उता राजदरबारमा नयाँ राजाको राज्याभिषेकको तयारी हुँदै थियो । राज्याभिषेक समारोहमा सर्वसाधारण जनतालाई पनि निमन्त्रणा गरिएको थियो ।( )

राजगुरूले टम क्यान्टीको शिरमा श्रीपेँच लाउनै लागेको बेला ‘एकछिन पर्खनुहोस्‌’ भन्ने ठूलो आवाज आयो ।

आश्चर्य मान्दै सबैले आवाज आएतिर हेरे । राजकुमार एड्वार्डले सबैलाई संवोधन गर्दै भने, ‘म राजा हेनरी अष्टमको छोरा एड्वार्ड अष्टम हुँ । जसलाई श्रीपेँच लगाउन खोजिँदै छ ऊ जोन क्यान्टीको छोरो टम क्यान्टी हो ।’

टम क्यान्टीले राजकुमार एड्वार्डलाई नचिन्ने कुरै थिएन । उसले राजकुमारलाई अभिवादन गर्दै भन्यो, “एड्वार्डले भनेका कुरा सही हुन्‌ । म सामान्य परिवारमा हुर्केको भिखारी टम क्यान्टी हुँ । असली राजकुमार एड्वार्ड त उहाँ नै हुनुहुन्छ ।”

समारोहमा उपस्थित सबैजना छक्क परे | टमको कुरालाई दरबारका कसैले पनि विश्वास गरेनन्‌ । दरबारका चान्स्‌लरले राजकुमार एड्वार्डलाई प्रश्न गरे, “यदि तपाईं असली राजकुमार हुनुहुन्छ भने ( )
शाही लालमोहोरका बारेमा तपाईंलाई पनि थाहा होला ? ल भन्नहोस्‌ त, शाही लालमोहोर कहाँ छ ?”

राजकुमार एड्वार्डले तुरून्तै भने, ‘त्यो लालमोहरको छाप मैले मेरो तकियाभित्र लुकाएर कोठाको दराजमा राखेको छु ।”

लर्ड हर्टफोर्डले एड्वार्डले भनेको कुरा बुझ्न पठाए । साँच्चिकै तकियाभित्र लुकाई दराजमा राखिएको शाही लालमोहरको छाप फेला पर्यो ।

सबैजनालाई ऊ नै असली राजकुमार हो भन्ने विश्वास भयो । त्यसपछि सबैजना ढुक्क भएर एड्वार्डलाई शाही सम्मानका साथ श्रीपेँच लगाइदिए । साथै अबदेखि ऊ नै देशको राजा भएको घोषणा पनि गरे । जनताहरूले राजा( )

एड्वार्डको जयजयकार गर्दै राज्याभिषेक समारोह धुमधामसँग सम्पन्न गरे ।

राजा एड्वार्डले टम क्यान्टी, उसको परिवार र माइल्जलाई आजीवन शाही सम्मान दिई दरबारमा नै बस्ने व्यवस्था मिलाए । देश र जनतालाई माया गर्ने असल मानिसहरूलाई सल्लाहकारमा नियुक्त गरे । साथै देशको विकास र जनताको खुसीका निमित्त आफू सधैं समर्पित रहने अठोट पनि गरे ।

लेखकका बारेमा

नाम: मार्क ट्वेन

मार्क ट्वेन

जन्म: नोभेम्बर ३०, १८३५
मृत्यु- अप्रिल २१ १९१०
जन्मस्थान: फ्लोरिडा, मिसौरी, संयुक्तराज्य अमेरिका
पेशा:- लेखक/लेक्वरर
राष्ट्रियता अमेरिकी

विद्या: आख्यान, बालसाहित्य व्यङ्ग्य, निबन्ध, दर्शन र साहित्यिक समालोचना

प्रमुख कृतिहरू:- “द एड्भेन्चर अफ टम स्वेयर (१८७९), द एडभेन्चर अफ हकलबेरि फिन (१८८४), मार्क ट्वेन आख्यानको क्षेत्रमा परिचित नाम हो । राष्ट्रपति, उद्योगी, कलाकार र यूरोपेली राजघरानासित घनिष्ठ सम्बन्ध थियो मार्क ट्वेनको | प्रखर बौद्धिकता एवं तिखो व्यङग्यको लागि समालोचक र समकालीन लेखकहरूको माझ चर्चित थिए उनी |

मार्क ट्वेनको जन्म नोभेम्बर ३०, १८३५ मा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिसौरी भन्ने ठाउँमा भएको थियो । उनका पिताको नाम जोन मार्शल क्लेभेन्स थियो भने, आमाको नाम जेन ल्याम्प्टन थियो । उनको खास नाम चाहिँ ह्यामुन ल्याङअहर्न क्लेभेन्स हो । मार्क ट्वेन चाहिँ उनको साहित्यिक उपनाम हो। यही नामबाट उनी विश्वसाहित्यमा परिचित भए । सानै उमेरदेखि मार्क ट्वेन साहित्यिक काम गर्न र घुमफिर गर्न खुब रूचाउँथे, जंगल चाहारी हिँड्थे । यात्राको अनुभव समेटेर लेख्न बसिहाल्थे । एघार वर्षको सानै उमेरमा पिताको निधन भएपछि हातमुख जोर्नका लागि कामको खोजीमा निस्किनु पर्यो उनले ।

हन्निबल जर्नलका लागि हास्यप्रधान लेखहरू लेख्न थाले । सन्‌ १८६५ मा मार्क ट्वेनको “the colebrated jumping frog of calavaras country” शीर्षकको हास्यप्रधान कथा संग्रह प्रकाशित भयो जसले उनलाई चर्चित लेखकको रूपमा चिनायो । त्यसपछि उनी मध्यपूर्वी यूरोपको भ्रमणमा निक्ले । त्यसै यात्राको फलस्वरूप उनले “The Innocent Adead” नामको यात्राडायरी लेखे । जसले उनको साहित्यिक उचाइ थप्यो । मार्क ट्वेनको लेख र भाषणको प्रमुख विशेषता भनेको हास्य हो । उनको लेख अन्याय र अत्याचारको विरूद्धमा केन्द्रीत भएको पाइन्छ । सन्‌ १८७० मा ओलिभिया ल्याङ्डनसित उनको विवाह भयो । हेलेन केलर, ह्यारिट र विचार स्टो जस्ता व्यक्तिसित उनको घनिष्ठ सम्बन्ध रह्यो । दासप्रथाको विरोधी रहेका मार्क ट्वेन, अब्राहम लिंकनका कट्टर समर्थक थिए । सन्‌ १८८१ मा क्यानडाबाट प्रकाशित भएको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” मार्क ट्वेनको यस विधाको पहिलो औपन्यासिक कृति हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । लन्डनको ओफलकोर्टमा बस्ने टम क्यान्टी र राजा हेनरी अष्टमका छोरा राजकुमार एडवार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ यो उपन्यास । आधुनिक अमेरिकी साहित्यका यस्ता महान्‌ हस्तिको हृदयघातका कारण सन्‌ १९१०, अप्रिल २१ तारिखमा दुःखद निधन भयो ।