“के ?” – पाभेलले सोध्यो ।

“अरु कसैले झण्डा बोके हुन्न र ?”

“अहँ !” – पाभेलले दृढतापूर्वक जवाफ दियो ।

“एकपल्ट फेरि सोचविचार गर्नोस् । तपार्यको प्रभाव यति चर्को छ, यहाँ तपाईको कदर गर्छन्, यहाँ तपाई र आन्द्रेइलाई मान्छेहरु सबैभन्दा बढी प्रेम गर्छन् । एकपल्ट सोचेर हेर्नोस्, जेल नगएर तपाईहरु यहाँ कति धेरै काम गर्न सक्नुहुन्छ ! तर झण्डा लिएर जानुभयो भने तपाई निर्वासित हुनुहुनेछ, धेरै लामो अवधिका लागि र धेरै टाढा निर्वासित गर्नेछन् !”
आमालाई लाग्यो केटीको आवाजमा त्यही चिरपरिचित भावना थियो – उदासी र भय । सासाका शब्दहरु उनको हृदयमा बरफका ठूलठूला टुक्राहरुजस्तै झर्दै थिए ।

“हुन्न, मैले निर्णय गरिसकेको छु !” – पाभेलले भन्यो – “अब म कदापि यो निर्णय बदल्न सक्दिनँ ।”
“मैले अनुरोध गरेँ भने पनि ?”

अकस्मात् पाभेलको स्वर तीखो भयो र उसको कडाइसाथ भन्यो –
“तिमी कदापि यस्तो भन्न सक्दैनौ, कदापि भन्न सक्दैनो !”
“म पनि त मान्छे हुँ नि !” – सासाले बिस्तारै भनिन् ।

“हो, असल मान्छे !” – पाभेलले पनि बिस्तारै भन्यो – “तर भनेको कुरा बुझ्न तिमी मेरी प्रिय व्यक्ति हो । त्यसैले त्यसैले तिमीले यस्तो कुरा गर्नुहुन्न .. ।”

“लौ त म हिँडे !” केटीले भनिन् ।

उनको जुत्ताको आवाज सुनेर आमाले बुझिन्, उनी दौडँदै निस्किन् । पाभेल बगैंचामा निस्क्यो ।
आमाको हृदय भयले काँप्यो । उनले राम्ररी बुझिनन् उनीहरु के कुरा गर्दै थिए, तर भयङ्कर विपद नजिक आउँदै छ । ऊ निस्सासिएजस्तो लाग्थ्यो । “के गर्न चाहन्छ ऊ ?”
पाभेल आन्द्रेइ सँगसँगै फक्र्यो ।

“ए, इसाई, इसाई ! के गर्ने हो यो मान्छेलाई अब ?” – उक्राइनिले टाउको हल्लाउँदै भन्दै थियो ।
“उसलाई सिधै भनिदिनुपर्छ,ा उसले आफ्नो यो वाहियात काम छाडोस् !” – पाभेलले निधार खुम्चाउँदै भन्यो ।
“पाभेल के गर्न लागेका छौ तिमीले ?” – आमाले टाउको झुकाउँदै सोधिन् ।
“कहिले ? अहिले ?”

“होइन .. पहिलो मेको दिन ।”
“ए !” – पाभेलले आफ्नो स्वर सानो पार्दै भन्यो – “म झण्डा बोकेर जुलुसको अगाडिअगाडि जाँदैछु । हुन सक्छ, यसका लागि मलाई फेरि जेल पठाउनेछन् ।”

आमालाई आफ्नो आँखाअगाडि अन्धकार फैलिएजस्तो लाग्यो । उनको मुख सुक्न थाल्यो । पाभेलले आमाको हात समात्यो र थपथपाउँदै भन्यो –

“आमा बुझिदिनोस्, मैले यो काम गर्नैपर्छ !”
“मैले केही भनेँ र !” – उनले बिस्तारै आफ्नो टाउको उठाउँदै भनिन् । जब पाभेलको दृढ सङ्कल्पले आँखा चम्कँदा आमासँग उनका आँखा जुधे, आमाको धैर्य गायब भयो ।

पाभेलले लामो सास फेर्दै उनको हात छाड्यो ।
“आमा तपाई दुःखी हुनुको सट्टा खुसी हुनुपथ्र्यो ।” – पाभेलले अलि झर्कदै भन्यो – “कहिले हामीकहाँ त्यस्ता आमाहरु निस्कलान् जसले आफ्नो छोराहरुलाई हाँसीहाँसी फाँसीको तँख्तामा पठाउनेछन् ?”

“हँ, हँ !” – उक्राइनिले अस्पष्ट स्वरमा भन्यो – “बडो साहसी बन्न थालिस् नि !”
“मैले त त्यस्तो कुरा गरेकी थिइनँ ।” – आमाले त्यही कुरा दोहो¥याइन्

– “म तेरो बाटामा बाधा हाल्न चाहन्नँ । तर कसरी म आफ्नो चित्त बुझाउन सक्छु र, आमाको हृदयले कसरी मान्छ र .. ।”
पाभेल पछि हट्यो, आमाले छोराको कठोर तीखो स्वर सुनिन् –
“त्यस्तो पनि प्रेम हुन्छ, जुन मान्छेको खुट्टामा सिक्री बनेको हुन्छ .. ।”

आमा तर्सिन् । आफ्नो हृदयलाई चोट पु¥याउने अरु पनि केही कुरा पाभेलले नगरिहालोस् भनेर उनले हतपत भनिहालिन् –
“त्यसो नभन् पाभेल, भैहाल्यो । बुझ्छु, तेरा लागि अर्को बाटो छैन आफ्ना साथीहरुका लागि .. ।”
“होइन, म यो आफ्ना लागि गर्दैछु ।” – पाभेलले भन्यो ।

आन्द्रेइ आएर ढोकामा उभियो । ढोका ऊभन्दा होचो थियो, त्यसैले उसले बडो अनौठो किसिमले घुँडा बङ्ग्याएको थियो र एउटा काँधले खापामा अडेस लाएको थियो । उसको टाउको र दाहिने काँध अघिल्तिर झुकाएको थियो ।
“महाशय, के तपाई यो कुरा यही खत्तम पार्न सक्नुहुन्न !” – उसले आफ्ना ठूलठूला आँखा पाभेलको अनुहारमा गाड्दै बडो व्यङ्ग्यपूर्वक भन्यो । ऊ त्यहाँ यसरी उभिएको थियो मानौं ढुङ्गाको काप्चोबाट चियाइरहेको कुनै छेपारो हो ।
आमाका आँखा आँसुले भरिए ।

“ए, मैले त बिर्सिहालेकी ..” – उनले अस्पष्ट शब्दमा भनिन् र छिटोछिटो बाहिर निस्किन् । उनी छोरालार्य आफ्नो आँसु देखाउन चाहन्नथिन् ।

बरन्डामा पुगेपछि एउटा कुनामा उभिएर आमाले चुपचाप आँसु बगाउन थालिन् । उनी आफूलाई कमजोर अनुभव गर्दै थिइन्, मानौं आँसु सँगसँगै उनको हृदयको रगत पनि बग्दैछ ।

ढोका अलिकति खुलेको थियो र ती दुई जना साथीहरुको बीचमा चलिरहेको बहसको मन्द आवाज आमा सुन्दै थिइन् ।
“आखिर तँ चाहन्छस् नै के ? आमाको चित्त दुःखाउनमा तँलाई बडो मजा आउँछ कि क्या हो ?” – उक्राइनि सोध्दै थियो ।
“तिमीलाई यस्तो कुरा गर्ने कुनै अधिकार छैन !” – पाभेलले चिच्याउँदै भन्यो ।

“बडो असल साथी हुन्थेँ होला म यदि तँलाई मनपरी गर्न दिएर आँखा चिम्लेर बसेको भए । किन तँलाई यस्तो कुरा गर्नुप¥ायो र ! देख्दैनस् बिचरीलाई कति चोट प¥यो ?”

“मान्छे दरिलो हुनुपर्छ र सधैं निडर, उसले ‘ठीक’, ‘बेठीक’ छुट्याउन सक्नुपार्छ ।”
“आमालाई पनि ?”

“सबैलाई । मलाई न त त्यस्तो मायामोहकै, न त मित्रताकै आवश्यकता छ, जसले मेरो खुट्टा बाँध्नेछ, मलाई पछाडिबाट तान्नेछ .. ।”

“बडो बहादुर बन्छस् । जा, मुख धोएर आ ! सासालार्य गएर भन्नू यी सबै कुरा । उसलाई पो भन्नुपथ्र्यो यी सबै कुरा .. ।”
“उसलाई पनि भनिसकेँ ।”

“यसरी नै ? ढाँट्दैछस् । तैँले उसलाई बडो नरमीसँग, प्रेमपूर्वक यो कुरा भनिस् । नसुने पनि थाह छ मलाई ! आमाका अगाडिचाहिँ खुब बहादुरी देखाउँछन् ! साँच्ची भन्छस् भने तेरो यो सबै बहादुरी एक कौडी पनि काम लाग्दैन !”
पेलागेयाल निलोभ्नाले छिटोछिटो आफ्नो आँसु पुछिन् । कहीँ उक्राइनिले पाभेलको चित्त त दुःखाउने होइन भन्ने डरले हत्तपत्त ढोका खोलिन् र भान्साकोठामा पसिन् ।

“ओह, कस्तो जाडो त हा !” उनले ठूलो स्वरले भनिन्, भय र व्यथाले उनको स्वर काँप्दै थियो – “यही हो वसन्त आएको .. ।”
उनी बिनाकुनै उद्देश्य सामानहरु यताबाट यता सार्दै थिइन्, अर्को कोठाबाट आएको मन्द आवाज दबाउन चाहन्थिन् ।
“सबै करा बदलिइसक्यो ।” – उनी अझ ठूलो स्वरमा भन्दै थिइन् – “मान्छेहरु बढी तातिन थाले, मौसमचाहिँ झन्झन् चिसो हुन थाल्यो । पहिले त यसबेला गर्मी भैसक्थ्यो । सूर्य उदाएको हुन्थ्यो । आकाश पनि सफा हुन्थ्यो .. ।”
अर्को कोठाबाट आवाज आउन छाड्यो । आमा भान्साकोठाको बीचमा उभिएर कान ठाडो पारेर सुन्दै थिइन् ।
“सुनिस् ?” – उक्राइनिको मन्द आवाज सुनियो – “महाशय, बुझ्ने कोसिस गर ! वहाँको आत्मा तेरोभन्दा ठूलो छ .. ।”