तलका १७ प्रश्न तमिल राजनीतिज्ञ तथा समाजसुधारक ई.वी. रामासामी नायकरले भगवानलाई गरेका प्रश्न हुन् । उनको जन्म १७ सेप्टेम्बर १८७९ मा भारतको तामिलनाडूमा भएको हो । ९३ वर्षको उमेरमा २४ सेप्टेम्बर १९७३ मा उनको मृत्यु भएको थियो । उनकाे मूर्तिको तल अहिले पनि लेखिएको छ‍ः
ईश्वर छैनन् र वास्तवमा ईश्वर बिल्कुलै छैनन् ।
जस्ले ईश्वरलाई रचे ती बेवकुफ हुन् ।
जस्ले ईश्वरको प्रचारप्रसार गर्छ, त्यो दुष्ट हो ।
जस्ले ईश्वरको पूजा गर्छ, त्यो मूर्ख हो ।

 

प्रस्तुत छ, उनकै बहुचर्चित र विवादास्पद प्रश्नहरु:

१. भगवान के तिमी डरछेरुवा हौ ? तिमी कहिल्यै कसैको अगाडि आउँदैनौ ?
२. भगवान के तिमी जयजयकारमा रमाउने हौ ? जहिले पनि पूजा, अर्चना गराएर खुसी हुन्छौ ?
३. भगवान के तिमी भोको छौ? जहिले पनि सर्वसाधारणबाट दुध, दही, मिठाई आदि लिइरहन्छौं ?
४. भगवान के तिमी मांशाहारी हौ ? जहिले पनि जनावरहरुको बलि चाहन्छौ?
५. भगवान के तिमी सुनचाँदी व्यापारी हौ ? जहिले पनि सुनचाँदी दबाएर बसेका छौ ?
६. भगवान के तिमी व्यभिचारी हौ ? मन्दिरमा कुमारी, दासी र झुमाहरुलाई राख्छौ?
७. भगवान के तिमी कमजोर छौ ? सधैँ हुने बलात्कारहरु रोक्न सक्दैनौ ?
८. भगवान के तिमी मूर्ख हौ? विश्वमा भएको गरिबी, भोकमरी देख्दादेख्दै पनि अर्बौ रुपियाँको अन्न, दुध, तेल बिनाकारण जलाउने र नदीमा बगाउन लगाउँछौ ?
९.भगवान के तिमी बहिरो छौ ? महिलाहरु बलात्कृत हुँदाको चित्कार पनि सुन्दैनौ ?
१०. भगवान के तिमी अन्धो छौ ? सधैँ भइरहने अपराधहरु पनि देख्दैनौ ?
११. भगवान के तिमी आतंकवादी हौ ? धर्मको नाममा लाखौैं मानिसहरुलाई लडाउने र मार्ने गर्छौं ?
१२. भगवान के तिमी डन हौ ? मानिसहरु तिमीसँग किन डराउँछन् ?
१३. भगवान के तिमी लाटो हौ ? हजारौँ मानिसहरुले प्रश्न गर्दा पनि तिमी एकको जवाफ दिदैनौ ?
१४. भगवान के तिमी भ्रष्टचारी हौ ? गरिबलाई केही पनि दिदैनौ तर त्यही गरिबले दिनरात मिहिनेत गरेर, पसिना बगाएर कमाएको दान–पैसा लिन्छौ ?
१५. यदि पूजापाठ गरेर “बुद्धि र शिक्षा” प्राप्त हुने हो भने किन पण्डित र पुजारीका छोराछोरीहरु मात्र डाक्टर, इन्जिनियर, वैज्ञानिक आदि भएनन् ?
१६. कथित अछूतले बनाएको मूर्ति, मन्दिर, घण्ट, छालाको ढोल आदि अपवित्र हुँदैन भने कथित अछूत मन्दिरमा प्रवेश गर्दा त्यो मन्दिर कसरी अपवित्र हुन्छ ?
१७. भगवान के तिमी मुर्ख हौ? हामीजस्तो नास्तिकलाई जन्माएर सधैँ आफ्नाविरुद्ध टिकाटिप्पणीहरु सुन्छौ ?

संकलक तथा अनुवादक
गिरी बहादुर सुनार