week 31

एउटा दुब्ली, टिठलाग्दी बूढी आइमाई आएर हात तेर्स्याउँदै भनी, “भाइ तीन रूपियाँ दिनुस्‌ न ?”

“आमै म धनी मान्छे होइन | ऊ त्यो पारिपट्टि गएर माग्नुस्‌ न ।”

“भाइ, कृपया दया गर्नुस्‌ न ।”

“खान त दिनुस्‌ । एकैछिन नबोल्नुस्‌ न ।”

त्यो आइमाई बाटो लागी । एउटा चक्कुमा धार लगाउने मान्छे आएर आफ्नो खत्र्याकखुत्रुक मेरो छेउमा राख्यो । हातमा दुईवटा चक्कु लिएर सिटमा बसेर पाइडल मारेर घुमाउने साना ढुङ्गा घुमाउँदै सान लगाउन थाल्यो । मेरो एक दुई इन्ची पर छ्याँ गर्दै झिल्का निस्किन थाल्यो |

“ए भाइ तपाईंलाई यहीँ आएर काम गर्नुपर्ने ? देख्नुहुन्न यहाँ एउटा मान्छे खान कोसिस गर्दैछ ?”

ऊ यसो रोकियो, मलाई पुलुक्क हेर्यो र नसुनेझैँ गरी फेरि छ्याँ ss गरेर धार लगाउन थाल्यो ।

उसको खुट्टामा आलुबडा फाल्दै झाँक्किएर भने, “कस्ता मूर्ख मान्छे हुन्छन्‌ भने, के भन्नु ?”

त्यो मगन्ते बूढी पनि मसँगै बाटोपारि अर्को पी.भी.आरतिर लागी । साडी मास्तिर तान्दै लामो सास फेरेर फेरि आफ्नो काम थाली, “दिदी तीन रूपियाँ दिनुस्‌ न | मैले बिहानदेखि केही पनि खाएको छैन ।”

बिहे गर्दा यज्ञमा आगो बाल्न बनाएको मण्डलाजस्तै एउटा बजारको बीचमा भित्रपट्टि खाली राखेर चारैतिर मिलाएर राखेको किताबको ठूलो चाङ थियो । एउटा सानो मान्छे पत्रिकाको थुप्रोमाथि अषिमुनिजस्तै पलेटी कसेर बिचमा किताब कुरेर बसेको थियो | मलाई किताबले चुम्बकले तानेजस्तै तान्यो । उसले मलाई देख्नेबित्तिकै भन्यो, “सबै किताब अङ्ग्रेजी हुन्‌ ।”

“ए त्यसो पो हो ?”

“अङ्ग्रेजी बुझ्नुहुन्छ ?” प्वाक्क सोध्यो ।

“तपाईं बुझ्नुहुन्छ ?” उल्टै उसैलाई सोधेँ ।

मेरो जवाफले बल्ल छ लाइनमा आयो | नत्र त ऊ मसँग यौटा नोकर अर्को नोकरसँग बोलेजस्तै पारामा बोल्दै थियो | बल्ल अब उ मान्छेसँग बोल्ने पारामा बोल्न थाल्यो । ऊ चुप लाग्यो र मलाई माथिदेखि तलसम्म नियालेर हेर्यो ।

मेरो ओठे जवाफलाई प्रशंसा गरेजस्तो गरी मुसुक्क हाँस्दै भन्यो, “बुझ्दिनँ ।”

“यदि अङ्ग्रेजी बुझ्नहुन्न भने किताब कसरी बेच्नुहुन्छ त ?”

“कुन किताब केको बारेमा हो भन्ने म खोल देखेर नै चिन्छु ।” उसले जवाफ दियो । मलाई एउटा किताब देखाउँदै भन्यौ, “मलाई थाहा छ यो ह्यारी पोटरको हो । अर्को उठाएर भन्यो, “यो जेम्स हेडली चेइज हो । यो खलिल जिब्रान, यो एडोल्फ हिटलर, यो डेस्मोन्ड बाग्लीको “जोय अफ सेक्स” हो | एकपटक प्रकशकले, हिटलरको कभरको रङ्ग फेरेर अर्को रङ्मा छापेछ । अनि त्यो त ह्यारी पोटर जस्तो देखिने | एक हप्तासम्म त यति गाह्रो

“परेन मलाई ।”

“मलाई किताबको छेउमा उभिन मन लाग्छ क्या । म केटाकेटी नै छँदा मसँग यौटा किताब थियो ।”

“ठिकै छ । मन लागे उभिनुस्‌, ठिकै छ ।”

अनि म त्यो विशाल किताबको चाँङको छेउमा उभिएँ | महामहिम, अङ्ग्रेजीमा लेखिएको किताबको छेउमै उभिँदा त शरीरमा विद्युत सञ्चार भएजस्तो झननन्‌ हुन्छ । एउटा साँघुरो जिन्स लगाएकी तरूनी केटीछेउ उभिँदा जसरी आङ सिरिङ्ग हुन्छ, किताब छेउ उभिँदा पनि त्यस्तै हुन्छ ।

मात्र फरक के छ भने किताबछेउ उभिँदा दिमागले गाउन थाल्छ । ओछ्यानमुनि खैरो खाममा सत्चालीस सय छँदै छ ।

यति धेरै पैसा त पत्यारै लाग्दैन, होइन त ? यसमा पनि एउटा रहस्य लुकेको थियो । त्यो के हो अब हेरौं । हुनसक्छ, उनले मलाई पाँच हजार नै दिन खोजेकी थिइन्‌ तर सबै धनीहरूलाई जस्तै उनलाई पनि लोभ लाग्यो । तपाईंलाई याद छ जाबो एक रूपियाँ न्याउरीले कसरी मलाई चारखुट्टा टेकेर कारभित्र छाम्न लगायो ? अनि उनले त्यसबाट तीन सय रूपियाँ घटाइन्‌ ।

“मूर्ख धनीले त्यस्तो सोच्दैनन्‌ । आजसम्म तैँले के सिकिस्‌ ? के थाहा पाइस्‌ त ?”- म मनमनै बोलेँ ।

पहिला उनले पक्कै पनि दस हजार निकालेको हुनुपर्छ । आधा घटाएर आफैँले राखिन्‌ होला । अनि फेरि तीनपटक सय सय निकालेर राखिन्‌ होला । धनीहरू यति कन्जुस हुन्छन्‌ कि भनी साध्ये छैन | मैले मनमनै सोचेँ :

“यसको मतलब तँलाई दिनुपर्ने दस हजार हो । उनले ठानिन्‌ तँलाई दिनुपर्ने दस हजार हो | के यसको मतलब तैँले खास पाउनुपर्ने त्यसको दसगुणा बढी हो त ?”

“होइन, सय गुणा बढी हो ।”

मण्डलाको बीचमा बसेर पत्रिका पढिरहेको त्यो सानो मान्छे पत्रिका तल राखेर मतिर फर्केर पड्क्यो, “के भनेको ? फेरि भन्नुस्‌ त”

“केही होइन ।”

फेरि चिच्च्यायो, “ए तपाईं के काम गर्नुहुन्छ ?”

स्टेरिङ घुमाएजस्तै हात १८० डिग्री घुमाएर देखाएँ ।

“ए त्यसो भए मैलें चिन्नुपर्ने हो । ड्राइभरहरू बडो चलाख हुन्छन्‌ । उनीहरूले नयाँनयाँ कुरा सुन्न पाउँछन्‌ हैन त ?”

“अरूले सुन्न पाउँदा हुन्‌ । म त कारभित्र बहिरो (कान थुनेर बस्छु ) हुन्छु ।”

“एकदम ठीक हो | तपाईंलाई अङ्ग्रेजी पक्कै आउँछ होला । मालिकहरू बोलेको सुनेर अलिअलि त सिक्नुभएको छ होला ?”

“मैले भनिसके नि म केही सुन्दिनँ । अनि कसरी सिक्नु ?”

“यो पत्रिकाको ‘प्राइभेसी’ शब्दको अर्थ के हो ?”

मैले भनिदिएँ । ऊ बडो कृतज्ञ हुँदै हाँस्यो र भन्यो, “हामीले अङग्रेजीको बाह्रखरी सुरू मात्रै गरको थियौं । मेरो परिवारले मलाई स्कुल छुटाइदिए ।”

“यो पनि म जस्तै काँचो रोटी रहेछ ।” मनमनै भनेँ ।

उसले अगाडिपट्टि अमेरिकन महिलाको फोटो भएको पत्रिका, जुन धनी युवाहरूले मात्र किन्छन्‌, उठाएर देखाउँदै भन्यो, “ए ? यो पढ्ने हो ? यो बडो राम्रो छ ।”

मैले सरसर्ती पाना पल्टाएँ र हेरेँ । उसले भनेको ठीकै रहेछ । पत्रिका पढ्न लायक थियो ।

“यो कतिमा बिक्री हुन्छ ?”

“साठी रूपैयाँ पर्छ ।” पत्याउनुहुन्छ ? अरूले पढिसकेको पुरानो पत्रिकालाई साठी रूपियाँ | खानबजारमा एउटा मानिसले बेलायती पत्रिका बेच्छ जसको मूल्य पाँच सय असी रूपियाँ पर्छ । बाफ रे ! के तपाईं पत्याउनुहुन्छ ?”

मैले आकाशतिर फर्केर सुसेलेँ ! आफैँसँग बोलेजस्तै ठूलै स्वरमा भनेँ, “छक्कै पर्नु | तिनीहरूसँग पैसा कति धेरै होला ? तर पनि हामीलाई जनावरजस्तै व्यवहार गर्छन्‌ | के गर्नु?

मैले भनेको कुराले ऊ झस्केजस्तो देखिन्थ्यो । घरि पत्रिका पढ्ने, घरी मलाई हेर्ने गर्यो । मण्डलाको छेउमा आएर पत्रिकाले मुख आधा छोपेर साउती गर्यो ।

हात राखेर कान थापेँ र भनेँ, “फेरि भन त के रे ? मैले अलि सुनिनँ ।”

यताउता पल्याकपुलुक हेर्दै अलि चर्को स्वरमा भन्यो, यो अवस्था धेरै बेर टिक्दैन |”

मण्डला नजिक गएँ र सोधेँ, “कसरी ?”

किताबको चाङमाथिबाट साउती गर्यो, “नक्सलवादीको नाम सुन्नुभा छ ? उनीहरूसँग बन्दुक छ | आफ्नै सेना छ | उनीहरू धेरै बलिया भैसकेका छन्‌ ।”

“हो र ?”

“पत्रिका पढ्नुस्‌ न । हेर्नुस्‌ त यहाँ लेखिएको छ कि चाइना भारतमा गृहयुद्ध चाहान्छ रे । चिनियाँ बम बर्माको बाटो बङ्लादेश हुँदै कलकत्ता आउँदै छ । ती बम अब दक्षिण आन्ध्रप्रदेशमा अन्धकारमा पुग्छन्‌ । समय पुगेपछि सारा भारतनै—”

हत्केलो खोलेर उसले ‘बम’ पड्केको इसारा गर्यो ।

हामी एकैछिन बोलेर बस्यौँ । जसरी मालिकले चिच्च्याएपछि नोकरहरूबीचको सम्बन्ध टुट्छ त्यसैगरी हाम्रो पनि टुट्यो । धनीहरूका बच्चाको एउटा हुल मण्डला अगाडि उभिएर अश्लील अमेरिकन पत्रिका हेर्नलाई पसलेसँग ढिपी गर्दै थिए | अशोक त्यही नेपाली केटीसँग ठ्वास्स गन्हाउँदै खुट्टा लर्बराउदै बारबाट बाहिरिए |

फर्किदा उनीहरू चर्कोचरको स्वरमा बोलिरहे । अनि फेरि जिस्किने र म्वाइँ खाने क्रम सुरू भो । एउटा कानुनी रूपमा छोडपत्र भइ नसकेको मान्छेको त्यस्तो छाडा व्यवहार देखेर मेरो सातो गयो । झोक चलेर मैले पनि चार वटा रातो बत्तीको वास्तै नगरी कार सुइँक्याएँ । एउटा मट्टितेलको ड्रम बोकेर गइरहेको गोरू गाडासँग झन्डै ठोकिएन, तर उनीहरूले त्यो पत्तो नै पाएनन्‌ ।

केटीको हात समातेर कार बाहिर निस्कँदै भने, “बलराम शुभ रात्री ।”

“शुभरात्री बलराम” ऊ पनि चिच्च्याई ।

अपार्टमेन्टमा पुगेर पालैपालो लिफ्ट बोलाउने बटन थिच्न थाले |

कोठामा पुगेपछि मैले ओछ्यानमुनि छामेँ । उनले मलाई दिएको महाराजाको पोसाक, फेटा र कालो चस्मा त्यहीँ नै रहेछ ।

महाराजाको पहिरनमा कालो चस्मा लगाएर कारमा अपार्टमेन्ट ब्लकबाट बाहिर निस्केँ । कता जाने थाहा थिएन, त्यसैले मल वरिपरि कार घुमाई रहेँ । बाटोमा राम्रो केटीहरू देखेँ भने ‘टीँ’ पार्थे ।

गीत बजाएँ र ए.सी. पनि फुल फेजमा चलाएँ ।

अपार्टमेन्ट फर्के, कार ग्यारेजमा राखेँ, चस्मा खल्तीमा राखेँ र महाराजाको पोसाक खोलें ।

होन्डा सिटीका सिटहरू थुक्दै पुछ्दै गरेर सफा गरेँ ।