५
भोलिपल्ट बिहान बाजारोभ नै सबभन्दा पहिले ब्युँझियो र घरबाट बाहिर निस्कियो । “एहे !” -आफ्नो वरिपरि नजर दौडाएर उसले सोच्यो । -“ठाउँ उतिसारो रमाइलो त रहेनछ ।” आफ्ना भूदासहरूसित हदबन्दी गर्दाखेरि निकोलाइ पेत्रोभिचले एक नयाँ हवेली निर्माण गर्न एकदमै समथर र बोटबुट्यान केही नउम्रेको अन्दाजी चार देस्यातीना जग्गा अलग्गै छुट्याएका थिए । घर, सहायक भवनहरू र फार्म इत्यादिको उनले निर्माण गराइसकेका थिए, बगैंचा पनि लगाइएको थियो, एउटा पोखरी र दुईवटा इनार पनि खनाइएका थिए । तर बोटविरूवाहरू हर्लक्क बढ्न सकेका थिएनन्, पोखरीमा पानी थोरै नै जम्मा भयो भने इनारको पानीचाहिँ नुनिलो स्वादको निस्कियो । हसिनाको झ्याङ र बबूलको बोट मात्रै हर्लक्क बढेका थिए । तिनैको छहारीमा यदाकदा चियापान र भोजन गरिन्थ्यो । केही मिनेटभित्रमै बाजारोभले बगैंचाका सबै गोरेटोहरू चाहार्यो, पशुशाला र अश्वशालाको पनि अवलोकन गुर्यो र नोकरचाकरका दुईजना केटाहरूलाई खोजेर तुरून्तै उनीहरूसित चिनापर्ची गरिहाल्यो, अनि तिनैलाई साथमा लिएर घरबाट एक भेर्स्ता जति टाढा पर्ने एक सानो सिमसारमा भ्यागुता पत्रन हिंडिहाल्यो ।
“भ्यागुता किन चाहियो नि, हजुर !” -एउटाचाहिँ केटोले जिज्ञासा प्रकट गर्यो ।
“सुन्, म बताउँछु !” -बाजारोभले जवाफ दियो । आफूप्रति निम्न वर्गका मान्छेहरूको विश्वास उत्पन्न गर्ने कलामा उ पारङ्गत थियो, यद्यपि उनीहरूको वास्ता उसले कहिल्यै गरेन र उनीहरूसित खरो नै व्यवहार पनि गर्यो । -“म -भ्यागुतालाई चिरेर उसभित्र केकस्तो भइरहेछ भन्ने हेर्नेछु । अनि हामी पनि भ्यागुताजस्तै छौं, फरक यतिकै छ कि हामी गोडा चालेर हिंड्छौं । त्यसपछि त हाम्रो भित्र के हुँदैछ भन्ने पनि मलाई थाहा पत्तो भइहाल्नेछ ।”
“हजूरलाई यो सब किन थाहा पाउनुपर्यो नि?
“किनभने कथंकदाचित् तँ बिरामी भइस् र मैले तेरो औषधी गर्नुपर्यो भने कुनै भूलचूक हुन नपाओस् !”
“के हजूर डाक्टर होइसिन्छ र ?”
“हो ”
“भास्का, सुनिस् ! साहेबबाट के मर्जी भो ? तँ र म पनि भ्यागुताजस्तै हौं रे ! गजब छ !”
“मलाई त भ्यागुताहरूदेखि डर लाग्छ ।” भास्काले भन्यो । सात वर्ष जतिको केटो थियो ऊ । उसका कपाल सनपाटझैँ सुनौला थिए, उसले ठर्रो कलर हालिएको कैलो कोट लगाइराखेको थियो तर गोडाचाहिँ नाङ्गै थिए ।
“डराउनुपर्ने कुरै के छ र ? तिनले टोक्छन् के ? ”
“लौ, मेरा दार्शनिक हो !” -बाजारोभले भन्यो । -“अब पानीभित्र घुस !”
त्यतिञ्जेलसम्म निकोलाइ पेत्रोमिच पनि ब्युँझिसकेका थिए । उनी अर्कादीको कोठातर्फ गए र उसलाई लुगा फेरिसकेको भेट्टाए । पिता र पुत्र बरण्डामा निस्किए जसमा त्रिपाल टाँगिएको थियो । अडेसोनेरै राखिएको टेबिलमा हसिनाका फूलका ठूला गुच्छाहरूको माझमा सामोभारमा टुटिवाल रूसी चियादानी पानी उम्लिरहेको थियो । अनि त्यही केटी देखापरी जसले अगिल्लो दिन द्वारमण्डपनेर सर्वप्रथम आगन्तुकहरूको स्वागत गरेकी थिई । झीनो स्वरमा ऊ बोली :
“फेदोस्या निकोलायेभ्ना सन्चो नभएकोले आउन सकिसिन्न रे ! चिया आफैं तयार पारिसिन्छ कि दुन्याशालाई पठाउनुपर्ने हो ? सोधिस्याछ हजूरसित !”
“म आफैँ प्यालामा हालुँला !” -निकोलाइ पत्रोमिचले झटपट उत्तर दिए ।-
“आर्कादी, तँ कस्तो चिया खान्छस् नि ? दूध हालेको कि कागती हालेको ?”
“दूध हालेको !” -आर्कादीले जवाफ दियो र केही बेर चूप लागिसकेपछि प्रश्नसूचक पाराले भन्यो ।- “बुबा ?”
निकोलाइ पेत्रोमिचले व्याकुल हुँदै छोरोतर्फ पुलुक्क हेरे |
“के हो ?” -उनले सोधे ।
आर्कादीले आँखा भुइँतिर झार्यो ।
“मेरो प्रश्न हजुरलाई अनुचित लाग्छ भने माफ गरिबक्सेला, बुबा ! आर्कादीले बिस्तारै भन्न शुरू गर्यो । “जे होस्, हिजो हजुरबाट स्वयं नै कुरा झिकिबक्सेको हुँदा मैले पनि खुलस्त कुरा गर्ने आँट गरेको हुँ । .. रिसाइबक्सने त हौइन ?”
“भन् !”
“हजुरबाट प्रोत्साहन पाएर -न सोध्ने आँट गरेको हुँ । .. के फेन्या …यसैकारणले त .. के मेरो उपस्थितिले गर्दा नै कतै उनले यहाँ आउन नचाहेकी त होइनन् ?”
निकोलाइ पेत्रोमिचले आफ्नो मुख सुटुक्क अर्कोतिर फर्काए ।
“हुन सक्छ !” -उनले अन्त्यमा भने । -“सके लाज लाग्नेछ भन्ने सोचेकी होली । ..”
आर्कादीले झटपट आफ्नो पितातर्फ एक दृष्टि फयाँक्यो ।
“बिनासित्तै उनी लाज मान्दैछिन् । पहिलो कुरा त के भने हजूर मेरो विचारबाट अवगत नै होइसिन्छ,” (आर्कादी खूब मजा मान्दै यी शब्दहरू उच्चारण गर्दै थियो), “अनि दोस्रो कुरा – हजुरको जीवनपद्धति र हजुरको बानीव्यहोरामा म एकफुट्टी पनि हस्तक्षेप गर्न चाहन्न । फेरि मलाई विश्वास छ, हजूरको चयन गलत हुनै सक्दैन । हजूरबाट उनलाई यसै घरमा आय बक्सिएको छ त उनी यसको लागि सुयोग्य छिन् भन्ने त्यसै पनि प्रष्ट हुन्छ । जे भए तापनि पुत्र कदापि पिताको न्यायाधीश बन्न सक्दैन । खासगरी म र वस्तुतः हजूर जस्तो पिताको सम्बन्धमा यो लागू हुन्छ जसबाट कहिल्यै पनि र कुनै रूपमा पनि मेरो स्वतन्त्रता कुनै प्रकारले नियन्त्रित भएको छैन ।”
आर्कादीको स्वर शुरूमा केही कामेको थियो । आफूले उदारताको परिचय दिइरहेझै उसलाई लागेको थियो र यसको साथसाथै आफना पितालाई एक किसिमको उपदेश दिइरहेझै पनि उसलाई बोध भएको थियो । परन्तु मान्छेउपर आफ्नै आवाजको गहिरो प्रभाव पर्दछ र आर्कादीले आफ्नो अन्तिम शब्द दृढतापूर्वक, अझ प्रभावपूर्ण ढंगले समेत उच्चारण गर्यो ।
“धन्यवाद, आर्काशा !” -निकोलाइ पेत्रोभिचले गुनगुन गरे । उनका औंलाहरू फेरि आँखीभौं र निधार मुसारिरहेका थिए । -“तेरो भनाइ एकदमै न्यायसंगत छ | निश्चय नै यदि यो केटी योग्य नहुँदी हो त .. यो मेरो चञ्चल मनको लहड होइन । यस विषयमा तँसित कुरा गर्न मलाई अप्ठ्यारो लागिरहेछ । तर तैँले बुझेकै छस्, तेरो उपस्थितिमा, त्यो पनि तेरो आगमनको पहिलो दिन नै यहाँ देखापर्नु उसको निम्ति मुश्किल हुने नै भयो ।”
“त्यसो हो भने म स्वयं नै उनीकहाँ जान्छु । -उदार भावनाको नयाँ छालको साथै आफ्नो कुर्सीबाट जुरूक्क उठेर आर्कादीले भन्यो । -उनले मसित लाज मान्नुपर्ने कुनै कारण छैन भनेर म उनलाई साफसित बुझाउनेछु ।”
निकोलाइ पेत्रोमिच पनि उठे ।
“आर्कादी !” -उनले भने । “कृपा गर्.. कसरी यो हुन्छ र !… त्यहाँ .. मैले त तँलाइ, भन्नै बिर्सेको …”
भत्रोजि परन्तु आकादीले उनको कुरै सुनेन र बरण्डाबाट दगुरिहाल्यो । निकोला पेत्रोमिच वाल्ल परेर उसलाई नजरले पछ्याउँदैरहे र व्यग्र भएर फेरि कुर्सीमै थ्याच्च बसे । उनको मुटु धुकधुक गर्दैथियो .. उनको र पुत्रको बीचमा भावी सम्बन्ध अनिवार्यतः कस्तो विचित्र हुनेछ भन्ने के त्यस बेला उनले अनुमान गरेका थिए ? यस कुराको चर्चा नै नगरेको भए बरू आर्कादीले उनीप्रति बढी सम्मान प्रकट गर्ने थियो होला भन्ने के उनी बोध गर्दै थिए त त्यतिखेर ? के उनी यस्तो कमजोरी प्रदर्शन गरिएकोमा स्वयं आफ्नो भर्त्सना गर्दैथिए त त्यतिखेर ? यसको उत्तर पाउनु गाह्रो छ । उनी यी सबै भावनाहरू अनुभव गर्दैथिए तर केवल अनुभूतिको रूपमा मात्र र त्यो पनि अस्पष्ट रूपमा । उनको अनुहार रन्किएर रातै भएको यि भने मुटु जोडले धुकधुक गर्दैथियो ।
त्यतिकैमा हतारहतारमा पाइला सारेको आवाज सुनियो र आर्कादी बरण्डामा दाखिल भयो ।
“हाम्रो चिनापर्ची भयो, बुबा !” -उसले ओजपूर्ण स्वरमा भन्यो । उसको मुहारमा एक प्रकारको मधुर एवं दयार्द्र विजयको भाव झल्किरहेको थियो |
“फेदोस्या निकोलाएभ्नालाई वास्तवमा नै आज सन्चो छैन | उनी केही बेरपछि आउनेछिन् | परन्तु मेरो एक भाइ पनि छ भन्ने कुरा हजूरले किन लुकाइबक्सेको नि ? हिजो साँझ नै म उसलाई प्यारो गरे चुम्ने थिएँ, जस्तो कि अहिले भर्खरै चुमे ।”
निकोलाइ पेत्रोभिच केही भन्न र उठेर छोरोलाई बाहुपाशले बाँध्न चाहन्थे | – आर्कादीले दगुरेर उनको घाँटीमा अंकमाल गर्यो |
“क्यो हो ? फेरि अकमाल गर्दैछौ ?” -पछिल्तिरबाट पाभेल पेत्रोभिचको स्वर सुनियो ।
त्यस बेला उनको आगर्मनबाट. पिता र पुत्र दुवै नै खुशी भए । कहिलेकाहीं भावावेशको स्थिति कतिसम्म मार्मिक हुन्छ भने त्यसबाट सकभर छिटो मुक्ति पाउने चाहना गरिन्छ ।
“यसमा अचम्मको कुरै के छ र ?” -निकोलाइ पेत्रोभिचले रमाउँदै भने । –
“आर्कादीको बाटो हेरेर बसेको पनि एक जुग नै भयो होला .. हिजो ऊ आएदेखि अझै उसलाई मनग्गे हेर्नै पाएको छैन ।
“मैले कत्ति पनि अचम्म मानेको होइन ।” -पाभेल पेत्रोमिचले टिप्पणी गरे |
-“खुद म पनि त उसलाई अंकमाल गर्न चाहन्छु ।”
आर्कादी ठूल्बाको नजिक गयो र फेरि उसले आफ्ना गालामा उनको बास्नादार जुँगाको स्पर्श अनुभव गर्यो । पाभेल पेत्रोभिच टेबिलनेर बसे । उनले अंग्रेजी छाँटको चिटिक्क परेको प्रातःकालीन सूट लगाएका थिए । सानो फौजी टोपीले उनको शिरको शोमी बढाइराखेको थियो । यही फौजी टोपी र जथाभावीसँग बाँधिएको टाईले गाउँले जीवनको उन्मुक्तताको प्रदर्शन गरिरहेका थिए तर बिहानको पहिरनका लागि उपयुक्त सेतो होइन, बरू रंगीन कमेजको ठर्रो कलरले उनको दाह्री सफाचट काटिएको च्यूँडोलाई सधैंको जस्तै सहारा दिइराखेको थियो ।
“तिम्रा नयाँ मित्र खै कहाँ छन् ?” -उनले आर्कादीसित सोधे ।
“ऊ घरमा छैन । उ अक्सर बिहान सखारै उठ्छ र कतै घुम्न निस्कन्छ । मुख्य कुरा: उसप्रति ध्यान दिनु आवश्यक छैन । उसलाई औपचारिकता मनपर्दैन ।”
“हो, यो त टड्कारै देखिन्छ ।” -रोटीको टुक्रामा नहतारिएर नौनी लगाउँदै -पाभेल पेत्रोभिचले भन्न शुरू गरे । -कतिदिनसम्म छ हामीकहाँ पाहुना लाग्ने हो क्यारे ?”
“थाहा छैन । बाबुकहाँ जान लाग्दा बीच बाटैमा ऊ यहाँ रोकिएको हो ।”
“उसका बुबा कहाँ बस्छन् नि ?”
“हाम्रै गुबेर्नियामा ! यहाँबाट करिब अस्सी भेर्स्ता टाढा ! त्यहाँ उनको एक सानो मौजा छ । पहिले उनी पल्टनमा डाक्टर थिए ।”
“ऐ-हे-हे ! । _ त्यसै कारण त मैले यो कुलनाम कहाँकहाँ सुनेजस्तो लागेको रहेछ: बाजारोभ ? _ निकोलाइ, सम्झना छ के ? हाम्रा पिताज्यूको डिभिजनमा एक डाक्टर थियो । त्यसको कुलनाम बाजारोभ नै होइन र ?”
“शायद, हो !”
“ठीक हो, ठीक ! त्यही डाक्टर नै यसका बाबु रहेछन् । हुँ !” -पाभेल पेत्रोभिचले जुँगामा ताउ दिएं । -“अँ, स्वयं बाजारोभ महोदय, वास्तवमा के हो नि यो ? -उनले लेग्रो तान्दै प्रश्न गरे ।
“बाजारोभ के हो ?” -आर्कादी मुस्कुरायो । साँच्चै जान्न चाहनुहुन्छ त; ठूलाबा ! त्यो वास्तवमा के हो ?” –
“हो, कृपा गरेर बताऊ ल, भतिजा !”
“ऊ निहिलिष्ट हो – नकारवादी !”
“के रे ? -निकोलाइ पेत्रोमिचले प्याच्च सोधिहाले तर टुप्पामा एक टुक्रा नौनी लागेको चक्कु लिएको पाभेल पेत्रोभिचको हातचाहि हावामा नै टक्क अडियो ।
“उ निहिलिष्ट हो ।” -आर्कादीले फेरि दोहोर्यायो ।
“निहिलिष्ट !” -निकोलाइ पेत्रोभिचले स्पष्ट उच्चारण गरे । -“जहाँसम्म मलाई थाहा छ, यो शब्द ल्याटिन .भाषाको nihil धातुबाट बनेको हो जसको अर्थ हुन्छ – नकार | के त यस शब्दले यस्तो मान्छेलाई बुझाउँछ जो _ सब कुराको नकार गर्छ ?”
“यसो भनौं: जो कुनै कुराको पनि कदर गर्दैन ।” -पाभेल पेत्रोभिचले बीचैमा टिप्पणी गरे र फेरि नौनी दल्नपट्टि लागे ।
“जो हरेक वस्तुप्रति आलोचनात्मक दृष्टिकोण राख्छ ।” -आर्कादीले स्पष्ट पार्यो ।
“के यसको अर्थ पनि त्यही नै होइन र ?“ -पाभेल पेत्रोभिचले सोधे |
“अहँ, त्यही नै होइन । नकारवादी यस्तो मान्छे हो जो कसैको नतमस्तक हुँदैन, न त कुनै सिद्धान्तलाई नै आस्थाको रूपमा स्वीकार्दछ, चाहे त्यसप्रति जस्तोसुकै सम्मान किन नदर्शाइयोस् !”
“के त, यस्तो कुरा राम्रो हो ?“ -पाभेल पेत्रोभिचले बीचैमा कुरा काटे ।
“यो त परिस्थितिमा भर पर्दछ, ठूल्बा ! कसैको निम्ति यो राम्रो हुन सक्छ भने कसैको निम्ति चाहिं ज्यादै नराम्रो पनि ।”
“यस्तो पो ! जे होस्, मलाई लाग्छ, यो हाम्रो निम्ति उपयुक्त छैन | हामी पुरानो जमानाका मानिस हौं र हामी के मान्दछौं भने सिद्धान्तबेगर“ (पाभेल पेत्रोमिच यो शब्द फ्रान्सेली पाराले बडो कोमल उच्चारण गर्दथे भने आर्कादीचाहिं यसको विपरीत “सिद्धान्त शब्दको पहिलो स्वरमा विशेष जोड दिएर कठोर उच्चारण गर्दथ्यो), “तिम्रै शब्दमा पनि स्वीकृत सिद्धान्तहरूमा आस्थाबेगर एक डेग पनि चल्न सकिंदैन, न त एक सास नै तान्न सकिन्छ | Vous avez change tout cela, तिमीहरूले यो सब बदलिदियौ) भगवानले तिमीहरूलाई सुस्वास्थ्य र जर्नेलको दर्जा प्रदान गरून्, अनि हामीचाहिं तिमीहरूलाई हेरेर आनन्द मान्नेछौं, महानुभाव हो .. के रे ?”
“निहिलिष्ट !” -आर्कादीले स्पष्ट रूपमा उच्चारण गर्यो ।
“हो, ठीक ! हाम्रो जमानामा हेगेलिष्ट भन्थे भने अब निहिलिष्ट छन् | हेरौं, कसरी तिमीहरू शून्यमा, हावाविहीन रिक्ततामा जीवित रहनेछौ ! लौ, भाइ निकोलाइ पेत्रोभिच ! अब तिमी कृपया घन्टी बजाइहाल ! मैले काकाओ पिउने बेला भइसक्यो ।”
निकोलाइ पेत्रोमिचले घन्टी बजाउँदै हकारे: “दुन्याशा !” परन्तु दुन्याशाको सट्टा स्वयं फेनेच्का बरण्डामा आई – तरूनी नारी, उमेर करिब तेईस वर्ष, निक्खर गोरी र सुकोमल, काला केश र कालै आँखा, बालिकासुलभ फुलेका ओठ र मुलायम हात । उसले छिटको सुकिलो लुगा लगाइराखेकी थिई भने उसका माँसल कुम नीलो रंगको नयाँ पछ्यौराले हलुकासित ढाकिएका थिए । उसले हातमा काकाओको ठूलो प्याला लिइराखेकी थिई जसलाई पाभेल पेत्रोमिचको अगाडि राखेर उ लाजले भुतुक्क हुन पुगेकी थिई । उसको हिसीदार अनुहारको सुकोमल त्वचा तातो रगएको लहर उठेर रातै हुन गएको थियो । उसले आफ्ना आँखा तल्तिर झारी र औंलाका टुप्पा विस्तारै मेचमा टेकाएर टेबलनेरै उभिई ।
आफू त्यहाँ आइपुगेको हुँदा नै उसलाई लाज लागेको छ भन्ने भान पर्दथ्यो तर यसको साथसाथै त्यहाँ आउने उसलाई अधिकार छ भन्ने पनि ऊ मानौं अनुभव गर्दैथिई ।
पाभेल पेत्रोभिचले कठोर हुँदै आफ्ना आँखीभौं खुम्च्याएर भने निकोलाइ पेत्रोभिचले व्यग्रता अनुभव गरे ।
“नमस्ते, फेनेच्का !” -उनी गुनगुनाए ।
“प्रणाम, हजूर !” -फेनेच्काले सुस्तरी तर स्पष्ट स्वरमा भनी र मैत्रीमावले मुस्कुराइरहेको आर्कादीतर्फ कर्के नजर दिई र तत्कालै चुपचाप त्यहाँबाट हिँडी । ऊ केही लडखडाएर हिंडिरहेकी थिई तर यसले पनि उसको सौन्दर्य बढाइ नै रहेको थियो ।
बरण्डामा केही बेरसम्म निस्तब्धता छाएको थियो । पामेल पेत्रोभिच काकाओको चुस्की लगाउँदै थिए तर एकाएक शिर उठाएर उनले सुस्तसुस्त भने :
“लौ, निहिलिष्ट महोदय पनि आइपुगे ।”
नभन्दै फूलका क्यारीहरूलाई नाघ्दै बाजारोभ बगैँचामा हिंडिरहेको थियो । उसको बाक्लो ओभरकोट र पतलूनमा हिलो लागेको थियो। उसको पुरानो टोपको माथिल्लो बाटुलो हिस्सावरिपरि एउटा सिमझारको लहरो बेरिएको थियो । दायाँ हातमा उसले एउटा सानो थैलो लिएको थियो जसमा कुनै सजीव वस्तु चलमलाउँदै थियो । झटपट बरण्डानेर पुगेर अलि टाउको निहुराउँदै. उसले भन्योः
“नमस्कार, महानुभाव हो ! चियापानको निम्ति बेलैमा पुग्न नसकिएकोमा क्षमा रहोस् ! तत्कालै आइहाल्नेछु । पहिले यी बन्दीहरूलाई ठेगानामा पुर्याइहालूँ !”
“के हो नि त्यहाँ, जुगा कि ?“ -पाभेल पेत्रोभिचले प्रश्न गरे ।
“हैन, भ्यागुता !”
“तपाईं तिनलाई खानुहुन्छ कि पाल्नुहुन्छ ?”
“प्रयोग गर्छु !” -बेवास्ताको स्वरमा जवार्फ दिँदै बाजारोभ घरभित्र पस्यो ।
“उसले तिनको चिरफार गर्ला ।” -पाभेल पेत्रोमिचले टिप्पणी गरे | –
“सिद्धान्तहरूमा विश्वास गर्दैन, तर भ्यागुताहरूमा चाहिँ विश्वास गर्छ ।”
आर्कादीले चित्त दुखाउँदै ठूल्बातर्फ दृष्टि दियो भने निकोलाइ पेत्रोभिचले लुकीछिपीकन “कुम झट्कारे । स्वयं पाभेल पेत्रोभिचले आफ्नो ठट्टा ठीक ठाउँमा नपरेको अनुभव गरे. र कुराको मेसो बदल्दै खेतीपातीको बारेमा र नयाँ पटवारीको बमो, चर्जा चार चलाए । पटवारीले हालै मात्र _उनीकहाँ आएर कामदार फोमा “निहुँ खोज्दैछ” र काबूबाट बाहिर भइसक्यो भन्ने गुनासो पाको थियो । “ऊ एकदमै झंगडालू छ ।” -कुराकै सिलसिलामा उनले भने | “उसले जता । बखेडिया भन्ने नाउँ कमाएको छ र त्यस बेकूफको अन्त्य पनि नराम्रै हुनेछ ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।