“यस अनिष्टको मूल कारण के हो ? जीवनमा उचित के हो र अनुचित के हो ? यो त मैले ठूलो यातना भोगेपछि मात्रै र यातनाकै माध्यमद्वारा नै थाहा पाएँ । अनि मात्र मैले वर्तमान स्थितिको भयङ्ककर रुप देखेँ ।

तपाईं अनुमति दिनुहुन्छ भने अब म त्यो घटनाक्रम कहिले र कसरी शुरु भएको थियो र त्यस निर्णायक घडी सम्म पुग्यो भन्ने बारेमा पनि सुनाउँछु । त्यसको आरम्भ त त्यतिखेर भयो जब म सोह्र वर्षको अल्लारे केटो नै थिएँ । त्यसबेला म जिम्नेजियममा पढ्नेगर्थेँ । मेरो जेठा दाजु चाहिँ विश्वविद्यालयको पहिलो वर्षमा पढ्दैथिए । त्यतिञ्जेलसम्म मैले यौन-सम्बन्धको कुनै अनुभव पाइसकेको थिइनँ । परन्तु हाम्रो वर्गका सबैजसो अभागी ठिटाहरू जस्तै म पनि सूधो केटो थिइनँ । दुई वर्ष यतादेखि म उपर अन्य ठिटाहरूको कुप्रभाव पर्दैथियो । त्यतिखेर नै म आइमाईहरूतर्फ आकर्षित हुन थालिसकेको थिएँ – कुनै निश्चित आइमाईतर्फ होइन, बरु सामान्यतया आइमाईहरूतर्फ । आइमाईको विचार गर्दा मलाई एक तमासको मजा लागेर आउँथ्यो र उसको नग्न रुपले मलाई आकर्षित गर्नेगर्थ्यो । एकान्तमा बसिरहँदा पनि मेरो विचार स्वच्छ हुँदैनथ्यो । म पनि त्यस्तै यन्त्रणा सहँदैथिएँ । म डराउँथेँ, दुखित हुन्थेँ, ईश्वरको सामु प्रार्थना गर्थे र आखिरमा विवश भैहाल्थें । कल्पना र यथार्थ दुवै रुपले म पापकर्म गर्दैथिएँ । तर पनि मैले आखिरी कदम चाहिँ अझै उठाएको थिइनँ । आफूलाई आफै नै म बर्बाद गर्दैथिएँ, तर अझै मैले कुनै दोस्रो व्यक्तिलाई भने छोएको थिइनँ । त्यसैताका एक दिन साँझपख मेरा दाजुको एक जना साथी टुप्लुक्क आइपुग्यो । त्यो पनि विद्यार्थी नै थियो र बढो मनमौजी स्वभावको पनि थियो । त्यो उनै “भलादमीहरू” मध्येको एक जना थियो जो अरुहरूलाई जुवा खेल्न र रक्सी खान सिकाउँछन्‌ र पहिला वर्ताका गुणडा मदिरापान चल्यो । त्यसपछि मेरा दाजुको त्यसै साथीले ‘त्यहाँ’ जाने प्रस्ताव पनि राख्यो । हामी गयौं पनि । त्यसभन्दा अघि मेरा दाजुले पनि यौन-सम्भोगको अनुभव कहिल्यै पाएका थिएनन्‌ । त्यसै राति पहिलो पल्ट उनको पनि पतन भएको थियो । मेरो उमेर त्यतिखेर सोह्र वर्षको मात्र थियो । मैले आफूलाई भ्रष्ट गरेँ र अरुको हाहामा लागेर एउटी आइमाईको सतीत्व पनि भङ्ग गरिदिएँ, तर म के गर्दैछु भन्ने समेत मलाई बिल्कुलै चिन्ता थिएन । मजे गर्दैछु सो राम्रो होइन भन्ने कुराको चेतावनी मैले आफ्ना आमाबाबुबाट कहिल्यै पनि पाएको थिइनँ । आज पनि त ठिटाहरूले आमाबाबुहरूबाट कुनै शिक्षा पाउने गरेका छैनन्‌ । हो, हाम्रा दश-शीलसम्बन्धी धर्म-प्रवचनहरूमा भने यो काम राम्रो होइन भन्ने अवश्य नै लेखिएको छ, तर हामी त बाइबलको परीक्षा हुँदा उत्तीर्ण हुने नियत राखेर मात्रै न ती धर्म-प्रवचनहरू पढिटोपल्छौं । आश्रित वाक्यांशमा गत को प्रयोग कसरी गर्नुपर्छ भन्ने खालका व्याकरणका नियमहरूको जति महत्व हुन्छ त्यति पनि त धर्मप्रवचनहरूबारे हाम्रो ज्ञानको महत्व हुँदैन ।

घरमा जे-जति उमेरदार मान्छेहरू थिए र जसको सल्लाह-परामर्शको म कदर पनि गर्थें उनीहरूमध्ये कुनै एक जनाले पनि म गलत बाटोमा हिंड्दैछु भनेर बताइदिएको थिएन । यसको विपरीत मैले त सबका सब ठूलाबडाहरूबाट जे म गर्दैछु सो ठीकै गर्दैछु भन्ने मात्र पो सुन्नेगरेको थिएँ । एकपल्ट इन्द्रियमोग गरिसकेपछि मेरो मनको व्याकुलता र मानसिक द्वन्द्व सबका सब बिलाएर गैहाल्नेछ भन्ने उनीहरूको राय थियो र मैले यस्तै पढेको पनि थिएँ । यो त स्वास्थ्यको निम्ति समेत लाभदायक हुन्छ भनेर मान्छेहरूले भनेको पनि मैले सुनिराखेको थिएँ । पुरुषार्थ भनेको नै यही हो र यसैमा त अपार सुख निहित छ भन्ने मेरा साथीभाइहरूको कथन थियो । यसले गर्दा यसमा मैले कुनै नराम्रो कुरा देख्दा पनि देखिनँ । रोग सर्ला भन्ने डर ? त्यसको पनि पहिलेबाटै प्रबन्ध गरिएको थियो । दयालु सरकारले नै यसको पूरापूर व्यवस्था मिलाइराखेकै त छ । जिम्नेजियमका ठिटाहरूले निस्फिक्रीसँग यौनेच्छापूर्ति गर्न सकून्‌ भन्ने उद्देश्यले रण्डीकोठीहरूको पूरा निरीक्षण राखिन्थ्यो । यसै कामको लागि डाक्टरहरूले तनखा समेत पाउँथे । यो स्वाभाविकै पनि थियो । स्त्रीलम्पटतालाई स्वास्थ्यको लागि हितकर उनीहरू मान्दछन्‌ र सुनियोजित र उपयुक्त तरीकाले विषयभोग गर्न सकियोस्‌ भनेर यस्तो व्यवस्था पनि गर्दछन्‌ । यस्ता आमाहरूलाई पनि मैले देखेको छु जो आफ्ना छोराहरूको लागि यी सबै कुराहरूको चाँजोपाँजो आफै मिलाइदिन्छन्‌ । विज्ञानले स्वयं नै ठिटाहरूलाई वेश्यालयहरूमा पठाउनेगरेको छ ।”

“विज्ञान ?” – मैले प्रेश्न गरेँ ।

“के डाक्टरहरू वैज्ञानिक होइन र ? उनीहरू नै त विज्ञानका पुरोहित हुन्‌ । यसबाट स्वास्थ्य राम्रो हुन्छ भनेर हाम्रा तन्नेरीहरूलाई भ्रष्ट तुल्याउने को हो त ? उनीहरूनै त यसो भन्दछन्‌ । त्यसपछि फेरि उनीहरू नै गम्भीर मुद्रा धारण गरेर भिरिङ्गीको उपचार पनि गर्न आइपुग्छन्‌ ।”

“किन उनीहरूले भिरिङ्गीको उपचार नगर्ने नि?”

“किनभने जे जति परिश्रम भिरिङ्गीको चिकित्सामा लगाइन्छ त्यसको सय खण्डको एक खण्डमात्रै पनि दुर्व्यसन निवारणमा खर्च गरिंदो हो त भिरिङ्गीको रोग उहिले नै निर्मुल भैसक्नेथियो । परन्तु दुर्व्यसनलाई हटाउनुको सट्टा त्यसलाई बढाउने पो त यहाँ प्रयास भइरहेको छ र त्यसको वचाबट गर्ने कोशिश गरिदैछ । परन्तु खास कुरा यो होइन । खास करा के हो भने कुनै विशेष आइमाईको आकर्षण मेरो निम्ति दुर्दमनीय भैदिनु नै मेरो कुकर्मको कारण हुँदैन । अहँ कुनै आइमाईले मलाई पथ-भ्रष्ट गरेकी होइन । मेरो स्थिति पनि त्यस्तै नै थियो जस्तो मेरो वर्गको इसमध्ये नौ जना तस्नेरीहरूको हुन्छ (यहि यसभन्दा, बढ्ता हुँदैन भन्ने मान्ने हो भने) । फेरि मेरो वर्गको मात्र कुरा होइन, बरु सबै वर्गका मानिसहरूको लागि यो लागू हुन्छ जसमध्ये किसानहरू पनि पर्दछन्‌ । मेरो पतनको उत्तरदायित्व पूरै मेरो समाजमाथि छ । मेरो अगलबगलका मानिसहरूले मेरो दुष्कर्मलाई स्वास्थ्यलाभको साधन मान्नेगरेको हुँदा नै मेरो अधोपतन हुन गएको थियो । कोही यस्ता मान्छे पनि थिए, जो यसलाई एक तरुणको स्वाभाविक मनोरञ्जन ठान्थे र यसलाई केवल क्षम्य मात्रै होइन, बरु दोषरहित समेत ठहर्याउँथे । स्वयं म पनि यसलाई पाप भन्ठान्दिनथें । मैले विषयभोगमा लाग्नुको कारणमध्ये एउटा चाहिँ त्यस भोकलाई शान्त गर्नु नै थियो जुन एक विशेष अवस्थामा अवश्य नै जाग्नेगर्छ (कम्तीमा पनि मलाई त यस्तै कुरा बताइएको थियो ।) । मैले त्यसरी नै विषयभोग शुरु गरें जसरी चुरोट वा रक्सी खाने लत शुरु गरिन्छ । तैपनि मेरो त्यस प्रथम पतनमा कुनै यस्तो कुरा अवश्य नै थियो जुन हृदयविदारक हुनुको साथसाथै स्वयं आफैमा अनौठो पनि थियो । मलाई सम्झना छ, त्यतिखेर कोठाबाट बाहिर निस्कन पाउँदा नपाउँदै मेरो मन ज्यादै नै खिन्न हुन पुगेको थियो । मलाई मारसित डाँको छोडेर रुने मन लागेको थियो, किनभने मैले आफ्नो सदाचार गुमाइसकेको थिएँ । आइमाईहरूप्रति मेरो सहजस्नेहको सम्बन्ध पनि सदाको लागि समाप्त भैसकेको थियो । मेरो लागि आइमाईहरूप्रति स्वाभाविक र सरल सम्बन्ध लोप भएर.. गैसकेको थियो र बाँकी रहन पनि सक्तैनथ्यो । त्यस बखत म एक स्त्रीलम्पट र व्यभिचारी बन्न पुगिसकेको थिएँ । एक व्यभिचारीलाई पनि त्यस्तै प्रकारको लत लागेको हुन्छ जस्तो लत रक्सीबाज, चुरोटबाज र अफीमचीलाई लागेको हुन्छ । जसरी एक रक्सीबाज वा अफीमची सामान्य व्यक्ति रहँदैन त्यसरी नै इन्द्रियसुखभोगको लागि आइमाईहरूसित पल्किसकेको मान्छे पनि सामान्य रहन जाँदैन । त्यो सदासर्बदाको लागि नै पतित र व्यभिचारी बनिहाल्छ । जसरी कुनै रक्सीबाज या अफीमचीलाई उसको रुपरङ्ग र हावभावबाट नै चिन्न सकिन्छ त्यसैगरी एक स्त्रीलम्पटलाई ठम्याउन पनि गाह्रो पर्दैन । कुनै व्यभिचारीले आफ्नो कुलतबाट आफूलाई मुक्त तुल्याउन त्यसलाई दबाउन सक्छ, त्यसको विरुद्ध संघर्ष पनि गर्न सक्छ, परन्तु आइमाईहरूसँग पहिले उसको जुन सम्बन्ध थियो त्यो पवित्र, उज्ज्वल, सरल र भातृभावपूर्ण सम्बन्ध अब उसले फेरि कहिल्यै पनि प्राप्त गर्न सक्दैन । एक व्यभिचारीले जुन किसिमबाट कुनै एक युवतीतर्फ नजर लगाउँछ त्यसैबाट नै तुरुन्तै उसको स्त्रीलम्पटताको परिचय पाउन सकिन्छ । यसरी म एक व्यभिचारी बन्न पुगेको थिएँ र आजसम्म पनि व्यभिचारी नै रहेको छु । यसै कारणले गर्दा मेरो जीवन नै नष्टभ्रष्ठ हुन पुगेको छ ।”