न गयो। उसले युद्धका सिंगै पाँच वर्ष भोगिसकेको थियो , कतिपल्ट त मृत्युसंग समेत उसको जम्कोभेट भैसकेको थियो, तर उसले यसरी आत्म-नियंत्रण कहिल्यै गुमाएको थिएन ।