उनीहरुको वार्तालापको न्यानोपनाले आमाको भय हटाइदियो । उनलार्य ठीक त्यस्तो आभास भयो, जस्तो धेरै दिनअगाडि भएको थियो, जब उनका पिताले कडाइसाथ भनेको थियो –

“मुख बङ्ग्याउने कुनै आवश्यकता छैन ! यदि कुनै त्यस्तो बेवकुफ फँसिहालेछ भने जो तँसँग बिहे गर्न चाहन्ँछ, मौका जान नदे । सबै केटीहरुको बिहे हुन्छ, सबै आइमाईहरुले बच्चा जन्माउँछन्, सबै आमाबाबुहरुले आफ्नो सन्तानबाट दुःखै मात्र पाउँछन् ! तँ अरुभन्द्या के फरक छस् र ?”

त्यसपछि उनले आफ्ना अगाडि अन्धकारपूर्ण, निर्जन बिस्तारमा फैलिएको घुमाउरो बाटो देखिन्, जसमा निराशाबाहेक अरु केही थिएन । यसै बाटामा अगाडि बढ्नेबाहेक अर्को सहारा छैन भन्ने भावनाले गर्दा उनले आफ्नो हृदयमा अन्धो शान्ति अनुभव गरिन् । अहिले पनि उनको हृदयको अवस्था त्यही थियो । तर जब भावी विपद्को आभास हुन्थ्यो, उनी छट्पटाउँदै कुनै अज्ञात व्यक्तिलाई भन्थिन् –

“ल ले, अरु ले !”

यसले उनको व्यथित हृदयलाई शान्ति दिन्थ्यो, जुन तन्किएका तारजस्तो गुन्जिन्थ्यो र काँप्थ्यो ।
तर आन्तरिक हृदयमा सधैं आशाले धमिलो बत्ती बलिरहेको हुन्थ्यो – सबै त खोस्दैनन् होलान्, सबै त लाँदैनन् होलान् । केही न केही त छाडिदेलान् .. ।

भोलिपल्ट बिहान सबैरै पाभेल र आन्द्रेइ फैक्ट्री गएका अझ धेरैबेर भैसकेको थिएन, कोर्सुनोभाले जोडले झ्यालमा टकटक गरिन् र हतारहतार भनिन् –
“सुन्यौ, इसाईलाई मारेछन् ! आऊ हेर्न जाऔं !”
आमा झस्किन्, उनको दिमागमा हत्याराको नाम बिजुलीजस्तो चम्क्यो ।
“कसले मारेको होला ?” – आमाले ओढ्ने ओढ्दै सोधिन् ।
“के तिमीले ठानेकी छ्यौ मार्ने मान्छे इसाईको लास कुरेर बसिरहेको छ । काम सक्यायो र कलेलम ठोकिहाल्यो ।” सडकमा मारियाले भनिन् –

“मार्ने मान्छेलाई खोज्न थाल्नेछन्, फेरि खानतलासी लिन थाल्नेछन् । सधैं भयो, तिम्रा केटाहरु हिजो राती घरमै थिए, मैले आफैंले देखेकी थिएँ, किरिया खाएर भन्न सक्छु । आधा रात बितिसकेपछि तिम्रो घरनजिकैबाट जाँदै थिएँ, तिम्रो झ्यालमा चियाएर हेरेकी थिएँ । तिमीहरु सबै टेबुलवरिपरि बसेका थियौ .. ।”

“के करा गरेकी त्यस्तो मारिया ! मेरा केटाहरुले पनि कहिल्यै त्यस्तो काम गर्न सक्छन् र ?” – आमाले तर्सदै भनिन् ।

“कसले मा¥यो होला ? अवश्य तिम्रै केटाहरुको गुटको कुनै मान्छेले !” – कोर्सोभाले विश्वाससहित भनिन् – “सबैलाई थाहा भएको कुरा हो, ऊ तिम्रा केटाहरुको जासुसी गर्दै हिँड्थ्यो .. ।”

आमा टक्क अडिइन् र छातीमा हात राखिन्, उनलाई सास फेर्न गाह्रो पर्दै थियो ।
“के भो ? नतर्सेउ न तिमी ! कर्मअनुसारको भोग हो । आऊ छिटो जाऔं, नत्र लास उठाउँछन् .. !”
भेसोभसिकोभबारेको शङ्काले आमाको हृदय पिरोल्दै थियो ।

“के गरेको होला त्यस उल्लूले !” आमा सोच्दै थिइन् ।
फैक्ट्रीको नजिकै डढेको घर थियो । त्यहाँ माहुरीको चाकाजस्तो मानिसहरुको भीड लागेको थियो । आधा बलेका मुढाहरु कुल्चिँदा खरानीको धुलो उड्रदै थियो ।

भीडमा धेरैजस्ता आइमाईहरु थिए, केटाकेटीहरु त अझ बढी थिए । पसलेहरु, भट्टीका नोकरहरु, पुलिस – सबै त्यहाँ थिए । राजनैतिक पुलिस पेत्लिन पनि त्यहीँ उभिएको थियो । बाक्लो र सेतो दाह्री भएको त्यस बूढाको छाती तक्मैतक्माले ढाकिएको थियो ।

इसाई एउटा डढेको मूढाको सहारा लिएर बसेको थियो । उसको विनाटोपीको टाउको दाहिने काँधमा झुकेको थियो । उसको दाहिने हात पाइन्टको खल्तीमा घुसेको थियो र देब्रै हातका औंलाहरु धुलोमा गाडिएका थिए ।
आमाले ध्यानपूर्वक उसको अनुहारमा हेरिन् । उसको एउटा ज्योतिहीन आँखा फैलिएका खुट्टाहरुका बीचमा रहेका टोपीतिर हेर्दै थियो । उसको मुख आधा खुलेको थियो, मानौं कुनै कुरा देखेर ऊ आश्चर्यचकित थियो । उसको रातो दाह्री एकातिर फर्किएको थियो । उसको दुब्लो पातलो शरीर, चुच्चे टाउको र चायाँदार अनुहार सधैंभन्दा सानो देखिन्थ्यो । मृत्युले गर्दा सबै अङ्गहरु कठ्याङ्ग्रिएका थिए । आमाले क्रसको चिन्ह बनाइन् र लामो सुस्केरा हालिन् । जबसम्म ऊ जीवित थियो, आमा उसलाई घृणा गर्थिन् तर अहिले उनलार्य उसमाथि दया लाग्दै थियो ।

“कतै रगत देखिँदैन !” – कसैको सानो स्वर सुनियो – “मुड्कीले हिर्काएर मारे होलान् .. ।”
“गद्दारको मुखमा बुजो लगाएर ठीकै गरे ।” – कसैको क्रुद्ध आवाज सुनियो । राजनैतिक पुलिस सतर्क भयो र आइमाईहरुलाई धकेल्दै अगाडि बढ्यो ।

“को त्यहाँ बकबक गर्दैछ हँ ?” उसले कड्कँदै सोध्यो ।

मान्छेहरुले उसलाई बाटो छाडिदिए । केही मानिसहरु हतपत त्यहीँबाट निस्के, कसैको व्यङ्ग्यपूर्ण हाँसो सुनियो ।
आमा घर फर्किन् ।
“कसैले अलिकति पनि दुःख प्रकट गरेन !” – उनले मनमनै सोचिन् । उनले आफ्नो कल्पनामा निकोलाइको गतिलो शरीर देखिन् । ऊ आफ्नो कठोर भावहीन आँखाले हेर्दै थियो, उसको दाहिने हात यसरी झुन्डिएका थियो मानौं भर्खरै मात्र उसले कसैलार्य हिर्काएको थियो ।

पाभेल र आन्द्रेइ दिउँसोको खाजा खान घर आउँदा आमाले सबैभन्दा पहिले सोधिन् –
“इसाईलाई मारेवापत् कसैलाई गिरफ्तार गरे ?”

“खोई, कही सुनिँदैन ।” – उक्राइनिले जवाफ दियो ।
दुवै जना अलि चिन्तित छन् भन्ने करा आमाले बुझिन् ।
“कसैले निकोलाइको त नाम लिएनन् ?” – आमाले बिस्तारै सोधिन् ।

“अहँ !” – छोराले जवाफ दियो । उसका आँखा कठोर थिए र स्वर अर्थपूर्ण थियो – “कसैले उसमाथि शङ्का गरेजस्तो पनि मलाई लाग्दैन । ऊ बाहिर गएको छ

। हिजो दिउँसै नदीतिर लागेको थियो र अहिलेसम्म फर्केको छैन । मैले उसबाट सोधपुछ गरेको थिएँ .. ।”
“भगवान्को कृपा हो !” – आमाले सन्तोषको सास फेर्दै भनिन् – “भगवान्को कृपा हो !”
उक्राइनिले आमातिर हे¥यो र आफ्नो टाउको झुकायो ।

“त्यस मान्छेको लास हेर्दा त्यसले केही कुरा नबुझेर छक्क परेर बसेजस्तो लाग्छ ।” – आमाले विचारमग्न हुँदै भनिन् – “न कसैले उसमाथि दया नै देखाउाँछ, न त सहानुभूतिको एक शब्द ने भन्छ र यति तुच्छ र सानो देखिन्छ, मानौं कहिल्यै उसको अस्तित्व नै थिएन । मानौं कुनै निर्जीव कुराबाट उछिट्टिएको टुक्रो त्यहीँ फ्याँकिएको छ .. ।”

खाँदाखाँदै पाभेलले अकस्मात् आफ्नो चम्चा टेबुलमा राख्यो र आवेशपूर्वक भन्यो –
“यो कुरा म बुझ्न सक्दिनँ !”

“के कुरा ?” – उक्राइनिले सोध्यो ।

“हामी खानका लागि जनावरहरु मार्छौ, यो अति खराब कुरा हो । म बुझ्छु, जब कुनै खतरनाक जङ्गली जनावरलाई मार्छन् त .. ठीक गर्छन् ! यदि कुनै मान्छे जनावरमा परिणत हुन्छ र आफ्ना साथीहरुमाथि शिकार गर्न थाल्छ भने त्यसबेला म आफैं त्यस मान्छेलाई मार्थे होला । तर त्यस नीचलार्य मार्नु – कसरी हात उठाउन सकेका होलान् ?”

उक्राइनिले आफ्नो काँध हल्लायो र एकछिनपछि भन्यो –
“ऊ हिंस्रक जनवारभन्दा कम खतरनाक थिएन । लामखुट्टेले मान्छेको रगत पिउँछ र हामी त्यसलाई मार्छौ !”
“त्यो त ठीक हो ! तर मेरो भनाइ त्यो होइन, मेरो मतलब हो, यी सबै कुरा एकदम घीनलाग्दा छन् !”
“के गर्छौ ? अर्को उपाय नै के छ र ?” – आन्द्रेइले फेरि काँध हल्लाउँदै भन्यो । केही बेरपछि पाभेलले केही सोच्दै उक्राइनिलाई सोध्यो –

“के तिमी यस्तो मान्छेको हत्या गर्न सक्छौं ?”
उक्राइनिले केही बेरसम्म आफ्ना आँखाले पाभेललाई हेरिरह्यो, फेरि उसले छिटोछिटो आमातिर हे¥यो ।
“आफ्ना साथीहरुका लागि र आफ्नो लक्ष्यका लागि म जे पनि गर्न सक्छु !” – उसले दृढतापूर्वक जवाफ दियो – म आफ्नो छोराको पनि हत्या गर्न सक्छु .. ।”

“ओह, आन्द्रेइ !” – आमाले बिस्तारै भनिन् ।
उसले मुस्कुराउँदै आमातिर हे¥यो र भन्यो –
“अर्को कुनै उपाय छैन, आमा ! जिन्दगी ने यस्ते छ .. ।”
“हो ! तिमीले ठीकै भन्यौ ।” पाभेलले भन्यो, – “जिन्दगी नै यस्तै छ .. !”

कुनै आन्तरिक शक्तिले उत्प्रेरित भएजस्तो आन्द्रेइ अकस्मात् उत्तेजित हुँदै उभियो र हात हल्लाउँदै बोल्न थाल्यो –
“हामी गर्न नै के सक्छौ र ? त्यो दिन छिटो ल्याउनका लागि जब सबैलाई मात्र प्रेमको दृष्टिले हेर्न सकिन्छ, आज हामीले केही व्यक्तिहरुलाई घृणा नगरी बस्न सक्दैनौं । ती सबै करा खत्तम पार्नुपर्छ, जसले जीवनलाई अगाडि बढ्न बाधा पु¥याएको छ । जसले पैसाका लागि, त्यस पैसाले सम्मान र सुरक्षा किन्नका लागि मान्छेको बेचबिखन गर्छ, त्यस्ता मान्छेहरुलाई खत्तम पार्नुपर्छ । यदि इमानदार व्यक्तिहरुका बाटामा कुनै लोभी, नीच व्यक्ति उभिएको हुन्छ भने उनीहरुप्रति विश्वासघात गर्ने मौका पर्खेर बसेको हुन्छ भनते र यदि म त्यस व्यक्तिलाई नष्ट गर्दिनँ भने म आफैँ विश्वासघाती ठहरिनेछु ! तिमी भनौला, यसो गनेृ मलाई के अधिकार छ ? त्यसो भए के हाम्रा यी मालिकहरुलाई सिपाहीहरु र ज्यानमारा पालेर राख्ने, वेश्यालय र जेलहरु राख्ने, देशनिकाला र अरु सबै ती घीनलाग्दा कामहरु गर्ने अधिकार छ, जसले उनीहरुको आराम र सुरक्षाको ग्यारेन्टी दिएको हुन्छ ? यदि कहिलेकाहीँ म उनीहरुका डन्डा आफ्नो हातमा लिनेछु, यदि उनीहरु सयौं र हजारौंको सङ्ख्यामा हाम्रो हत्या गर्छन् भने मलार्य कसैको टाउको फोड्ने अधिकार छ । त्यो टाउको, जुन अरुको दाँजोमा बढी नजिक आइपुगेको हुन्छ र मेरा लागि बढी खतरनाक हुन्छ । जिन्दगी नै यस्तो छ, के गर्ने ? म जिन्दगीको विरोधी छु, म यसलाई बदल्न चाहन्छु । मलार्य थाहा छ, यस्ता मान्छेहरुको रगत बगाएर केही फाइदा छैन । यस्तो रगतले त जमिन बाँझो मात्र हुन्छ । मलाई थाहा छ, हाम्रो रगत पृथ्वीमा बग्न थालेपछि मात्र सच्चाइ हुर्कन थाल्छ, उनीहरुको कुहिएको रगतचाहिँ सुकेर जान्छ । तर यो पापको बोझ आफ्नो टाउकोमा बोक्न म तयार छु । यदि आवश्यकता पर्छ भने म हत्या गर्न पनि तयार छु । अवश्य, म आफ्नैबारे मात्र कुरा गर्दैछु । मेरो पाप म सँगसँगै मर्नेछ, यसले भविष्यलाई कलङ्कित तुल्याउने छैन, यसले मलाई बाहेक अरु कसैलाई कलङ्कित तुल्याउने छैन !”