“भाइ, तिमी बिलकुल केटाकेटीजस्तो कुरा गर्छौ ! गैरकानुनी काममा कुनै इमानदारी हुन सक्दैन । तिमी आफैं सोच – सबैभन्दा पहिले त त्यही मान्छे जेल पर्छ, जसको हातमा किताब भेट्टाइन्छ । त्यसपछ मात्र मास्टरहरुको ापालो आउँछ । फेरि, मास्टर–मास्टरनीले जे किताब पढ्न दिन्छन्, त्यसमा पनि कुरा त्यही गैरकानुनी किताबहरुमा लेखिएकै हुन्छ, खालि शब्द मात्र फरक हुन्छ र सच्चाइ कम हुन्छ । भनाइको मतलब उनीहरु पनि त्यही कुरा चाहन्छन्, जे म चाहन्छु । फरक यति मात्र छ, उनीहरुले टेढोमेढो बाटो समाए भने म सिधा बाटोबाट जाँदैछु । पुलिसको अगाडि चाहिँ हामी सबै एकैनासले दोषी छौं, म ठीक भन्दैछु ? तेस्रो कुरा हो, भाइ मलाई उनीहरुको केही खाँचो छैन, पैदल हिँड्ने मान्छेका लागि घोडचढी साथी हुन सक्र्दैन । हुन सक्छ, कुनै किसानको विरुद्ध म यस्तै व्यवहार नगरुँला । तर, यिनीहरु चाहिँ एक जना पादरीको छोरो हो भने अर्की जमिनदारकी छोरी ! मलाई थाहा छैन, यिनीहरुलार्य जनता भड्काउने के खाँचो प¥यो । म किसानलाई के थाहा, यी भलाद्मीहरु के गर्न चाहन्छन् ? म के चाहन्छु, मलाइ राम्ररी थाहा छ तर उनीहरु के चाहन्छन् मलाई थाहा छैन । हजारौं वर्ष यी मालिकहरुले हामीमाथि राज गरे, किसानहरुको खाल उखेले, अब आएर अकस्मात् ब्युँझेर किसानको आँखा खोल्न चाहन्छन् रे । भाइ म परीकथामा विशवास गर्दिनँ र यो पनि त्यस्तै परीकथा हो । मेरा लागि सबै ठूलाबडाहरु एकैनासका छन् । जाडोमा कहिलेकाहीँ तिमीले देखेकै होलाऊ घोडा चढेर सडक पार गर्दा अकस्मात् अगाडितिर टाढा, धेरै पर केही कुरा पिलिक्क देखा पर्छ । के हो त्यो ? ब्वाँसो, फ्याउरो अथवा साधारण कुकुर ? मलाई थाहा छैन, धेरै टाढा छ ।”
आमाले छोरातिर हेरिन् । ऊ निकै उदास थियो ।
रिबिन बडो निःसङ्कोच भावले पाभेललाई हेर्दै थियो र आफ्नो दाह्र्री सुम्सुम्याउँदै थियो । उसका आँखामा एक अशुभसूचक चमक थियो ।
“मसँग भलाद्मी बनेर हिँड्ने फुर्सद छैन ।” – ऊ भन्दै थियो – “जीवन एकादमै कठिन छ । कुकुरको बथान र भेडाको बथान एउटै कुरा होइन – हरेक कुकुर आफ्नै तरिकाले भुक्छ … ।”
“यस्ता पनि पैसावाल मान्छेहरु हुन्छन्, जो जनताका लागि ज्यानसम् पनि दिन्छन् ।” – परिचित व्यक्तिहरुलाई सम्झँदै आमाले भनिन् – “जिन्दगीभर जेलमा बिताउँछन् … ।”
“उनीहरुका सबे कुरा अनौठा हुन्छन् !” – रिबिनले जवाफ दियो – “किसान धनी भए बाबुसाहेब बन्छ, धनी गरिब भयो भने किसान बन्छ । मजदुरीले कसैलाई पनि जोगी बनाउन सक्छ । पाभेल, तिमीलाई याद छ, कसरी तिमीले मलाई यो कुरा बुझाएका थियौ ? मान्छे के सोच्छ भन्ने विषयमा ऊ कस्तो जिन्दगी बिताउँदैछ भन्ने कुराबाट अन्दाज लाउन सकिन्छ । मुख्य कुरा त यही हो । यदि मजदुरले ‘हुन्न’ भन्छ त मालिकले भन्छ ‘हुन्छ’ ! किसान र जमिनदार जन्मेदेखि नै भिन्नाभिन्नै स्वभाव लिएर आएका हुन्छन् । किसानले पेटभरि खाएको देखेर जमिनदारलार्य रातभरि निद्रा लाग्दैन । खैर, हरामजादा त जहाँ पनि भेट्टाइन्छ, म प्रत्येक किसानको वकालत गर्न चाहन्नँ … ।”
ऊ उभियो, डरलाग्दो, मजबुत देखिने त्यस व्यक्तिको दाह्री यसरी हल्लँदै थियो, मानौं उसले आफ्नो दाँत कसेर बन्द गरेको थियो ।
“म पाँच वर्षसम्म एउटा फैक्ट्रीबाट अर्को फैक्ट्रीमा भौंतारिएँ, गाउँले जीवन एकदम बिर्सिसकेको थिएँ ।” – अब ऊ सानो स्वरमा बोल्दै थियो – “जब गाउँ फर्के तब मात्र मैले बुझेँ यसरी बस्न सकिन्नँ ! कदापि सकिन्नँ ! तिमीहरु यहाँ बस्छौ र अन्दाजसम्म पनि लाउन सक्दैनौ, त्यहाँ कस्ताकस्ता ाअन्यायहरु हुन्छन् ? त्यहाँ भोकले मान्छेको छायाँले जस्तो पीछा गरिरहेको हुन्छ, खान पाउने कुनै आशा हुँदैन, बिलकुल हुँदैन ! भोकले मान्छेको आत्मा निलिदिन्छ, उसको अनुहारबाट मानवताको नामनिसाना नै भेटिदिन्छ । उनीहरु वास्तवमा बाँचेका हुँदैनन्, अनन्त गरिबीमा कुहिरहेका हुन्छन् … । चारैतिर हाकिमहरु गिद्धले जस्तो ताकेर बसेका हुन्छन्, कही बिचराहरुले एक टुक्रा बढी त टिपिहाल्दैन् ? यदि कहिल्यै कुनै किसानकहाँ केही कुरा देखे भने मुखमा एक थप्पड लाउाँछन् र खोसिहाल्छन् … ।”
रिबिनले यताउत हे¥यो, अनि टेबुलमा अडेस लाएर पाभेलतिर झुक्दै भन्यो – “फेरि त्यस जिन्दगीमा फर्कदा किन हो कुन्नी मलाई वाक्क लाग्न थाल्यो । सबै कुरा देख्छु, तर केही गर्न सक्दिनँ । तब मैले आफैंले आफंैंलाई भने – “तैँले सहनैपर्छ, यहाँ टिक्नैपर्छ ! तैँले उनीहरुका लागि भरपेट खानको बन्दोबस्त गर्न नसक्लानस्, तर यहाँ केही खिचडी मेरो हृदय चर्कन्छ । यस पीडाले मेरो हृदयमा कुनै सियोले जस्तो निरन्तर घोचिरहेको हुन्छ ।”
ऊ बिस्तारै पाभेलको नजिक गएर उभियो र काँधमा आफ्नो हात राख्यो । उसको निधारमा पसिनाका थोप्लाहरु चम्कँदै थिए र हात काँप्दै थियो ।
“पाभेल, मलाई मद्दत गर ! मलाई त्यस्ता किताबहरु देऊ, जुन किताब पढेर मान्छेले शान्तिको सास फेर्न नसकोस् । मान्छेको दिमागमा दुम्सी हालिदिनुपर्छ, जसले दिनरात उसको दिमाग कोट्याइरहोस् । यहाँका आफ्ना सहरिया साथीहरुलाई भनिदेऊ, गाउँका लागि पनि लेख्ने गरुन् । कसरी लेखून् भने प्रत्येक शब्द फिलिङ्गोजस्तो लागोस् ! किताब पढेर मान्छेहरु मृत्युको मुखमा हाम्फाल्न तयार होऊन् ।
उसका हात फैलिएका थिए र उसको मुखबाट एकएक शब्द स्पष्ट रुपमा निस्कँदै थियो –
“मृत्युको विरुद्ध मृत्युले मात्र ाटेक लिन सक्छ । मानवजातिलाई जीवित राख्नका लागि तिमीे मर्न तयार हुनुपर्छ । पृथ्वीका करोडौंकरोड मानिसहरु जीवित रहून् भन्नाखातिर हजारौंहजार मानिसहरुले आफ्नो जीवन अर्पण गर्नुपर्छ । मुख्य कुरा यही हो । यदि करोडौं मृतप्रायः प्राणीहरुले नयाँ जीवन पाउँछन् भने अर्काका लागि मर्न गाह्रो छैन ।”
आमा सामोभार लिएर कोठाभित्र पसिन् र कर्के दृष्टिले रिबिनलाई हेरिन् । उसका ती बोझिला, शक्तिशाली शब्दहरुले उनलाई दबाउँदै थिए । उसमा केही त्यस्तो कुरा थियो, जसले उनलाई आफ्नो लोगनेको याद दिलाउँदै थियो । उनको लोगने पनि यसैगरी बाहुला माथि सार्र्दै, दाँत निकाल्दै कुरा गथ्र्यो र यसैगरी रिसले मुर्मुरिन्थ्यो ।
उनको लोग्ने आफ्नो यो बेचैनी शब्दमा व्यक्त गर्दैनथ्यो, यो मान्छे भने आफ्ेनो भावना व्यक्त गर्दै थियो । त्यसैले ऊ कम भयङ्कर देखिन्थ्यो ।
“तिमी ठीक भन्दैछौं, यो काम गर्नैपर्छ !” पाभेलले आफ्नो सहमति जनाउँदै टाउको हल्लायो – “हामीलाई समाचारहरु पठाउने गर्नू, हामी तिमीहरुका लागि अखबार छाप्नेछौं … ।”
आमाले मुस्कुराउँदै छोरातिर हेरिन् र टाउको हल्लाइन् । अनि चुपचाप लुगा लगाएर बाहिर निस्किन् ।
“ठीक छ, सामग्रीहरु अवश्य पठाउनेछौं । तर बुझिने भाषामा लेख्नू, भाषा कति सरल होस् भने कुनै पनि उल्लूले बुझोस् !” रिबिनले ठूलो स्वरले भन्यो ।
भान्साकोठाको ढोका खुल्यो र एक अपरिचित व्यक्ति भित्र पस्यो ।
“ऊ एफिम आइपुग्यो !” – रिबिनले भान्साकोठातिर हेर्दै भन्यो – “एफिम, आउ यता ा। एफिम ! यो पाभेल हो, मैले तिमीलार्य उसैका बारेमा बताएको थिएँ ।”
पाभेलको अगाडि खैरो कपाल भएको, गोलो फराकिलो अनुहार भएको एक अग्लो व्यक्ति उभिएका थियो । उसले भेडाको छालाले बनेको कोट लगाएको थियो, टोपी हातमा समाएको थियो र आँखीभौं झुकाएर पाभेललाई हेर्दै थियो । त्यो मान्छे हेर्दा निकै बलियो देखिन्थ्यो ।
“नमस्कार !” – उसले धोत्रे स्वरमा भन्यो र पाभेलसँग हात मिलाइसकेपछि आफ्नो जिरिङ्ग परेको कपाल मुसार्न थाल्यो । कोठाको चारैतिर हेर्दै उसको दृष्टि किताबहरुमाथि प¥यो र ऊ बिस्तारै त्यातातिर लाग्यो ।
“आँखा प¥यो !” – रिबिनले पाभेलतिर हेरेर आँखा सन्काउँदै भन्यो । एफिमले फर्केर रिबिनलाई हे¥यो र अनि फेरि किताबहरुतिर हेर्न थाल्यो ।
“ओहो, कति धेरै किताब त हँ !” – उसले दङ्ग पर्दै भन्यो – “पढ्ने समय त पाइन्न होला, बरु गाउँमै पढ्नका लागि बढी समय रहन्छ … ।”
“तर पढ्न चाहिँ मन लाग्दैन होला, हँ ?” – पाभेलले सोध्यो ।
“किन र ? पढ्ने पनि इच्छा ाछ !” – युवकले आफ्नो चिउँडो मल्दै भन्यो – “मान्छेहरुले आफ्नो दिमाग खियाउन सुरु गरिसकेका छन् ।”
“भूगर्भशास्त्र – के हो यो ?”
पाभेलले बुझाइदियो ।
“यस्तो किताब हामीलाई काम लाग्दैन !” – त्यो किताब दराजमा राख्दै युवकले भन्यो ।
रिबिनले लामो सास फेर्दै भन्यो –
“किसानहरुलाई पृथ्वीको सृष्टि कसरी भयो भन्ने कुरासँग के मतलब र । ऊ त जमीन कसरी बाँडियो, कसरी जमिन्दारहरुले जनताको आँखामा छारो हालेर उसको जमीन खोसे भन्ने कुरा पो थाहा पाउन चाहन्छ । पृथ्वी घुमछ अथवा एकै ठाउँमा अडेको छ भन्ने कुरासँग उसलाई के मतलब र ? जबसम्म किसानले आफ्नो खेतबाट बाली पाउँछ, तबसम्म उसलाई त्यो जमीन चाहे डोरीमा झुन्डिएको होस्, चाहे आकाशमा किला ठानेर नै किन झुन्ड्याइएको नहोस्, केही खाँचो रहँदैन … !”
“दासप्रथाको इतिहास ।” एफिमले किताबको नाम पढ्दै भन्यो – “हाम्रै विषयमा त लेखिएको होइन ?”
“भूदासप्रथाबारे पनि छ !” – पाभेलले जिज्ञासापूर्वक सोध्यो ।
“किन नहुनु र ! मेरो र मेरा अरु दुई जना दाजुभाइको जम्मा गरेर करिब चार देस्यातिना जमीन छ । तर सबै बाँझो छ । कति बालुवा मिसिएको माटो छ भने बाली लगाउन होइन, खालि भाँडा माझ्न मात्र काम लाग्छ … !”
एकछिन चुप लागेपछि उसले फेरि भन्यो –