घोडाको बछेडो

दिउँसोको उज्यालोमा ठूल्ठूला हरिया झिंगाहरू भन्किरहेको लिदीको डंगुरनजीकै मुण्टो अगाडि तन्काएर अघिल्तिरका खुट्टाहरू बाहिर फैलाएर घोडाको बछेडो आमा चाहिंको कोखबाट यस संसारमा प्रकट भयो । यस जगतमा उसको पहिलो अनुभव नै भयवह थियो । टाउकोमाथि नै मुलायम र पग्लँदै गइरहेको बादलको टुक्रानेर एउटा छर्रादार गोला पड्कियो र भयंकर गडगडाहटको लहरले सालनाल सहितको भिजेको नवजात बछेडोलाई उसको आमाको खुट्टैनेर हुत्त्याइदियो। छर्राका दानाहरू तबेलाको टायलको छानामा पटपट बज्रिरहेका थिए । त्यहाँबाट उछिट्टिएका केही छर्राहरू भुइँमा पनि परे र बछेडोकी आमा – त्रोफिमको खैरी घोडी बुर्लुक्क उफ्रिई, तर खुट्टा चिप्लेर लड्न पुगी। एक पल्ट उ जोडले ही-हीं-हीँ गरेर कराई, अनि पसीना निस्केको आफ्नो पीठ लिदीको डंगुरमा बिसाउँदै लम्पसार परी ।

त्यसपछि जुन नियास्रोलाग्दो सन्नाटा छायो त्यसमा झिँगाहरूको भुनभुन झन्‌ स्पष्ट सुनियो । कुखुराको भाले, जुन बमगोला फुटेको आवाजले गर्दा उतर्सिएर कठबारमा उक्लनेसम्म साहस गर्ने सकिरहेको थिएन, सिरू झारको पातमुनि नै घुस्नेर बसिरह्यो । तैपनि एक-दुई पटक उसले पखेटा फ्याटफ्याट गर्यो र उन्मुक्त, किन्तु केही दबेको स्वरमा “कुखुरी काँ” गर्दै कुर्लियो। घरभित्रबाट एक जना घाइते तोपचीको त्रन्द्न सुनिँदै थियो। कहिलेकाहीँ उ तिक्खर स्वरले च्याँठिन्थ्यो र असह्य पीडाले कराउँदै अश्लील गाली बक्न थाल्दथ्यो। घर अगिल्तिरको सानो फूलबारीमा अफीमका रेशमी राता फूलमाथि माहुरीहरू गुंजिरहेका थिए। गाउँपारि चहुरमा एउटा मेशीनगनबाट गोलीको पर्रा छुटिरहेको सुनिन्थ्यो। एकनाससंग मेशीनगनको पटपटपट आवाज गराइरहेको भए पनि तोपको पहिलो गोला फुटेर दोस्रो गोला फुट्न नपाउँदैको बीचको समयमा खेरी घोडी माया गरेर आफ्नो पहिलो बच्चालाई चाट्ने, गर्थी। बछेडो चाहिं आफ्नी आमाको दूध भरिएको पुष्ट थून भेट्टाएर चुस्दै पहिलो पल्ट जीवनको अपार सुख अनुभव गर्दै थियो र मातृ स्नेहको असीमित स्वाद लिइरहेको थियो ।

खलिहानमा कतै जब दोस्रो बमगोला विस्फोट भयो, तोफिम घरबाट बाहिर निस्कियो र आफ्नो पछिल्तिर दैलो थुनेर तबेलातर्फ लम्कियो । एकातिर पन्छिएर लिदीको डंगुर पार गर्दै उसले घाम छेक्न हत्केलाले आँखा ढाक्यो। त्यसपछि उसको नजर घोडाको बछेडामाथि पच्यो जो खुब तन्मयका साथ कोशिश गर्दै उसको अर्थात्‌ त्रोफिमकी खरी घोडीको थन चुस्दै थियो। अकमक्क परेर लोफिमले आफ्नो गोजी खोतलखातल गर्यो, त्यहाँबाट उसले सिगरेटकेश झिक्यो र कामिरहेका औंलाहरूले कागजमा सूर्ती बेह्लेर थुकले त्यसलाई टाँस्यो । प्रति मात्र उसको बक फुट्यो –

“एहे ! ब्याइछेस्‌ , हैन? समय त तैँले राम्रै रोजिछेस्‌ ! के भन्नु र खै !”

उसको भनाइबाट दिक्दारीको भाव झल्किरहेको थियो ।

घोडी ज्यादै नै दुब्ली र कमजोर देखिन्थी । पसीनाले भिजेको उसको आङमा सुकेका झारपात र लिदी टाँसिएका थिए। तर उसका आँखा निकै थतिक भए पनि आनन्द॒ र गर्वले चम्किरहेका थिए, र उसका गुलाफी माथिल्ला ओठमा पनि मुस्कानको झलक देखिन्थ्यो । कमसेकम : त्रोफिमलाई त यस्तै लाग्यो । उसले घोडीलाई तबेलामा लिएर गयो र जब उ टाउको हल्लाउँदै र नाक बजाउँदै चारादाना चबाउन लागी, त्रोफिम दैलोको चौकोसमा आड लागेर बछेडोतर्फ कर्के नजर दिएर हेर्न थाल्यो ।

“पुच्छर नचाउँदै हिंडेको स्वाद पाइस्‌, हैन त ? “-उसले रूखो स्वरमा सोध्यो ।

घोडी चूप लागेर बसिरही । जवाफ नपर्खीकनै उसले फेरि थप्यो-

“इग्नातोभको साँढेसंग लागेर बच्चा जन्माएकी भए त ठीकै थियो। तर के थाहा र ! को हो यसको बाबु ? .. यस बछेडोको झमेलामा पर्नु पर्ने भयो हैन के अब मैले ? ”

तबेलाको सुनसान आँध्यारोमा दाना चबाइएको मरमर आवाज आइरहेको थियो। ढोकाको चिराबाट छिरेर सूर्यको किरण सोझै भित्र घुसिरहेको थियो । त्यसको बिम्ब त्रिफिमको देब्रे गालामा परिरहेको थियो । यसले गर्दा उसको खैरो जुँगा र ठूटे दाह्रिका रौंहरू राता राता देखिन्थे । मुखको अगलबगलका डोबहरू चाहिँ काला थिए। घोडाको सानो बछेडो आफ्ना लामा तर मसिना गोडाहरू टेकेर उभिइरहेको थियो र काठको खेलौना घोडा जस्तै प्रतीत हुन्थ्यो ।

‘मारिदिनु पर्ला ? ‘- त्रोफिमले तमाखुको गन्ध आउने आफ्नो चोर औंला बछेडोहर्फ बंग्याउँदै विचार गर्यो ।

घोडीले राता राता आँखाका गेडी चलाई, आँखा चिमचिम गरी र आफ्नो मालिकमाथि व्यंगपूर्ण कटाक्ष दिई।